हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की टासी लाम्जोङ एक्ली महिला उम्मेदवार छिन्।
रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएपछि लाम्जोङ चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका सात जना उम्मेदवारमध्ये एक जना मात्र महिला रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।
प्रारम्भमा रास्वपाले लाम्जोङको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको थियो। तर भूराजनीतिक कारण देखाउँदै पछि उक्त सूचीबाट नाम हटाइएको थियो। समानुपातिक सूचीबाट नाम हटाइएको जानकारी पाएपछि रास्वपा हुम्ला र लिमीका स्थानीय पार्टी कार्यालयमा गरिएको पहलपछि उहाँले प्रत्यक्षतर्फको टिकट पाएको हो।
२६ वर्षीया लाम्जोङले नवयुवाको भावना र आवाज प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो। “केही गरौँ भन्ने हुटहुटीका कारण सानै उमेरमा राजनीतिमा होमिएकी हुँ,” उहाँको भनाइ छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको हल्जी बस्तीकी स्थायी बासिन्दा लाम्जोङलाई नयाँ अनुहारलाई अवसर दिने हुम्लावासीको चाहनामा आफूले विश्वास राखेको बताउछन् ।
लाम्जोङसँग प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार पुरुष छन्। नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दलबहादुर रावल, नेपाल कम्युनिष्ट पार्टीबाट डा। दिपेन्द्र रोकाया, नेकपा ९माओवादी केन्द्र०बाट कुम्भ बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा उम्मेदवार रहेको छन्।
निर्वाचन हुन अब ३२ दिन मात्र बाँकी रहँदा सातवटै गाउँपालिका र १६३ वटा बस्ती रहेको हुम्लामा प्रचारप्रसारका लागि उम्मेदवारहरू दिनरात खटिन बाध्य छन्। हिमपातको प्रतिकूल मौसमका बाबजुद पनि उम्मेदवारहरू गाउँगाउँमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एकमात्र रहेको हुम्ला जिल्लाबाट यसपटक प्रतिनिधिसभा सदस्यका लागि सबै उम्मेदवार नयाँ अनुहार रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २२ गते, २०८३ - १७:३६
काठमाडौं। नेकपा (एमाले) ले आफ्ना सांसदहरूले परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने व्यवस्था लागू गरेको छ। संसदीय दलको शुक्रबार बसेक...
श्रावण २२ गते, २०८३ - १७:२७
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारको नियतमाथि प्रश्न नरहे पनि कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका छन्। प्रतिनिध...
श्रावण २२ गते, २०८३ - १७:१४
मकवानपुर। जिल्ला प्रशासन कार्यालय, मकवानपुरले एल.पी. ग्यास कालोबजारी गरेको पाइएमा त्यस्ता ग्यास सिलिण्डर जफत गर्ने भएको छ । केही दिनदेखि एल.पी. ग्य...
श्रावण २२ गते, २०८३ - १६:५५
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा आर्थिक प्रभाव, पहुँचको दुरुपयोग तथा कुनै...
श्रावण २२ गते, २०८३ - १६:४४
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर सुधार, उपभोक्ता हित संरक्षण र आधुनिक प्रविधिको प्रभावकारी उपयोग सुनिश्चित गर्न दूरसञ्चार ...
श्रावण २२ गते, २०८३ - १६:३५
काठमाडौं । सर्वोच्च अदालतले अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लागेका मिलन गुरुङ र उनकी श्रीमती इन्दिरा घले गुरुङलाई सफाइ दिने विशेष अदालतको फैसला स...
श्रावण २२ गते, २०८३ - १६:२२
काठमाडौं। विराटनगरका व्यवसायी गोपाल मुदण्डाको घरमा गरिएको प्रहरी छापामारी प्रकरणमा नेपाल प्रहरी प्रधान कार्यालयले सूचनाको प्रमाणीकरण (भेरिफाइ) प्रक्रि...
श्रावण २२ गते, २०८३ - १३:५५
काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना शैक्षिक तथा पेसागत मागहरू सम्बोधन गराउन दबाबमूलक आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले आगामी भदौदेखि आन्दो...
श्रावण २२ गते, २०८३ - १३:४८
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सीमा विवादबारे दिएको अभिव्यक्तिको स्पष्टीकरण माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभामा विरोध जारी राखेका छन्। प...
श्रावण २२ गते, २०८३ - १३:३३
काठमाडौँ । आर्थिक गतिविधिमा देखिएको सुस्तता र लगानी विस्तारका चुनौतीबारे राष्ट्रिय योजना आयोगले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेको छ। छलफलमा आर्थि...



प्रतिकृया लेख्नुहोस्: