काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बहुमत ल्यायो, एमाले ६९ सिटसहित प्रमुख प्रतिपक्ष बन्यो। तर त्यही चुनावमा माओवादी विचारधाराबाट प्रेरित संयुक्त जनमोर्चाले ९ सिट जित्दै राष्ट्रिय राजनीतिमा उल्लेख्य प्रवेश गर्यो । ७० क्षेत्रमा उम्मेदवारी दिएको जनमोर्चाले ३ लाख ५१ हजार ९०४ मत (४.८३%) ल्याएको थियो।
त्यतिबेला २०४७ को संविधान अस्वीकार गर्दै पनि निर्वाचनलाई ‘क्रान्तिकारी उपयोग’ गर्ने रणनीति अपनाइएको थियो । नेतृत्व डा. बाबुराम भट्टराईको हातमा थियो । कांग्रेस सरकारमा, एमाले प्रतिपक्षमा रहँदा एकता केन्द्रले भने दीर्घकालीन जनयुद्धको तयारी अघि बढायो।
२०५१ सालमा संसद् विघटन र मध्यावधि घोषणापछि पार्टीभित्रै निर्वाचन उपयोग कि बहिष्कार भन्ने विषयमा चर्को बहस भयो। हालका माओवादी नेता सन्तोष बुढाका अनुसार, रोल्पामा प्रचण्डले ‘संसदीय व्यवस्थालाई क्रान्तिकारी उपयोग’बारे प्रशिक्षण दिएर नेताकार्यकर्तालाई सहमत गराएका थिए । कृष्णबहादुर महरालाई उम्मेदवार बनाउने विषयमा समेत विवाद हुँदा अन्ततः उनी निर्वाचित भए । तर त्यसपछि बहिष्कारको लाइन लिइयो र भूमिगत गतिविधि तीव्र बनाइयो।
२०५२ फागुन १ गते जनयुद्ध घोषणा भयो। एकता केन्द्र विभाजित हुँदै प्रचण्ड नेतृत्वको समूह सशस्त्र मार्गमा लाग्यो, निर्मल लामा समूह शान्तिपूर्ण आन्दोलनमा। २०५१ को मध्यावधिमा निर्मल लामा पक्षले ४९ ठाउँमा उम्मेदवारी दिए पनि एक सिट जित्न सकेन (१.३२% मत)। पछि अमिक शेरचनको जनमोर्चा नेपाल र चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा अलग बने।
२०५६ मा संयुक्त जनमोर्चाले १ सिट (०.८१%) र राष्ट्रिय जनमोर्चाले ५ सिट (१.४१%) जिते। त्यसको करिब एक दशकपछि, १२ बुँदे समझदारी र २०६२/०६३ को जनआन्दोलनले राजतन्त्र अन्त्य गर्यो । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी २२९ सिटसहित पहिलो दल बन्यो । सहयोगी जनमोर्चा नेपालले ८ र राष्ट्रिय जनमोर्चाले ४ सिट जिते।
२०६५ जेठ १५ मा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो र प्रचण्ड पहिलो प्रधानमन्त्री बने। तर त्यसपछि नेतृत्वको जीवनशैली, अवसरवाद, वर्गसँग दूरी र संसदीय प्रक्रियामा अत्यधिक निर्भरता जस्ता आरोपसँगै माओवादी आन्दोलनको धार कमजोर हुँदै गयो भन्ने आलोचना पार्टीभित्र र बाहिर बढ्दै गयो।
प्रचण्ड र मोहन वैद्य ‘किरण’बीचको दुई-लाइन संघर्षले विभाजन निम्त्यायो । २०७० को संविधानसभा निर्वाचनमा माओवादीले अपेक्षाकृत कमजोर परिणाम भोग्यो। त्यसयता ओरालो यात्रामा देखिएको माओवादीले यसपटक पार्टीको नाम परिवर्तन गरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का रूपमा एक्लै निर्वाचनमा होमिएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनअघि प्रचण्डले प्रत्यक्षतर्फ अग्रता लिने र समग्रमा पहिलो पार्टी बन्न सक्ने दाबी गरेका छन्। तर इतिहासले देखाएको उतारचढाव, विभाजन र पुनर्गठनको श्रृंखलाबीच यो दाबी धरातलसँग कति मेल खान्छ भन्ने प्रश्न यथावत् छ।
९ सिटबाट सुरु भएको यात्रा जनयुद्ध, शान्ति प्रक्रिया, २२९ सिटको उचाइ र त्यसपछिको ओरालो हुँदै फेरि ‘एक्लै मैदान’मा आइपुगेको छ। अबको निर्वाचनले इतिहास दोहोर्याउने हो कि नयाँ मोड दिने हो । जवाफ फागुन २१ पछि मात्र स्पष्ट हुनेछ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०८२ - १८:३४
भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले मध्यपुर थिमि नगरपालिका–नगदेशको न्याचामा चुनावी सम्पर्क कार्यालय स्थापना गरेको छ। शहीद दिवसको अवसर पारेर शुक्रबार ...
माघ १८ गते, २०८२ - १८:३०
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि पर्वतबाट उम्मेदवार बनेका मनहरि तिमिल्सिनाले जिल्लाको समग्र विकास लक्षित २३ बुँदे प्रतिबद्धतासहित आफ्नो ‘...
माघ १८ गते, २०८२ - १८:२२
काठमाडौं । नेकपाका नेता जगन्नाथ खतिवडाले एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यवहारले नेपालको वाम आन्दोलन बदनाम भएको आरोप लगाएका छन्। निर्वाचन विशेष भे...
माघ १८ गते, २०८२ - १८:१४
काठमाडौँ । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भयो। त्यसपछि २०४८ वैशाख २९ गते भएको आम निर्वाचनमा नेपाली कांग्रेसले ११० सिटसहित बह...
माघ १८ गते, २०८२ - १८:०९
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्ट विचार, संगठित आधार र जनतासँग प्रत्यक्ष सम्बन्ध नभएका राजनीतिक शक्तिहरूले देशको विकास गर्न नसक्ने बताए...
माघ १८ गते, २०८२ - १०:५०
काठमाडौँ । काठमाडौँ–३ भूगोलका हिसाबले सानो भए पनि राजनीतिक रूपमा निकै संवेदनशील निर्वाचन क्षेत्र हो। उपत्यकाको आधा खानेपानी धान्ने क्षमता भएका सुन्दरी...
माघ १८ गते, २०८२ - ०९:०१
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला सक्रिय चुनावी दौडधुपम...
माघ १८ गते, २०८२ - ०८:५५
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रु...
माघ १८ गते, २०८२ - ०८:५३
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले चुनावी माहोल तात्दै जाँदा दलहरूका दाबी सुन्दा सबैले जितिसकेको र एकल सरकारसमेत बनाइसकेको जस्तो देखिएको भ...
माघ १८ गते, २०८२ - ०८:५१
काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्र...



प्रतिकृया लेख्नुहोस्: