Khabar Dabali २० मंसिर २०८२ शुक्रबार | 5th December, 2025 Fri
Investment bank

पहिलो तीन महिनामा रेमिट्यान्स ३५.४५ ले उकालो, ५ खर्ब ५३ अर्ब भित्रियो

खबरडबली संवाददाता

काठमाडौँ । देशको अर्थतन्त्रलाई मजबुत बनाउने प्रमुख आधार मानिने विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा (असोज महिनासम्म) उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार समीक्षा अवधिमा रेमिट्यान्स ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।

यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ३५।.४ प्रतिशतले बढी हो। गत वर्षको पहिलो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्दै गएसँगै उनीहरूले पठाउने रेमिट्यान्सको मात्रामा पनि उल्लेखनीय वृद्धि भएको देखिन्छ।

तथ्याङ्कअनुसार केवल असोज महिनामै २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन हालसम्मकै उच्च मासिक आप्रवाह हो। गत वर्षको असोज महिनामा यो रकम १ खर्ब ४४ अर्ब १७ करोड रहेको थियो।

रेमिट्यान्सको वृद्धि नेपाली मुद्रासँगै अमेरिकी डलरमा समेत उत्साहजनक देखिएको छ। समीक्षा अवधिमा डलरमा रेमिट्यान्स २९.२ प्रतिशतले बढेर ३ अर्ब ९४ करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा डलरमा रेमिट्यान्स वृद्धि १०.६ प्रतिशतमा सीमित थियो।

विप्रेषण बढ्नुको मुख्य कारण वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्यामा भएको तीव्र वृद्धि हो। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिनेको संख्या १,२३,४५९ पुगेको छ, जबकि अघिल्लो वर्ष यो संख्या १,१०,६५४ थियो।

त्यसैगरी पुन: श्रम स्वीकृति लिनेको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ। चालू अवधिमा ७७,२५७ जनाले पुन: स्वीकृति लिएका छन्, जबकि गत वर्ष सोही अवधिमा ५९,९३९ जनाले मात्रै नवीकरण गरेका थिए।

रेमिट्यान्समा आएको यो तीव्र वृद्धि हालको वैदेशिक रोजगार प्रवाहमा देखिएको विस्तारसंग प्रत्यक्ष रूपमा जोडिएको विश्लेषकहरूको भनाइ छ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचनमा १३ दल सहभागी, सबै दलको निर्वाचन चिह्न स्वीकृत

मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी

उच्च पदस्थ व्यक्तिलाई धम्की दिने दुई जना पक्राउ, अनुसन्धान सुरु

काठमाडौं । उच्च पदस्थ व्यक्तिलाई दिइएको धम्की प्रकरणमा प्रहरीले दुई व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। धम्की दिएको आरोप लागेका प्रकाश...

प्रधानमन्त्री कार्कीको आह्वानमा सर्वपक्षीय बैठक ४ बजे बस्दै

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक आज बस्दैछ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले अपराह...

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

काठमाडौँ। कृषि तथा पशुपन्छी बिकासमन्त्री डा मदन परियारले माटोलाई उत्पादनको साधनका रुपमा प्रयोगसँगै त्यसको गुणस्तर सुधार तथा संरक्षण गर्नुपर्नेमा जोड द...

सात वटा विद्युत ग्रिड सब स्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका पुराना सात वटा ग्रिड सब स्टेसन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर...

चालक र सहचालकलाई सकारात्मक ढङ्गले हेरिदिँदा सडक दुर्घटना न्यूनीकरण हुन्छ: मन्त्री गुप्ता

काठमाडौँ। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक अनुशासनलाई दैनिक जीवनशैलीमै अपनाउनुपर्ने बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्...

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा नियुक्तिका लागि दुई पटक सूचनामा समेत कुनै पनि उम्मेदवारको दरखास्त पर्न सकेन ।...

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दललाई निवेदन दिन आह्वान

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आ...

तत्कालीन सिडिओ छवि रिजालको दुई दिनदेखि बयान लिदै छानबिन आयोग

काठमाडौं । जेन–जी आन्दोलनमा भएको दमन र त्यसको भोलिपल्ट देखिएको तोडफोडबारे जाँचबुझ गर्न गठित आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छ...

तनहुँमा कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका-१ स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा.प्र.०१-०२७ च ७४६४ नम्बरको कारले नियन्त्रण ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending