चितवन । बर्डफ्लुको प्रभावपछि घटेको अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादन घट्दै जाँदा बजारमा माग बढेकाले मूल्यमा सुधार आएको भए पनि किसानले अझै उत्पादन लागतसमेत उठाउन नसकेको बताएका छन्।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार बुधबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट ५०० रुपैयाँ, मध्यम अण्डाको ४२० रुपैयाँबाट ४७० रुपैयाँ र सानो अण्डाको ४१५ रुपैयाँ निर्धारण गरिएको छ। सबै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले मूल्य वृद्धि गरिएको हो।
सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले बर्डफ्लुका कारण उत्पादन घटेपछि अहिले बजारमा अण्डाको माग बढ्दै गएको बताए।
उनका अनुसार दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुँदै आएकोमा बर्डफ्लुको प्रभावपछि उत्पादन घटेर करिब २८ लाखमा सीमित भएको छ।
जेठको अन्तिमतिर प्रतिक्रेट ५५० रुपैयाँ पुगेको अण्डाको मूल्य पछि घटेर ४५० रुपैयाँ सम्म झरेको थियो। अहिले मूल्य बढे पनि किसानले अझै लागत मूल्य प्राप्त गर्न सकेका छैनन्।
सङ्घका अनुसार एक क्रेट अण्डा उत्पादन गर्न ५७३ रुपैयाँ ६० पैसा लागत लाग्छ, अर्थात् प्रतिगोटा अण्डाको लागत १९ रुपैयाँ १२ पैसा पर्छ। अहिलेको मूल्यले पनि किसानको लागत धान्न नसकेको अध्यक्ष पोखरेलले बताए।
उनले बर्डफ्लुका कारण कुखुरापालक किसानले ठूलो आर्थिक क्षति बेहोर्नुपरेकाले प्रभावित किसानलाई सरकारले राहत तथा सहयोग उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...
श्रावण ६ गते, २०८३ - ०८:२२
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६६ वटा विपद्का घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथ...
श्रावण ६ गते, २०८३ - ०८:१२
काबुल । पूर्वी अफगानिस्तानमा भीषण वर्षापछि आएको आकस्मिक बाढीमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्। तालिब...
श्रावण ६ गते, २०८३ - ०८:०१
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२-८३ मा रु १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्क...
श्रावण ६ गते, २०८३ - ०७:५८
काठमाडौं । नेपालमा ठूला जलनका घटना हुँदा सरकारले अन्तर्राष्ट्रिय स्तरको जलन अस्पताल निर्माण गर्ने घोषणा गर्ने क्रम नयाँ होइन। तर, वर्षौं बित्दासमेत ती...
श्रावण ६ गते, २०८३ - ०७:५४
काठमाडौं । सांसद तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले जनकपुरस्थित जानकी मन्दिरमा भएको पछिल्लो घटनाप्रति असन्तुष्टि जनाएका ...



प्रतिकृया लेख्नुहोस्: