काठमाडौं । आगामी २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने एमालेको ११औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको मतदानमा आधाभन्दा बढी संगठित सदस्य नै उपस्थित भएनन् ।
१६५ निर्वाचन क्षेत्रमध्ये केवल ५८ क्षेत्रमा मतदान भएको थियो, तर अधिकांश क्षेत्रमा मतदान दर निराशाजनक देखिएकाे छ । धनुषा २ निर्वाचन क्षेत्रमा केवल १.३६ प्रतिशत मतदाता उपस्थित थिए । यहाँ १३,१७८ संगठित सदस्यमध्ये मात्र १८० जना मतदानमा सहभागी भए ।
त्यसको विपरीत, झापा ३ र सुनसरी ३ मा मतदाता सहभागिता सबैभन्दा बढी ७८ प्रतिशत पुगेको थियो । देशभरको औसत मतदान दर ४७ प्रतिशत मात्रै रहेको छ ।
धनुषा २ का क्षेत्रीय अध्यक्ष जामुन यादवले सर्वसम्मति प्रयासको कारण कम मत खसेको बताएका छन् । तर अर्का अध्यक्ष उमाशंकर साहले निर्वाचन प्रक्रिया धाँधलीपूर्ण भएको आरोप लगाएका छन् । साहका अनुसार, स्थानीय नेताहरूले आफ्ना नजिकका उम्मेदवार छान्न मिलेमतो गरे र विरोध गर्दा बहिष्कार गर्नु परेको थियो ।
मधेशमा ३२ निर्वाचन क्षेत्रमध्ये केवल ६ क्षेत्रमा मतदान भयो । बारा २ मा मात्र ५०.६१ प्रतिशत मतदान भएको छ, अन्य पाँच क्षेत्रमा भने ५० प्रतिशतभन्दा कम । मधेशमा औसत मतदान दर ३०.२५ प्रतिशत मात्र रह्यो ।
अन्य प्रदेशहरूमा पनि स्थिति उस्तै देखियो । कर्णालीमा १२ निर्वाचन क्षेत्रमध्ये रुकुम पश्चिममा मात्रै मतदान भयो र त्यहाँ १७.२३ प्रतिशत मत खस्यो । गण्डकी प्रदेशमा १८ निर्वाचन क्षेत्रमध्ये ६ क्षेत्रमा मात्रै चुनाव भयो, तर कुनै पनि स्थानमा ५० प्रतिशत मतदान पार गरेन ।
विशेषज्ञहरूले यसलाई कार्यकर्ताको मौन विद्रोह वा नेतृत्वप्रति असहमति संकेतको रूपमा व्याख्या गरेका छन् । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. दीपेश घिमिरे भन्छन्, “पुरानो नेतृत्वलाई वैधता दिने उद्देश्यले महाधिवेशन आयोजना भएकोले कार्यकर्ताको ठूलो हिस्सा मतदानमार्फत असहमति जनाएको देखिन्छ । नेतृत्व न नीति केही नबदल्ने भएपछि कार्यकर्ता उत्साहित भएनन् ।”
राजनीतिक विश्लेषक झलक सुवेदीले थपे, “पार्टी नेतृत्व र सदस्यबिच दूरी बढेको छ । विचार, नीति र नेताप्रति विश्वास कमजोर भएको छ । आम सदस्यलाई निर्णय अधिकार नदिई केही नेताले आफ्नो पहुँच प्रयोग गर्दा वितृष्णा बढेको छ ।”
एमालेका कतिपय नेताहरूले भने कम मतदानको कारण सर्वसम्मति प्रयास र सदस्यहरूको भौगोलिक दूरी भएको बताउँछन् । तर तथ्यले देखाएको छ कि धेरै सदस्य मतदानमा अनुत्साहित र निष्क्रिय रहे, जसले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा गम्भीर चुनौती प्रस्तुत गरेको छ ।
एमाले संगठन विभाग प्रमुख काशीनाथ अधिकारी केही ठाउँमा मात्र मतदान कम भएको बताउँछन् । ‘सबैतिर कम मतदान भएको भन्ने पनि होइन । धेरै ठाउँमा सर्वसम्मतिले प्रतिनिधि छानिए । जहाँ चुनाव भयो तीमध्ये कतिपय ठाउँमा टाढा–टाढाबाट सदस्य आउनुपर्ने भएको हुनाले मतदानमा कम सहभागिता हुन सक्छ,’ उनले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - २०:०१
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको विराटनगर–१ स्थित डिन कार्यालयमा नेपाली काँग्रेस, तरुण दल र नेविसंघका स्थानीय कार्यकर्ताले तालाबन्दी गरेका छन् । ...
मंसिर १९ गते, २०८२ - १९:५७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सुदूरपश्चिम रोयल्स क्वालिफायरमा प्रवेश गर्ने पहिलो टिम बनेको छ । कीर्तिपुरस्थि...
मंसिर १९ गते, २०८२ - १९:५१
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्र...
मंसिर १९ गते, २०८२ - १९:४९
नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती– ८ निवासी ४१ वर्षीय भीमबहादुर...
मंसिर १९ गते, २०८२ - १९:४७
मकवानपुर । हेटौँडालाई ललितपुर हुँदै काठमाडौंसँग जोड्ने महत्त्वपूर्ण वैकल्पिक मार्ग मानिने कान्तिलोकपथ ६० दिनका लागि बन्द हुने भएको छ । जिल्ला प्रशा...
मंसिर १९ गते, २०८२ - १९:३९
काठमाडाैँ । भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएक...
मंसिर १९ गते, २०८२ - १९:०९
विराटनगर । विराटनगरको बरगाछीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा बेलबारी नगरपालिका–८ का ३० वर्षे ...
मंसिर १९ गते, २०८२ - १८:५५
चितवन । भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले...
मंसिर १९ गते, २०८२ - १८:५२
बागलुङ । बागलुङ बजारतर्फ आउदै गरेको पिक अप जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बागलुङ नगरपालिका–८ सिगानामा जीप दुर्घटना हुँदा घाइते ८ मध्ये दु...
मंसिर १९ गते, २०८२ - १८:०१
माेरङ । आपसी विवादका क्रममा मोरङमा एक व्यक्तिले छुरा प्रहार गरेर भाइको हत्या गरेका छन् । जहदा गाउँपालिका– ७, तरिगामा बुधबार राति नातामा दाजु पर्ने ...




प्रतिकृया लेख्नुहोस्: