काठमाडौं । नेकपा (एमाले) को आगामी राष्ट्रिय महाधिवेशनको मुखमा पोलिटब्युरो सदस्य दलबहादुर रानाले राजनीतिबाट विदा लिने घोषणा गरेका छन् । रानाले शुक्रबार सामाजिक सञ्जालमार्फत यो निर्णय सार्वजनिक गरेका हुन् ।
उनले आगामी महाधिवेशनमा कुनै पनि पद नउठ्ने र समग्र राजनीतिक यात्राबाट विश्राम लिने बताएका छन् । फेसबुक पोस्टमा रानाले लेखेका छन्, ‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था नभएकोले भोलि २०८२ साल मङ्सिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु ।’
सक्रिय राजनीतिक जीवनबाट विदा लिँदै गर्दा पनि रानाले पार्टी सदस्यको हैसियतबाट समयानुकूल रूपमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
करिब साढे चार दशकदेखि राजनीतिमा सक्रिय राना पाल्पाबाट निर्वाचित हुँदै आएका थिए । यद्यपि, पछिल्लो पटक उनी सांसद थिएनन् । सन् २०१३ (२०७० साल) मा उनले भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - १८:५१
भक्तपुर । नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ । शनिबार भक्तप...
मंसिर २७ गते, २०८२ - १८:४४
रौतहट । रौतहटबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरीले पक्राउ परेको छ । शुक्रबार रौतहट मौलापुर नगरपालिका–३ लाल बकैया बाँधमा खटिएको प्रहरी टोलील...
मंसिर २७ गते, २०८२ - १७:५७
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भ...
मंसिर २७ गते, २०८२ - १७:५१
वीरगञ्ज । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका एक जना कैदी बन्दीको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगर–१२ मुर्लीका ३७ वर्षी...
मंसिर २७ गते, २०८२ - १७:५०
मनिला । भारतमा कम आए भएका महिलाहरुको आर्थिक पहुँच बढाउन एसियन डेभलपमेन्ट बैङ्क (एडीबी) ले शुक्रबार फाइभ स्टार बिजनेस फाइनान्स लिमिटेड (एफ बी एफ एल) सँ...
मंसिर २७ गते, २०८२ - १७:४८
पाकिस्तान । पाकिस्तानको उत्तरी वजीरिस्तानको मिर अली तहसीलको सरकारी विद्यालय बिहीबार राति भएको विनाशकारी विस्फोटले ध्वस्त भए पछि सय भन्दा बढी बालबालिका...
मंसिर २७ गते, २०८२ - १७:४६
कास्की । कास्कीको मादी गाउँपालिका–११ तोगीमा रहेको एउटा घरको अनौठो अभ्यासले यतिखेर चर्चा पाएको छ । खरको छानो भएको परम्परागत घुमाउने घरभित्र मठमन्दिर जस...
मंसिर २७ गते, २०८२ - १७:४३
काठमाडाैँ । अमेरिकी आयात शुल्कमा भएको उल्लेखनीय वृद्धि कारण जर्मनीको अर्थतन्त्रमा अपेक्षाभन्दा धेरै ठूलो नकारात्मक प्रभाव परेको छ । प्रमुख आर्थिक अ...
मंसिर २७ गते, २०८२ - १७:४१
काठमाडाैँ । चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जिय...
मंसिर २७ गते, २०८२ - १७:३८
कैलाली । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वाटर कैलालीले दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास कार्यक्रम गरेको छ । नेपाली सेना र नेपाल प्रहरीको ...




प्रतिकृया लेख्नुहोस्: