रौतहट । नगरपालिकाको उदासिनताको कारण अतिक्रमणले साँघुरिएको रौतहटको पुराना ठुला बजारमध्ये चन्द्रपुर नगरपालिका–६ मा रहेको चन्द्रनिगाहपुर हाटबजार विस्तार र व्यवस्थित हुन सकेको छैन ।
स्थानीयले बजारलाग्ने सार्वजनिक जमिनमा बसोबासका लागि पक्की तथा व्यापारिक भवन निर्माण गरेपछि बजार साँघुरिएको हो । २९ कठ्ठा सार्वजनिक जमिनमा फैलिएको उक्त हाटबजार अतिक्रमित भई १४ कठ्ठा क्षेत्रफलमा खुम्चिँदासमेत नगरपालिका मौन छ ।
चन्द्रपुर–६ का समाजसेवी लेखनाथ कोइराला भन्न्छन्, “बजार साँघुरिएसँगै बजारहुँदै दक्षिण र पश्चिम तर्फ जाने कृषि सडक समेत साँघुरिएको छ । शुक्रबार र सोमबार लाग्ने हाटबजारको दिन सडक मै बजार लाग्ने हुँदा आवतजावत प्रभावित हुँदै आएको छ । साना सवारी तथा पैदल यात्री समेतले सास्ती भोग्नु पर्ने बाध्यता छ । पालिकामा लाग्ने हाटबजारमध्ये सबैभन्दा आम्दानी दिने उक्त बजार अतिक्रमण मुक्त बनाई विस्तार र व्यवस्थित गर्नु नगरपालिकाको दायित्व हो ।”
डेढ दशक अघिसम्म बजारको सार्वजनिक जमिनमा स्थानीय ३० जना व्यापारीले कब्जा जमाएका थिए । तीमध्ये १५ जना व्यापारीलाई साविक चन्द्रनिगाहपुर गाउँ विकास समितिले अन्यत्र जग्गा उपलब्ध गराई बसोबास गराएको थियो । तर हाल चन्द्रपुर नगरपालिकाले बाँकी रहेकालाइ भने हटाउन सकेको छैन । क्षेत्रफल साँघुरिएको कारण अव्यवस्थित बनेको सो बजारमा स्थान अभावले गर्दा स्थानीय कृषकले उब्जाएका सागसब्जी, फलफुल र अन्नबाली बाटो मै राखेर विक्री गर्नु पर्ने बाध्यता रहेको बताउँदै चन्द्रपुर–५ का किसान जयदेव यादवले बजारको दिन यातायात सञ्चालन ठप्प हुँदा ढुवानीमा समेत समस्या भएको दुखेसो गरे।
पालिका भित्र रहेको सार्वजनिक जमिन यकिन गरी लगत तयार पार्ने अधिकार पाउनुभएका कार्यपालिका सदस्य कल्याण कुशवारले बजारले चर्चेको जमिन नामजाँच गर्दा करिब २३ कठ्ठा जमिन बाँकी देखिएको बताए। उनकाअनुसार उक्त जमिनमा धेरै पहिलादेखि नै निजी आवासीय तथा व्यापारिक भवन ठडिएकोले बजार विस्तारमा चुनौति थपिएको छ । नगर प्रमुखले सक्रिय भूमिका निर्वाह नगरेसम्म अतिक्रमित जमिन खाली गराउन सम्भव देखिदैन ।
यता वडा नम्बर ६ का वडाध्यक्ष सहदेव केसी भन्न्छन्, “बजार अतिक्रमण मुक्त गराउन पटक पटक प्रयास गर्दा पनि सफल हुन सकिएन । बजारको जमिनमा बसोबास गरेकालाई अन्यत्र बसोबासको व्यवस्था मिलाउन सके बजार विस्तार सहज हुने थियो । यसको लागि नगरपालिकाले नै स्थानान्तरको व्यवस्था मिलाउनु पर्ने हुन्छ ।”
चन्द्रपुर नगरपालिकाको स्वामित्वमा रहेको अतिक्रमित उक्त बजारको जमिन खाली गराउन कार्यपालिकाले धेरै पटक सूचना प्रकाशन गरेता पनि जमिन खाली हुन सकेको छैन । नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले यथाशीघ्र सर्वपक्षीय मिटिङ् राखी समस्या समाधान तर्फ अघि बढिने बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ५ गते, २०८३ - १७:५९
तनहुँ। व्यास मार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मङ्गलबार दिउँसो ३:१५ बजे बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्। कलेस्तीबाट ...
श्रावण ५ गते, २०८३ - १७:३७
काठमाडौं । भक्तपुरमा फिफा विश्वकपको फाइनल खेल हेर्ने क्रममा भएको झडपमा घाइते भएका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ। घटनामा संलग्न भएको आरोपमा प्...
श्रावण ५ गते, २०८३ - १७:१२
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि ‘अँध्यारा’ र ‘काला’ वर्षका रूपमा ब...
श्रावण ५ गते, २०८३ - १६:५४
मुस्ताङ। विश्वप्रख्यात अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत थोराङ्ला पास भएर एक वर्षमा ११ हजारभन्दा बढी विदेशी पर्यटकले पदयात्रा गरेका छन्। गण्डकी प्रदेशक...
श्रावण ५ गते, २०८३ - १६:३७
नयाँदिल्ली। भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरक...
श्रावण ५ गते, २०८३ - १६:०१
इलाम। केही दिनयता निरन्तर भइरहेको वर्षापछि इलाम सदरमुकामसहित पाँचथर र ताप्लेजुङसम्मको सोझो सडक सम्बन्ध टुटेको छ। मेची राजमार्गको माइखोलास्थित राजदुवाल...
श्रावण ५ गते, २०८३ - १५:४१
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक लगातार छैटौं कारोबार दिन पनि बढेको छ। मंगलबार नेप्से ७.२५ अंकले उकालो लागेर २,७२६.०५ अंकमा पुगेको हो। ...
श्रावण ५ गते, २०८३ - १५:२७
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधि सभा सदस्यलाई निर्वाचन क्षेत्र तथा जिल्ला भ्रमणका क्रममा अपनाउनुपर्ने रणनीतिक समन्वय,...
श्रावण ५ गते, २०८३ - १५:१६
काठमाडौं । सरकारले प्रस्तावित ३ प्रतिशत ‘समता कर’ हालका लागि स्थगन गरे पनि विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकका लागि निजी अस्पताल र शैक्षिक संस्थामा...
श्रावण ५ गते, २०८३ - १५:०१
काठमाडौं । विदेशी कूटनीतिक नियोगका प्रतिनिधिसँग नियमित भेटघाट नगरेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहले नेपालस्थित विभिन्न दे...



प्रतिकृया लेख्नुहोस्: