काठमाडौं । आज मंसिर ५ । नेपालमा विस्तृत शान्ति सम्झौता (वीएसएस) भएको आज पूर्ण २० वर्ष पुगेको छ ।
विसं २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष तथा महान जनयुद्धका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको हस्ताक्षरले दशकभरि चलेको सशस्त्र द्वन्द्वको आधिकारिक अन्त्य भएको थियो ।
यस सम्झौताले राजतन्त्रको अन्त्यदेखि संघीय लोकतान्त्रिक संविधान निर्माणसम्मका ऐतिहासिक परिवर्तनको मार्ग खोलेको मानिन्छ । वि.सं. २०५२ फागुन १ गते सुरु भएको माओवादी ‘जनयुद्ध’का कारण करिब १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाए भने हजारौँ बेपत्ता बने ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन अन्त्यपछि सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीकै आधारमा विस्तृत शान्ति सम्झौता जन्मिएको थियो । यसले द्वन्द्व समाप्त गर्दै स्थायी शान्ति, समावेशी लोकतन्त्र र राज्यको पुनर्संरचनाको नयाँ अध्याय सुरु गर्यो ।
सम्झौताले संक्रमणकालीन संरचनाबाट अघि बढ्दै देशलाई स्थायी राजनीतिक अभ्यासतर्फ उन्मुख गर्यो । राजतन्त्र अन्त्य र गणतन्त्र घोषणा, दुई संविधानसभा चुनाव, २०७२ मा नयाँ संविधान जारी, संघीय संरचनाको कार्यान्वयन, तीन तहका निर्वाचन, महिला, दलित, जनजाति, मधेसी र पछाडि पारिएका समुदायको प्रतिनिधित्वमा उल्लेख्य वृद्धि जस्ता कदम सम्झौता पश्चात् प्राप्त महत्वपूर्ण उपलब्धिका रूपमा देखिन्छन् ।
माओवादी जनमुक्ति सेनालाई शिविरमा राखेर हतियार व्यवस्थापन गर्नेदेखि केहीलाई नेपाली सेनामा समायोजन र अधिकांशलाई स्वैच्छिक अवकाश दिने प्रक्रिया संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को निगरानीमा सम्पन्न भएको थियो । स्थानीय तह र प्रदेश स्थापना तथा अधिकार विकेन्द्रीकरणका कारण आधारभूत सेवा, विकास र स्थानीय शासनमा सुधार आएको जनाइएको छ । द्वन्द्वपछि आर्थिक वृद्धि, पूर्वाधार विस्तार र नेपालले अल्पविकसित देशको सूचीबाट विकासशील राष्ट्रको दर्जा प्राप्त गर्न सफल भएको पनि यही प्रक्रियासँग जोडिन्छ ।
तर, दुई दशकपछि पनि शान्ति सम्झौताका केही मुख्य प्रतिबद्धता अधुरै छन् । विशेषतः संक्रमणकालीन न्यायप्रति देखिएको सरकारी उदासीनता पीडितहरूको निराशाको मुख्य कारण बनेको छ । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन भएका भए पनि हजारौँ उजुरी आज पनि छानबिनबिना अलपत्र छन् । पीडकहरूलाई कारबाही नहुँदा पीडितहरू दुई दशकपछि पनि न्यायको प्रतीक्षामा बस्न बाध्य छन् ।
समावेशी रूपान्तरण, जातीय तथा लैंगिक समानता, क्षेत्रीय सन्तुलन, द्वन्द्वपीडितको उचित पुनर्स्थापना, रोजगारी र सामाजिक न्यायजस्ता क्षेत्रमा उपलब्धि अपेक्षाकृत कमजोर देखिन्छन् । संघीयताको पूर्ण कार्यान्वयन अवरुद्ध हुनु, राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन र सर्वसाधारणको जीवनस्तरमा अपेक्षित सुधार नआउनुले शान्ति प्रक्रियाको विश्व–नमूना भन्ने दाबी पनि चुनौतीमा परेको छ ।
दुई दशकअघि देशलाई नयाँ यात्रातर्फ डोर्याएको सम्झौता आज प्रतीकात्मक रूपमा मात्र होइन, व्यवहारमा पनि पूरा होस् भन्ने अपेक्षा अझै उस्तै छ । शान्ति प्रक्रियाका उपलब्धिलाई संस्थागत गर्दै अधुरा प्रतिबद्धता पूरा गर्ने जिम्मेवारी सरकार र राजनीतिक दलहरूको काँधमै रहेको छ । पीडितहरूको भनाइ छ । शान्ति सम्झौता पुरानो हुन सक्छ, तर न्यायको आवश्यकता आज पनि त्यत्तिकै जीवित छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: