Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

देउवा अब नेपाल फर्किएलान् ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबारे सूचना छैन।

उनका अनुसार पछिल्लो पटक मतगणनाका क्रममा देउवासँग उनको सम्पर्क भएको थियो। तर आफूलाई देउवाको सचिवालयमा रहने गरेका भानु देउवाले एक डेढ हप्तामा फर्किने जानकारी गराएको नेता महतले बताए।

चुनाव हुनु एक हप्ताअघि फागुन १३ गते देउवा उपचारको निम्ति भनेर सिङ्गापुर गएका थिए। नयाँ सरकार बनेसँगै विभिन्न प्रकरणहरूको छानबिन चलिरहेको र त्यसमा देउवा पनि तानिन सक्ने भन्दै कतिपयले उनी नफर्किने हुन् कि भन्ने आकलन गरिरहेका छन्।

"त्यस्तो त मलाई लाग्दैन," महतको बुझाइ छ, "नेपालका विभिन्न जिम्मेवारीमा त्यत्रो लामो समय रहेको व्यक्तित्व कहीँ कसैले केही गर्छ भनेर त्यसबाट पन्छिने/भाग्ने सोचमा हुनुहोला भन्ने लाग्दैन।"

दक्षिन एशियाली छिमेकी मुलुकहरू लगायत विश्वभर नै आफ्ना देशमा उत्पन्न विषम परिस्थितिका कारण सत्ताबाट पाखा लाग्न पुग्ने वरिष्ठ नेताहरू वा सरकार प्रमुखहरू वा विपक्षी नेताहरू देशमा हुन सक्ने सम्भावित कारबाही छल्न निर्वासनमा जाने गरेको इतिहास छ।

देउवा 'कानुनी झमेला बेहोर्न तयार'

महत जस्तै कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई पनि देउवा फर्किनेबारे कुनै जानकारी छैन। मिडियाबाट नै जानकारी पाइरहेको उनले सुनाए।

जेन जी आन्दोलनमा घाइते भएका आफ्नो पार्टीका वयोवृद्ध पूर्वसभापति देउवाबारे पार्टीले किन कुनै चासो र सरोकार राखेको देखिएको छैन?

"जाँदै आउँदै गरिरहनुहुन्छ, फेरि आउनु होला, कति चाँडै आउनु होला भनेर हामी त पर्खिरहेका छौँ," महामन्त्री घिमिरेले देउवा नफर्किने कल्पना पनि गरेका छैनन्, "यत्रो सङ्घर्ष गरेको व्यक्ति हो, उहाँले काम गरेको पार्टी नेपाली कांग्रेस हो, उहाँको देश नेपाल हो। उहाँ नफर्किनु होला भन्ने त लाग्दैन।"

सम्पत्ति शुद्धीकरण लगायतका प्रकरणहरूमा देउवा र उनको परिवारका सदस्य तानिन सक्ने अनौपचारिक विवरणहरू आइरहेका छन्। देउवा निकटस्थहरू त्यसलाई 'मिडिया ट्रायल' ठान्छन्।

देउवा प्रधानमन्त्री छँदा उनका प्रेस सल्लाहकार रहेका गोविन्द परियार देउवा केही दिनमा फर्किने बताउँछन्। देउवाविरुद्ध कुनै किसिमको मुद्दा मामिला चल्न सक्ने कुनै आधार नभएको बताउँदै उनले सम्भावित कानुनी झमेला सामना गर्न देउवा तयार रहेको सुनाए।

"कुनै कानुनी झमेला आइपर्‍यो भने त्यसबाट पन्छिने भन्ने कुरा छैन," उनले भने, "उहाँले पञ्चायत कालदेखि जेलनेल अनेक तनाव बेहोरिसक्नु भएको छ, उहाँ सबै (चुनौती) सामना गर्न तयार हुनुहुन्छ। यद्यपि उहाँको त्यस्तो (मुद्दा बेहोर्नुपर्ने आधार) खासै केही छैन।"

पत्नी र छोरा पनि फर्किन्छन्?

देउवा उपचारका लागि गएकै बेला पत्नी आरजु पनि गएकी थिइन्। पहिल्यै देश बाहिर रहेका छोरा बुहारी पनि त्यहाँ पुगेको खबरहरू छापिने गरेका छन्।

देउवा पत्नी तथा पूर्वमन्त्री आरजु र छोराको नाम पनि विभिन्न प्रकरणहरूमा जोड्ने गरेको पाइन्छ। त्यसैले देउवा फर्किए पनि परिवारका सबै सदस्य फर्किएलान् भन्नेमा पनि कतिपयले आशङ्का गरेको पाइन्छ।

परियारले 'मैले बुझेसम्म सबै फर्किनुहुन्छ' भन्ने जबाफ दिए।

राजनीतिक परिवारको सदस्य भए पनि गैर कानुनी काममा संलग्न भएको मुद्दा बेहोर्ने जोखिम लिन तयार भएर सबै फर्किएलान्?

प्रतिप्रश्नमा परियारको जबाफ थियो, "सबैको मैले भन्न सक्दिनँ, देउवाले पञ्चायतकालदेखि राजाको प्रत्यक्ष शासनकालसम्म धेरै हन्डर खाइसक्नु भएको छ, उहाँ एउटा प्रजातान्त्रिक विचारधारा बोक्ने नेता र सबै नेताहरूको पनि अभिभावकीय नेता हो, त्यस कारण उहाँ पन्छिने होइन, फर्किनुहुन्छ।"

कहाँ के गर्दै छन् देउवा?

परियारले नै देउवा परिवार सिङ्गापुरबाट हङ्कङ गएको सूचना केही दिनअघि जारी गरेका थिए।

सिङ्गापुरमा नियमित उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा परिवार हङ्कङ गएको सूचनामा उल्लेख थियो। परियारले देउवा अझै पनि हङ्कङमै रहेको बताए। 

"सिङ्गापुरका डाक्टरहरूको सिफारिसमै उहाँ अहिले हङ्कङमा थप उपचार गराइरहनु भएको छ," उनले भने, "सानो शल्यक्रिया गर्नुपर्ने छ, त्यो सकेर उहाँ नेपाल फर्किनुहुन्छ।"

उनले कति समयमा वा कहिले फर्किने भन्नेबारे बताउन नसक्ने जबाफ दिए। आफूले बुझेसम्म लामो समय नलाग्ने उनको भनाइ छ।

जेन जी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि रगताम्मे हुने गरी कुटपिट हुनुका साथै घर आगजनी गरिएको थियो।

उक्त घर भत्काउन थालिए पनि अहिले रोकिएको छ। प्रहरीले अनुसन्धानको निम्ति भन्दै भत्काउन रोक लगाएको विवरण आए पनि आफूलाई त्यसबारे जानकारी नभएको परियारले बताए।

केही सञ्चारमाध्यममा उक्त घर बिक्री भइसकेको समाचार पनि प्रकाशित गरेका थिए। देउवाको सचिवालयले त्यसको खण्डन गरिसकेको छ। पत्रकार परियारले पनि भने, "बिक्री भएको पनि होइन र बिक्रीमा पनि छैन।" बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन ह...

सिँचाइ सुविधा विस्तारले व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन् । पछिल्लो तीन वर्षमा वडा ...

देउवा अब नेपाल फर्किएलान् ?

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग निकट मानिने नेता प्रकाशशरण महतलाई देउवा कहिले फर्किने हुन् भन्नेबार...

निर्वाचन हारबारे नेकपाको समीक्षा- पश्चिमा प्रभाव र आन्तरिक कमजोरी दुवै जिम्मेवार

एमालेसँगको सम्भावित एकताबारे पनि छलफल

बादलको अभिव्यक्तिले गर्माएको एमाले

काठमाडौं । एमाले उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधिसभाको पहिलो बैठकमा बिहीबार दिएको अभिव्यक...

यसरी चलाएका थिए भट्टले ‘बिचौलिया साम्राज्य’

सिंगापुर र थाइल्यान्डमा घर, स्वदेशमा सयौँ रोपनी जग्गादेखि आधा दर्जन कम्पनीमा लगानी

‘कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित छ’

कर्णाली। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका सचिव सञ्जिवकुमार कर्णले कर्णाली सात प्रदेशमध्ये खाद्यका हिसाबले सुरक्षित भएको बताउन...

एक महिनामा ४८ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

गण्डकी । दोस्रो मुख्य पर्यटकीययाम सुरु भएसँगै अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । गत मार्च महिनामा ४८ हजार ५१३ जना विदेशी पर्यटकले उ...

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाको ट...

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै प्रमुख १० वटा मुख्य सुधारका क्रियाकलापको कार्ययोजना तयार गरी प्रधानमन्त्री तथा मन्त्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending