जनकपुरधाम । मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बढ्दो क्रममा रहेको ताजा तथ्याङ्कले देखाएको छ ।
महिला पुनर्स्थापना केन्द्र, मधेश प्रदेशले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार पछिल्ला छ महिनामा प्रदेशभर १४१ वटा महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् ।
प्रतिवेदनअनुसार चैतदेखि भदौसम्म धनुषा, महोत्तरी, सर्लाही, बारा, रौतहट, सिराहा र सप्तरीमा दर्ता भएका उजुरी तथा पत्रपत्रिकामा प्रकाशित समाचार संकलनबाट तथ्याङ्क तयार गरिएको हो। पर्साबाट भने कुनै घटना प्रतिवेदन गरिएको छैन ।
दर्ता भएका घटनामध्ये ८४ घरेलु हिंसा, २४ सामाजिक हिंसा, २० यौन हिंसा र १३ अन्य प्रकारका हिंसा रहेका छन्। यीमध्ये घरेलु हिंसा अन्य सबै प्रकारका हिंसाभन्दा निकै बढी पाइएको प्रतिवेदनमा उल्लेख छ ।
महिला पुनर्स्थापना केन्द्रकी संयोजक विणा कुमारी सिंहका अनुसार घरेलु हिंसाका अधिकांश घटनाको मूल कारण ‘दाइजो’ नै रहेको छ । पछिल्ला छ महिनामा मात्र दाइजोका कारण ८ घटना प्रत्यक्ष रूपमा पुष्टि भएका भए पनि अन्य धेरै घटनाको जरोमा पनि दाइजो नपुगेको वा थप दाइजो मागिएको समस्या देखिएको उनले बताइन् ।
प्रतिवेदनले दाइजो कम ल्याएको भन्दै कुटपिट गर्ने, थप दाइजो माग्दै मानसिक तथा शारीरिक यातना दिने, छोरा नजन्माएको आरोपमा घरनिकाला गर्नेजस्तासमेत गम्भीर समस्या व्यापक रुपमा रहेको तथ्य प्रस्तुत गरेको छ ।
साथै, कानुनले दाइजो प्रथा प्रतिबन्धित गरे पनि परिवार र समाजको मौन स्वीकृतिले यो प्रथा अझै बलियो रूपमा जरा गाडेर बसेको निष्कर्ष प्रतिवेदनमा निकालिएको छ । परम्परागत सोच परिवर्तन, दाइजो मागलाई सामाजिक रूपमा अस्वीकार्य बनाउने प्रयास तथा दीर्घकालीन रणनीतिक हस्तक्षेपले महिला हिंसा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने प्रतिवेदनले सुझाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: