दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिकतामा राखेर सुरक्षा बन्दोबस्त मिलाइएको र निष्पक्ष तथा भयरहित अवस्था सुनिश्चितता गरिने बताइएको छ ।
निर्वाच अधिकृतको कार्यालय क्षेत्र नंं ५ दमकमा भएको सर्वपक्षिय छलफलमा निर्वाचन आचारसंहिता पालना नभएको गुनासो आएको बताउँदै यसलाई गम्भीर रूपमा लिएर आचारसंहिता पालना गर्न र गराउन लाग्ने प्रमुख निर्वाचन अधिकृतसहित सरोकारवालाहरूले प्रतिबद्धता पनि जनाएकाछन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले यसै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएको छन् । दुबै जनालाई पार्टीले प्रतिनिधि सभा निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सारेको छ । नेपाली कांग्रेसबाट मन्धरा पौड्याल, नेकपाबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मी सङ्ग्रौला लगायतले पनि चुनावी अभियानलाई तीव्रता दिएको छन् ।
झापाका प्रमुख निर्वाचन अधिकृत उमेरशप्रसाद लुइटेलले निर्वाचनको कार्यक्रम सार्वजनिक भएर निर्वाचन अधिकृतको कार्यालय बसेपछि ३ पटक राजनीतिक दलका प्रतिनिधिहरूसँग तथा सर्वपक्षीय छलफल भइसकेको बताए। ‘‘आचारसंहिता पालना नभएको विषयमा गुनासो आएका छन् र त्यस्तो अवस्था पनि देखिन्छ,’’ उनले भने, ‘‘आचारसंहिता पालना गर्न हाम्रो अनुरोध छ र पालना नभए अब कारबाही सुरु गर्छौ ।’’
झापामा अन्य क्षेत्रहरूका कारबाही सुरु भइसकेको र आचारसंहिता पालना गराउन सचेत गराइएको लामिछानेले जनाए। झापामा राजनीतिक दलहरूले तडकभडकसहित घरदैलो अभियान गर्दै आएका छन् । ठाउँठाउँमा प्रचार सामग्रीहरू राख्ने कार्य पनि भएको भन्दै छलफलमा सहभागीहरूले आपत्ती जनाएका थिए ।
यसैगरी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आचारसंहिता पालना गर्न आग्रह गर्दै यो राजनीतिक दल र उम्मेदवारहरूका लागि नै भएको बताए। आचारसंहिता पालना गरेर भयरहित अवस्थामा निर्वाचन गराउन सबैको साथ र सहयोगको अपेक्षा छ, उहाँले भन्नुभयो ।
आचारसंहिता अनुगमन अधिकृतहरूद्वारा आचारसंहिता पालना भए नभएको विषयमा अनुगमन भइरहेको र त्यस आधारमा अघि बढ्ने उनले उल्लेख गरे। झापा ५ लाई विशेष चासोका साथ हेरिएको जनाउँदै सबैको साथले मात्र निर्वाचन स्वच्छ र भयरहित बन्ने उनले जनाए।
नेकपा एमालेका नेता रोमनाथ ओली, संविधान सभा सदस्य दीपक कार्की, नेपाली कांग्रेसका प्रेम भट्टराई, नेकपाका तिर्थराज बस्नेत, राप्रपाका टङ्कप्रसाद पाठक लगायतले आचारसंहिता कसैलाई लाग्ने र कसैलाई नलाग्ने हुनेजस्तो अवस्था देखिएको भन्दै सरोरकारवालाहरूको ध्यानकर्षण गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ३० गते, २०८३ - १८:२९
काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...
बैशाख ३० गते, २०८३ - १८:२३
काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...
बैशाख ३० गते, २०८३ - १८:०७
काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...
बैशाख ३० गते, २०८३ - १८:०२
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...
बैशाख ३० गते, २०८३ - १३:११
काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...
बैशाख ३० गते, २०८३ - १२:५९
काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...
बैशाख ३० गते, २०८३ - १२:५०
काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...
बैशाख ३० गते, २०८३ - १२:४१
काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...
बैशाख ३० गते, २०८३ - १२:३३
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...
बैशाख ३० गते, २०८३ - १२:२१
काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...



प्रतिकृया लेख्नुहोस्: