Khabar Dabali १७ असार २०८३ बुधबार | 1st July, 2026 Wed
Investment bank

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

खबरडबली संवाददाता

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ।

मध्यपहाडी राजमार्ग आयोजनाले असार ११ गते सार्वजनिक सूचना जारी गर्दै चिवाभञ्ज्याङ–गणेशचोक सडक खण्डको १६ देखि ३३ किलोमिटर ९प्याकेज–२० सम्मको स्तरोन्नति कार्यको ठेक्का सम्झौता अन्त्य गरिएको जनाएको हो।

आयोजनाका अनुसार निर्माण व्यवसायीले सम्झौताअनुसार काम सम्पन्न गर्न नसकेको, पटक–पटक म्याद थप्दा पनि अपेक्षित प्रगति नदेखिएको तथा सार्वजनिक खरिद ऐन र नियमावलीअनुसारको दायित्व पूरा नगरेकाले ठेक्का रद्द गर्ने निर्णय गरिएको हो।

यो सडक खण्ड निर्माणको जिम्मा पाएको सन्तोषी शिवशक्ति जेभी ले काम सुरु गरे पनि निर्माणलाई निरन्तरता दिन सकेको थिएन। कतिपय स्थानमा सडक खनेर छाडिएको, नाली निर्माण अधुरो रहेको तथा ग्राभेलिङ र स्तरोन्नतिको काम बीचमै रोकिँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका थिए।

वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण हुने तथा सुख्खायाममा धुलाम्मे हुँदा एम्बुलेन्स, विद्यालयका सवारीसाधन र दैनिक उपभोग्य सामग्री ढुवानीसमेत प्रभावित हुने गरेको स्थानीयले बताएका छन्।

याङवरक गाउँपालिका–१ का वडाध्यक्ष राजेन्द्र खालिङले आर्थिक वर्ष २०७४र७५ भित्र सम्पन्न हुनुपर्ने आयोजना २०८२ सालसम्म पनि पूरा नभएको उल्लेख गर्दै ठेक्का रद्द गर्ने निर्णय ढिलै भए पनि सकारात्मक भएको प्रतिक्रिया दिए।

उनका अनुसार सडक निर्माण सम्पन्न भएको भए उत्तरी पाँचथरको आवागमन सहज हुने, कृषि उत्पादनको बजार पहुँच विस्तार हुने तथा पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने थियो। तर निर्माणमा भएको ढिलाइका कारण स्थानीयले यातायात, स्वास्थ्य सेवा र दैनिक आवतजावतमा निरन्तर समस्या झेल्नुपरेको छ।

याङवरक गाउँपालिका अध्यक्ष सुवास योङयाले ठेक्का रद्द हुनु अन्तिम समाधान नभए पनि समस्या समाधानतर्फको महत्वपूर्ण कदम भएको बताए। उनले अब नयाँ प्रक्रियामार्फत सक्षम निर्माण कम्पनी छनोट गरी कामलाई तीव्रता दिनुपर्नेमा जोड दिए।

स्थानीयवासीले पनि नयाँ ठेकेदार छनोट गर्दा प्राविधिक क्षमता, आर्थिक अवस्था र विगतको कार्यसम्पादनलाई आधार बनाएर मात्र जिम्मेवारी दिनुपर्ने माग गरेका छन्। उनीहरूले मध्यपहाडी राजमार्गको यो महत्वपूर्ण खण्ड छिट्टै सम्पन्न हुने अपेक्षा व्यक्त गरेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिवि सेवा आयोगको अध्यक्षमा किशोर थापा नियुक्त

काठमाडौं। सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा पूर्वसचिव तथा पूर्वाधार विज्ञ किशोर थापालाई नियुक्त गरेको छ। प्रधानमन्त्री ...

पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं। नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। नेपाल मेडिकल काउन्सिलले निमित्त रजिष्...

मध्यपहाडी राजमार्गको पाँचथर खण्ड अलपत्र पार्ने ठेकेदारसँगको ठेक्का रद्द

फिदिम। सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथर खण्डको निर्माण कार्य अलपत्र पार्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द गरेको छ। म...

शिक्षा मन्त्रालयको सय दिन: शिक्षा क्षेत्रमा सुशासन र डिजिटल सेवा विस्तारमा जोड

काठमाडौँ। वर्तमान सरकार गठन भएयता परीक्षा प्रणालीमा सुधार, विश्वविद्यालयहरूमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने द...

जेनजी आन्दोलनपछि नारायणहिटी सफा गर्न लगाइएको सूचना पाएका थियौँ: प्रचण्ड

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजीआन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाइएको सूचना आफूहरूले पाएको ...

संविधान संशोधनअघि उद्देश्य र नियत स्पष्ट हुनुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधन गर्नुअघि त्यसको उद्देश्य र नियत स्पष्ट रूपमा पहिचान गर्नुपर्ने बताएका छन्। बु...

सभामुख अर्याल र साउदी राजदूतबीच भेट, संसदीय सहकार्य र लगानी विस्तारमा जोड

काठमाडौं। सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद मनिखले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित स...

इन्धनको मूल्य घटेपछि निजी पेट्रोल पम्प बन्द, भद्रकालीमा लामो लाइन

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेसँगै निगमले पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य...

मुस्ताङमा युरेनियम उत्खननबारे नेपाल–अमेरिका सेना सम्झौता भएको दाबी असत्य: परराष्ट्रमन्त्री खनाल

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्...

सुनुवाइको लागि प्रस्तावित व्यक्तिको विवरणलाई समितिमा मात्रै सीमित नगरौँ: पद्या अर्याल

काठमाडौँ। नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले संसदीय सुनुवाइका लागि प्रस्तावित व्यक्तिको विवरण समितिमा मात्रै सीमित नराखी समयमै सार्वजनिक ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending