काठमाडौँ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा पौडेलसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको छ ।
आयोगले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्तिको स्रोत लुकाउने, छल्ने तथा स्वामित्व परिवर्तन गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए।
आयोगका सहायक प्रवक्ता अधिकारीका अनुसार भ्रष्टाचारबाट आर्जित सम्पत्तिको वास्तविक स्रोत लुकाउन गरिएको यस्तो कार्य कानुनबमोजिम दण्डनीय भएकाले सम्बन्धित सबैविरुद्ध मुद्दा दायर गरिएको हो ।
आयोगका अनुसार पौडेलले पदीय मर्यादा विपरीत कार्य गरी आर्जन गरेको सम्पत्तिलाई वैध देखाउन विभिन्न व्यक्तिसँग ऋण लिएको देखाउने कागजात तयार गरी बैंक तथा वित्तीय संस्थामार्फत जटिल आर्थिक कारोबार सञ्चालन गरेका गरेको थियो ।
अनुसन्धानबाट पौडेलले गैरकानुनी रूपमा आर्जन गरेको रकममध्ये दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ ५३ पैसा बराबरको सम्पत्तिको स्रोत लुकाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको आयोगले जनाएको छ ।
उक्त रकम बराबर बिगो कायम गरी कैद तथा जरिवानाको माग गरिएको छ । साथै, एक करोड ७० लाख १३ हजार ५० रुपैयाँ ७७ पैसा जफत गर्नसमेत माग गरिएको छ ।
यसअघि नै पौडेलविरुद्ध छ करोड २६ लाखभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दर्ता भई विचाराधीन रहेको आयोगले जनाएको छ ।
उक्त कसुरमा सहयोग गरेको अभियोगमा हुमा कुमारी उपाध्याय, जमुना कुमारी रोकाक्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत प्रतिवादी कायम गरिएको छ ।
उनीहरूलाई मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय मागदाबी गरिएको आयोगले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - १७:२३
काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधिसभामा देखिएको अवरोधको मुख्य कारण प्रधानमन्त्रीको अभिव्यक्ति भएको बताएका छन्...
जेष्ठ २७ गते, २०८३ - १७:१४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले नेपालको सीमा, राष्ट्रियता र सार्वभौमिकताजस्ता संवेदनशील विषयमा संसद विभाजित भएर छलफल गर्नुपर...
जेष्ठ २७ गते, २०८३ - १७:०१
काठमाडौं । विवादका कारण स्थगित गरिएको केयरगिभरको अंग्रेजी भाषा परीक्षा भोलि (बिहीबार)देखि पुन: सञ्चालन हुने भएको छ। परीक्षा सञ्चालन गर्ने संस्था सीआईए...
जेष्ठ २७ गते, २०८३ - १६:५३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएको छ...
जेष्ठ २७ गते, २०८३ - १६:४०
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभामा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर अब आफूहरूको विशेष चासो नरहेको जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मरा...
जेष्ठ २७ गते, २०८३ - १६:२८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ...
जेष्ठ २७ गते, २०८३ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिबारे संसदमा स्पष्टीकरण दिएका छन्। उनले प्रधानमन्त्रीको भनाइ न...
जेष्ठ २७ गते, २०८३ - १६:०८
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्रीले नेपालले भारतको सीमा मिचेको ज...
जेष्ठ २७ गते, २०८३ - १६:०३
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उठाएको सीमा विवादसम्बन्धी अभिव्यक्तिमा परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिने गरी भएको सहमतिप्रति श्र...
जेष्ठ २७ गते, २०८३ - १५:०२
काठमाडौँ । कप्तान लियोनल मेस्सीले पुनरागमन गरेसँगै फिफा विश्वकप–२६ तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइसल्यान्डमाथि सानदार जित निका...



प्रतिकृया लेख्नुहोस्: