काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ 'आतंककारी'हरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।
सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्रमण गरेका थिए । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ ।
भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले नि:शस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ ।
सुरक्षा बलले उक्त आक्रमणमा संलग्न सबैलाई मारिसकेको जनाएको छ । यसैबीच, मस्तुङ जेलमा भएको आक्रमणको फाइदा उठाउँदै २७ कैदीहरू फरार भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
संघीय आन्तरिक मामिलामन्त्री मोहसिन नक्वीले क्वेटा पुगेर बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्ती र वरिष्ठ सैन्य तथा नागरिक अधिकारीहरूसँग भेटघाट गरी सुरक्षा स्थितिको समीक्षा गरेका छन् ।
क्वेटामा भएको हिंसा शक्तिशाली विष्फोटबाट सुरु भएको थियो, जसलगत्तै करिब दुई घण्टासम्म भारी गोलाबारी भएको थियो । सुरक्षा बलले संवेदनशील क्षेत्रहरू सिल गरी उच्च सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलताका कारण क्वेटा जाने र आउने सबै रेल सेवाहरू निलम्बन गरिएका छन् भने प्रभावित क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार हर्नई र पन्जगुर जिल्लामा गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा हतियार र गोलाबारुद समेत बरामद गरिएको छ ।
हर्नईमा भएको भीषण भिडन्तमा ३० बन्दुकधारी मारिएका छन् भने पन्जगुरमा आतंककारीहरूको लुक्ने ठाउँलाई निशाना बनाउँदा ११ जना मारिएका छन् ।
प्राकृतिक ग्यास, कोइला, तामा र सुन जस्ता प्राकृतिक स्रोतले धनी बलुचिस्तान प्रदेशमा विगत लामो समयदेखि सुरक्षा बल, सरकारी निकाय र सर्वसाधारणमाथि हिंसात्मक गतिविधि हुँदै आएका छन् ।
बलुचिस्तान लिबेरेसन आर्मी (बीएलए) र तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० जस्ता समूहहरूले यहाँ निर्माणाधीन चीन–पाकिस्तान आर्थिक कोरिडोरजस्ता मुख्य आयोजनाहरूलाई समेत निशाना बनाउँदै आएका छन् ।
स्थानीय असन्तुष्टि, कठिन भूगोल र सीमापार सम्बन्धको फाइदा उठाउँदै यी समूहहरू सक्रिय रहेकाले यस क्षेत्रमा आतंकवाद विरोधी अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...
जेष्ठ २८ गते, २०८३ - १२:०५
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार २९७ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २० लाख २१ हजार राजस्व दाखिला भएको छ ...
जेष्ठ २८ गते, २०८३ - ११:४८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विद्युतीय सवारीसाधन (इभी) आयात सम्बन्धी विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:३२
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढ्ने सूचना चुहाएको आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। आरोप पुष्टि भए आफू ...
जेष्ठ २८ गते, २०८३ - ११:२५
काठमाडौँ। नेपालमा लागुऔषधको दुर्व्यसन र कारोबार जटिल बन्दै गएको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोले सीमित स्रोतसाधनका बाबजुद आफ्नो सक्रियता बढाएको छ। ...
जेष्ठ २८ गते, २०८३ - ११:१५
कालीकोट। लगातारको वर्षासँगै आएको पहिरो र कटानका कारण कर्णाली करिडोर सडकखण्डमा ठुलो क्षति पुगेको छ। करिडोरको कालीकोट खण्डमा पर्ने सडकको एक भाग भासिएर क...
जेष्ठ २८ गते, २०८३ - ११:०९
काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५ हजार...
जेष्ठ २८ गते, २०८३ - १०:५८
गौर। रौतहटको बौधीमाई नगरपालिका–७ बंकुल टोलबाट प्रहरीले अवैध रूपमा राखिएको करिब ९० लाख १६ हजार रुपियाँ बराबरको फर्सीको बीउ बरामद गरेको छ। विशेष सूचनाको...
जेष्ठ २८ गते, २०८३ - १०:२६
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले आयातित सवारीसाधनमा गलत वर्गीकरण गरी ठूलो परिमाणमा राजस्व हिनामिना भएको आ...



प्रतिकृया लेख्नुहोस्: