हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की टासी लाम्जोङ एक्ली महिला उम्मेदवार छिन्।
रास्वपाले प्रत्यक्षतर्फको टिकट दिएपछि लाम्जोङ चुनावी प्रतिस्पर्धामा उत्रिएको हो। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका सात जना उम्मेदवारमध्ये एक जना मात्र महिला रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले जानकारी दिए।
प्रारम्भमा रास्वपाले लाम्जोङको नाम समानुपातिक बन्द सूचीमा समावेश गरेको थियो। तर भूराजनीतिक कारण देखाउँदै पछि उक्त सूचीबाट नाम हटाइएको थियो। समानुपातिक सूचीबाट नाम हटाइएको जानकारी पाएपछि रास्वपा हुम्ला र लिमीका स्थानीय पार्टी कार्यालयमा गरिएको पहलपछि उहाँले प्रत्यक्षतर्फको टिकट पाएको हो।
२६ वर्षीया लाम्जोङले नवयुवाको भावना र आवाज प्रतिनिधित्व गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो। “केही गरौँ भन्ने हुटहुटीका कारण सानै उमेरमा राजनीतिमा होमिएकी हुँ,” उहाँको भनाइ छ। नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको हल्जी बस्तीकी स्थायी बासिन्दा लाम्जोङलाई नयाँ अनुहारलाई अवसर दिने हुम्लावासीको चाहनामा आफूले विश्वास राखेको बताउछन् ।
लाम्जोङसँग प्रतिस्पर्धामा रहेका सबै उम्मेदवार पुरुष छन्। नेपाली कांग्रेसबाट जयपति रोकाया, नेकपा एमालेबाट दलबहादुर रावल, नेपाल कम्युनिष्ट पार्टीबाट डा। दिपेन्द्र रोकाया, नेकपा ९माओवादी केन्द्र०बाट कुम्भ बुढा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट जटिल कार्की तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट छक्क बुढा उम्मेदवार रहेको छन्।
निर्वाचन हुन अब ३२ दिन मात्र बाँकी रहँदा सातवटै गाउँपालिका र १६३ वटा बस्ती रहेको हुम्लामा प्रचारप्रसारका लागि उम्मेदवारहरू दिनरात खटिन बाध्य छन्। हिमपातको प्रतिकूल मौसमका बाबजुद पनि उम्मेदवारहरू गाउँगाउँमा पुगेर चुनावी प्रचारप्रसार गरिरहेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र एकमात्र रहेको हुम्ला जिल्लाबाट यसपटक प्रतिनिधिसभा सदस्यका लागि सबै उम्मेदवार नयाँ अनुहार रहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - १२:०९
काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मु...
माघ १९ गते, २०८२ - ११:५१
दमक। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको ध्यान केन्द्रित भएकाले यसलाई विशेष प्राथमिक...
माघ १९ गते, २०८२ - ११:३७
नेपालगन्ज। बाँके जिल्ला अझैपनि क्षयरोगको जोखिममा रहेको पाइएको छ । जिल्लाको एउटा पालिकामा मात्रै छ महिनामा ५२ जना नयाँ क्षयरोगी भेटिएपछि जिल्लामा क्षयर...
माघ १९ गते, २०८२ - ११:२६
हुम्ला। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा सात जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। तीमध्ये राष्ट्रिय स्वतन्त्र...
माघ १९ गते, २०८२ - ११:१५
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य उल्लेख्य रूपमा घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोल...
माघ १९ गते, २०८२ - ११:०३
मुक्तिनाथ। लिजी–नेचुङ (कोरला) नाकामा भारी हिमपातका कारण उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको सेवा प्रभावित ...
माघ १९ गते, २०८२ - १०:३७
चितवन। चितवनको निर्वाचन क्षेत्र नं. ३ अहिले सबैको चासोको विषय बनेको छ । यसअगाडिको निर्वाचनमा क्षेत्र नंं. २ र १ लाई चासोका रूपमा लिने गरेकोमा अहिले अव...
माघ १९ गते, २०८२ - १०:२७
नवलपरासी। सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी खण्डमा पर्ने सबै पुल निर्माण सम्पन्न भएका छन् । निर्माण सम्पन्न...
माघ १९ गते, २०८२ - १०:११
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पण्डितपुर (कोलनगर) मा भएको दोस्रो चरणको उत्खननले महत...



प्रतिकृया लेख्नुहोस्: