नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयरोगको जोखिम बढ्दै गएको पुष्टि भएको हो ।
जिल्लाको खजुरा गाउँपालिकामा पछिल्लो छ महिनामा ५२ जना क्षयरोगी फेला परेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सो शाखाका अनुसार फेला परेका सबै क्षयरोगीलाई शाखा अन्तर्गतका स्वास्थ्य संस्थामार्फत नि:शुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ ।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ मा १४ जना क्षयरोगी फेला परेका छन् भने वडा नम्बर १ र ६ मा क्षयरोगी शून्य छन् । वडा नम्बर २ मा ६ जना, वडा नम्बर ३ मा १२ जना, वडा नम्बर ४ र ५ मा समान ५–५ जना तथा वडा नम्बर ७ मा १० जना क्षयरोगी फेला परेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले खजुरा क्षयरोगको अत्यधिक जोखिममा रहेको देखिएको जनाउँदै यो रोग अत्यन्तै सरुवा रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको बताए। उनले एक जना क्षयरोगीबाट १० देखि १५ जनासम्ममा रोग सर्न सक्ने जोखिम रहने भएकाले समुदायस्तरमै सतर्कता अपनाउनुपर्नेमा जोड दिए।
स्वास्थ्य शाखाले लामो समयसम्म खोकी लागेमा बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन, औषधी पूरा अवधि नियमित सेवन गर्न र उपचार अधुरो नछाड्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसैगरी, भीडभाडमा मास्क प्रयोग गर्ने, घरभित्र पर्याप्त हावा–प्रवाहको व्यवस्था मिलाउने, पोषणयुक्त खाना खाने तथा सङ्क्रमित व्यक्तिसँग सम्पर्क गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
क्षयरोग लुकाएर बस्नुपर्ने रोग नभएकाले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई नि:शुल्क जाँच तथा उपचार सेवा लिन स्वास्थ्य शाखाका प्रमुख केसीले सबैलाई अनुरोध गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - ११:५१
दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...
माघ १९ गते, २०८२ - ११:३७
नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...
माघ १९ गते, २०८२ - ११:२६
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...
माघ १९ गते, २०८२ - ११:१५
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...
माघ १९ गते, २०८२ - ११:०३
मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...
माघ १९ गते, २०८२ - १०:३७
चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...
माघ १९ गते, २०८२ - १०:२७
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...
माघ १९ गते, २०८२ - १०:११
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...



प्रतिकृया लेख्नुहोस्: