नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयरोगको जोखिम बढ्दै गएको पुष्टि भएको हो ।
जिल्लाको खजुरा गाउँपालिकामा पछिल्लो छ महिनामा ५२ जना क्षयरोगी फेला परेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । सो शाखाका अनुसार फेला परेका सबै क्षयरोगीलाई शाखा अन्तर्गतका स्वास्थ्य संस्थामार्फत नि:शुल्क उपचार सेवा प्रदान गरिँदै आएको छ ।
स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी ओलीका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ मा १४ जना क्षयरोगी फेला परेका छन् भने वडा नम्बर १ र ६ मा क्षयरोगी शून्य छन् । वडा नम्बर २ मा ६ जना, वडा नम्बर ३ मा १२ जना, वडा नम्बर ४ र ५ मा समान ५–५ जना तथा वडा नम्बर ७ मा १० जना क्षयरोगी फेला परेको स्वास्थ्य शाखा प्रमुख केसीले बताए।
खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले खजुरा क्षयरोगको अत्यधिक जोखिममा रहेको देखिएको जनाउँदै यो रोग अत्यन्तै सरुवा रोग भएकाले समयमै पहिचान र उपचार आवश्यक रहेको बताए। उनले एक जना क्षयरोगीबाट १० देखि १५ जनासम्ममा रोग सर्न सक्ने जोखिम रहने भएकाले समुदायस्तरमै सतर्कता अपनाउनुपर्नेमा जोड दिए।
स्वास्थ्य शाखाले लामो समयसम्म खोकी लागेमा बेवास्ता नगरी तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउन, औषधी पूरा अवधि नियमित सेवन गर्न र उपचार अधुरो नछाड्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
यसैगरी, भीडभाडमा मास्क प्रयोग गर्ने, घरभित्र पर्याप्त हावा–प्रवाहको व्यवस्था मिलाउने, पोषणयुक्त खाना खाने तथा सङ्क्रमित व्यक्तिसँग सम्पर्क गर्दा सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।
क्षयरोग लुकाएर बस्नुपर्ने रोग नभएकाले लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा गई नि:शुल्क जाँच तथा उपचार सेवा लिन स्वास्थ्य शाखाका प्रमुख केसीले सबैलाई अनुरोध गरे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २० गते, २०८३ - १५:५४
राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...
जेष्ठ २० गते, २०८३ - १५:४५
काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...
जेष्ठ २० गते, २०८३ - १५:१५
नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...
जेष्ठ २० गते, २०८३ - १४:५०
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेकपा एमालेको नेतृत्वमा निरन्तर रहने स्पष्ट गरेका छन्। राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रम...
जेष्ठ २० गते, २०८३ - १४:३७
काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। राष्ट्रियसभाको बुधबारको...
जेष्ठ २० गते, २०८३ - १४:२३
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग साझा समृद्धि र उज्ज्वल भविष्यका लागि नजिकबाट सहकार्य गर्न भारत तयार रहेको बताएका छन्। भारत...
जेष्ठ २० गते, २०८३ - १४:१३
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग नयाँदिल्लीमा भेटवा...
जेष्ठ २० गते, २०८३ - १४:०७
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन शाहको संसद्मा दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। एमालेको ‘सदस्यता न...
जेष्ठ २० गते, २०८३ - १३:४६
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाउँदै उहाँलाई सरकारको “रबरस्ट्याम्प” बनेको ...
जेष्ठ २० गते, २०८३ - १३:३७
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न चुनावको नतिजा पहिले नै निर्धारित रहेको आरोप लगाएका छन्। चुनावपछि पहिलोपटक सार्वजनिक सम्...



प्रतिकृया लेख्नुहोस्: