काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।
सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ 'आतंककारी'हरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् ।
सरकारी प्रसारक पाकिस्तान टेलिभिजनका अनुसार सशस्त्र समूहका सदस्यहरूले क्वेटा, नुस्की, दलबन्दिन, पास्नी र ग्वादरलगायत एक दर्जनभन्दा बढी स्थानमा एकैसाथ आक्रमण गरेका थिए । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ ।
भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले नि:शस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ ।
सुरक्षा बलले उक्त आक्रमणमा संलग्न सबैलाई मारिसकेको जनाएको छ । यसैबीच, मस्तुङ जेलमा भएको आक्रमणको फाइदा उठाउँदै २७ कैदीहरू फरार भएको प्रहरी अधिकारीहरूले बताएका छन् ।
संघीय आन्तरिक मामिलामन्त्री मोहसिन नक्वीले क्वेटा पुगेर बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुग्ती र वरिष्ठ सैन्य तथा नागरिक अधिकारीहरूसँग भेटघाट गरी सुरक्षा स्थितिको समीक्षा गरेका छन् ।
क्वेटामा भएको हिंसा शक्तिशाली विष्फोटबाट सुरु भएको थियो, जसलगत्तै करिब दुई घण्टासम्म भारी गोलाबारी भएको थियो । सुरक्षा बलले संवेदनशील क्षेत्रहरू सिल गरी उच्च सतर्कता अपनाएको छ । सुरक्षा संवेदनशीलताका कारण क्वेटा जाने र आउने सबै रेल सेवाहरू निलम्बन गरिएका छन् भने प्रभावित क्षेत्रमा इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार हर्नई र पन्जगुर जिल्लामा गुप्तचर सूचनाका आधारमा गरिएको कारबाहीमा ठूलो परिमाणमा हतियार र गोलाबारुद समेत बरामद गरिएको छ ।
हर्नईमा भएको भीषण भिडन्तमा ३० बन्दुकधारी मारिएका छन् भने पन्जगुरमा आतंककारीहरूको लुक्ने ठाउँलाई निशाना बनाउँदा ११ जना मारिएका छन् ।
प्राकृतिक ग्यास, कोइला, तामा र सुन जस्ता प्राकृतिक स्रोतले धनी बलुचिस्तान प्रदेशमा विगत लामो समयदेखि सुरक्षा बल, सरकारी निकाय र सर्वसाधारणमाथि हिंसात्मक गतिविधि हुँदै आएका छन् ।
बलुचिस्तान लिबेरेसन आर्मी (बीएलए) र तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० जस्ता समूहहरूले यहाँ निर्माणाधीन चीन–पाकिस्तान आर्थिक कोरिडोरजस्ता मुख्य आयोजनाहरूलाई समेत निशाना बनाउँदै आएका छन् ।
स्थानीय असन्तुष्टि, कठिन भूगोल र सीमापार सम्बन्धको फाइदा उठाउँदै यी समूहहरू सक्रिय रहेकाले यस क्षेत्रमा आतंकवाद विरोधी अभियान चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - ११:१५
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...
माघ १९ गते, २०८२ - ११:०३
मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...
माघ १९ गते, २०८२ - १०:३७
चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...
माघ १९ गते, २०८२ - १०:२७
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...
माघ १९ गते, २०८२ - १०:११
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...
माघ १९ गते, २०८२ - १०:०२
काठमाडौँ। पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ । सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्व...
माघ १९ गते, २०८२ - ०९:५५
रौतहट । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार ...
माघ १९ गते, २०८२ - ०९:४३
बैतडी। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा एक हजार चार सयभन्दा बढी कर्मचारी खटाइने भएको छ । दुई सय १४ मतदान केन्द्रका ला...
माघ १८ गते, २०८२ - १७:१७
काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई देशभरका सबै जिल्ला र निर्व...
माघ १८ गते, २०८२ - १७:०६
काठमाडौँ। निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्...



प्रतिकृया लेख्नुहोस्: