काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दलका शीर्ष नेताहरू चुनावी तयारीमा जुटिरहेका छन्।
तर गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि पटक–पटक सांसद तथा मन्त्री बनेका केही नेताहरूले आगामी निर्वाचन नलड्ने स्वघोषणा गरेका छन्। नेपाली कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी र राजन केसीले चुनाव नलड्ने घोषणा गरेका हुन् । जेनजी आन्दोलनका बेला पाण्डे पर्यटन मन्त्रालय र अधिकारी कृषि मन्त्रालयको जिम्मेवारीमा रहेका थिए केसी भने पूर्वमन्त्री भए पनि आन्दोलनका बेला सांसदको भूमिकामै रहेका थिए ।
नेकपा (एमाले) उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि पार्टी पदाधिकारी र आगामी निर्वाचन दुवै नलड्ने घोषणा गर्नुभएको पार्टी नेता महेश बस्नेतले जानकारी दिए । शाक्य २०५६ र २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित हुनुका साथै दुई पटक मन्त्री र २०७४ सालमा बागमती प्रदेशकी पहिलो मुख्यमन्त्री बनेका थिए । उपाध्यक्ष ज्ञवाली २०५४ सालमा राष्ट्रिय सभा सदस्य, २०७० सालमा समानुपातिक सांसद तथा एक पटक मन्त्री बनेका थिए ।
एमालेका केन्द्रीय सदस्य भूपेन्द्र थापा र पोलिटब्युरो सदस्य दलबहादुर रानाले पनि चुनाव नलड्ने घोषणा गरिसकेका छन् । थापा २०७४ सालमा म्याग्दीबाट निर्वाचित सांसद हुनुहुन्थ्यो भने राना पाल्पाबाट २०५१, २०७० र २०७४ सालमा निर्वाचन जितेका पूर्वमन्त्री हुन् । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अरू नेतालाई अवसर दिन चुनाव नलड्ने घोषणा सकारात्मक पक्ष भएको प्रतिक्रिया दिएका छन् ।
नेकपाका नेता हरिबोल गजुरेलले एउटै व्यक्ति लामो समय प्रधानमन्त्री, मन्त्री र सांसद बन्न नहुने धारणा व्यक्त गरे । जेनजी आन्दोलनको भावनाअनुसार मन्त्री र सांसद बनेका व्यक्तिहरूले आगामी निर्वाचन नलडी युवालाई अवसर दिनुपर्ने उनको भनाइ छ।
कांग्रेस नेता बद्री पाण्डेले एउटै क्षेत्रमा एउटै नेता सधैँ चुनाव लड्ने परम्परा तोड्न आफूले चुनाव नलड्ने निर्णय गरेको बताए। निर्वाचनमा उम्मेदवारी पार्टीले दिने र नेतृत्व पुस्तान्तरण हुनुपर्ने मान्यता स्थापित गर्न खोजिएको उनको भनाइ छ।
यस्तै, राजन केसीले निरन्तर सांसद र मन्त्री हुँदा नेतृत्व विकास अवरुद्ध हुने र युवाले अवसर नपाउने भएकाले चुनाव नलड्ने निर्णय गरेको बताए। केसी काठमाडौँ क्षेत्र नम्बर १० बाट तीन पटक सांसद निर्वाचित भएका थिए ।
पूर्वमन्त्री रामनाथ अधिकारीले पनि जेनजी आन्दोलनको भावना आत्मसात गर्दै अब चुनाव नलड्ने घोषणा गरे । पटक–पटक निर्वाचन लडेका र एक पटक मन्त्री बनेका आफूजस्तै नेताहरूले अब नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको धारणा छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ९ गते, २०८२ - २०:०९
निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा
माघ ९ गते, २०८२ - १९:५८
काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...
माघ ९ गते, २०८२ - १९:४३
अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?
माघ ९ गते, २०८२ - १९:११
जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...
माघ ९ गते, २०८२ - १९:०७
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...
माघ ९ गते, २०८२ - १८:५०
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...
माघ ९ गते, २०८२ - १८:३५
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...
माघ ९ गते, २०८२ - १८:३१
काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...
माघ ८ गते, २०८२ - २०:२४
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...
माघ ८ गते, २०८२ - २०:२०
संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी




प्रतिकृया लेख्नुहोस्: