Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का

खबरडबली संवाददाता

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपमा छन्। संघर्ष, त्याग र राजनीतिक विरासतसँगै खड्का आफूलाई “नयाँ र अनुभवी” दुवै भएको दाबी गर्दै चुनावी मैदानमा उत्रिएका हुन्।

छ महिनाको उमेरमै आमाको काखबाट छुटिनु परेको पीडा, किसान आन्दोलन, जनयुद्ध, जेल जीवन र शहीद परिवारको पृष्ठभूमिले खड्काको राजनीतिक जीवन निर्माण भएको छ। उनले आफ्नो राजनीतिक यात्रा जन्मसँगै सुरु भएको बताउँछन्।

पूर्वी नेपालको किसान आन्दोलनका क्रममा आमा पक्राउ परेपछि झण्डै दुई हप्ता आमाको दूध खान नपाएको स्मरण सुनाउँदै खड्काले राजनीतिमा आफ्नो चेतना निकै गहिरो रहेको बताए। उनका दाजु ज्ञानबहादुर खड्का पञ्चायतविरोधी आन्दोलनका क्रममा जेलमै हत्या भएका थिए भने अर्का दाजु रितबहादुर खड्का ०५२ सालमा सुरु भएको जनयुद्धका क्रममा शहीद भएका थिए।

‘म जन्मिँदै पञ्चायतविरोधी आन्दोलनको रगतसँग जोडिएको हुँ,’ खड्काले भने, ‘ती बलिदानहरूले मलाई राजनीतिबाट कहिल्यै अलग हुन नसक्ने गरी बाँधिदिए।’

०५२ सालमा एसएलसी दिएलगत्तै जनयुद्धमा समाहित भएका खड्काले आठ वर्ष जेल जीवन बिताएका छन्। उनले लोकतन्त्रलाई नेपालको सबैभन्दा ठूलो उपलब्धि माने पनि राजनीतिक परिवर्तनअनुसार आर्थिक रूपान्तरण हुन नसकेको स्वीकार गरे।

‘हाम्रो पुस्ताले १६–१७ वर्षमै भूमिगत भएर देशको भविष्यका लागि लड्यो। राजतन्त्रको अन्त्य गर्‍यौँ, गणतन्त्र ल्यायौँ, संविधान लेख्यौँ,’ उनले भने, ‘तर जनताको जीवनस्तर अपेक्षित रूपमा बदलिन सकेको छैन।’

नेपाल सानो र गरिब भएकै कारण केही गर्न सकिँदैन भन्ने मानसिकता गलत भएको उनको धारणा छ। योग्य जनशक्ति विदेशिनु मुलुकको गम्भीर समस्या भएको उल्लेख गर्दै खड्काले रोजगारी सिर्जना र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए।

‘समस्या देश सानो हुनु होइन, उत्पादन नहुनु हो,’ उनले भने, ‘राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका विषय हुन्।’

दोलखालाई जलविद्युतको राजधानी भनिए पनि स्थानीय जनताको जीवनस्तर कमजोर रहेको उल्लेख गर्दै खड्काले संघीय संसदमा दोलखालीको आवाज बलियो बनाउने प्रतिबद्धता जनाए।

‘लोडसेडिङ अन्त्यमा दोलखाको ४० प्रतिशतभन्दा बढी योगदान छ,’ उनले भने, ‘तर दोलखाली जनताले अझै उज्यालो जीवन पाएका छैनन्।’

पार्टीभित्र आत्मसमीक्षा गर्दै नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिष्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै खड्काले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्ने धारणा राखे।

प्रदेश सरकारमा मन्त्री भएर काम गरेको अनुभव उल्लेख गर्दै उनले संवाद, सहकार्य र जनसल्लाहमा आधारित राजनीतिलाई आफ्नो कार्यशैली बनाउने बताए। दोलखालाई नमुना जिल्लाका रूपमा विकास गर्ने लक्ष्य रहेको भन्दै उनले विकास आश्वासन होइन, निकास हुनुपर्ने बताए।

‘संवादमा विश्वास गर्छु,’ उनले भने, ‘आश्वासन होइन, निकास दिने विकास बोकेर अघि बढ्छु।’

त्यस्तै, केपी ओली नेतृत्वको सरकार असफल भएकै कारण देशले चुनाव थेग्नुपरेको दाबी गर्दै खड्काले सबै पुराना दल असफल नभएको टिप्पणी गरे।

‘ओली नेतृत्वको सरकार असफल भयो, तर सबै पुराना दल एउटै होइनन्,’ उनले भने, ‘सबैलाई एउटै डालामा हालेर हेर्नु गलत हो।’

देशमा व्याप्त निराशा चिर्ने, आशालाई बलियो बनाउने र समतामूलक समृद्धिको आधार निर्माण गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको खड्काले बताए।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्न जिल्लामा गरिएको छुट्टाछुट्टै कारबाहीमा अवैध लागूऔषधसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। चितवनको भरतपुर महानगरपालिका–१ प...

उपत्यकामा जोखिमपूर्ण सार्वजनिक सवारीविरुद्ध विशेष कारबाही

काठमाडौं । यात्रुहरूको गुनासोका आधारमा २०८२ चैत ४ गते काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा विशेष चेकजाँच गरिएको छ। चेकजाँचका क्रमम...

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’: रुस

काठमाडाैँ । रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल हमला’ भएको भन्दै कडा शब्दमा निन्दा गरेको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मा...

हुरीले व्यावसायिक केराखेतीमा क्षति

सिन्धुली । हुरीका कारण यहाँको दुधौली नगरपालिका–१ बङ्कामा ठूलो क्षति पुगेको छ। गत सोमबार पानीसँगै आएको हुरीले केराखेतीमा क्षति गरेको हो। यहाँका किसा...

भदौ २४ घटना : केन्द्रीय कारागारबाट भागेका १२०० कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार भन्दा बढी कैदीबन्दी अझै फरार छन् । केन्द्रीय कारागार कार्...

बागलुङमा जीप दुर्घटना हुँदा सात जना घाइते

बागलुङ । बागलुङमा बोलेर जीप दुर्घटना हुँदा सातजना घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजारका लागि छुटेको लु ३ च ५१५० नम्बर को ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: