Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

तोरिको तेल : कसरी गुम्यो सात दशकमा स्वस्थ रहने अवसर ?

परम्पराको सुवासबाट आधुनिक बजारको भ्रमसम्मको यात्रा

खबरडबली संवाददाता

काठमाडौं । दशैं नजिकिँदै थियो। महिमाको घरमा बिहानै आमा बोरा–बोरा तोरी सिध्याएर ढोलामा राख्दै भन्नुहुन्थ्यो—“आज मिल लैजानुपर्छ।”

घर वरिपरि तोरिका ससाना दानासँगै आइरहेको तीव्र सुवासले बाल्यस्मृतिको ढोका फेरि खोलेर महिमालाई पुरानो गाउँतिर पुर्‍याउँथ्यो। मिलमा तोरि पेलिँदा बग्ने पहेँलो–सुनौलो धारा, घर फर्कँदा काखमा ल्याइने ताजा ‘छोक्रा’, अनि भातमा राखेर खाइने काँचो तोरीको झनक—यी सबै  बालेयकालका लागि स्वास्थ्यको पहिलो कक्षा थिए। तर हाम्राे पुस्ताले सिकेको ज्ञान आजका बजारमा हराउँदै गएको छ।

किनकि केही वर्षयता एउटा हल्ला धेरै फैलियो— “तोरिको तेल खानै हुँदैन।” यसै एक वाक्यले परम्परागत आहार संस्कृतिलाई उल्टो मोडमा धकेल्यो, र नेपाली भान्साबाट तोरिको तेल विस्तारै गायब हुँदै गयो।

हल्ला कसरी फैलियो ?

२०५०/६० को दशकमा नेपालमा विदेशी ब्रान्डका तेलहरूको प्रवाह तीव्र भयो। साथै (कोलेस्ट्रोल रहित, मुटुमैत्री, परिष्कृत) cholesterol free, heart friendly, refined जस्ता शब्दले बजारमा नयाँ डर–नयाँ आकर्षण बनायो।

सूर्यमुखी तेल, सोयाबिन तेल, रिफाइन्ड तेल—यी सबैलाई स्वच्छ र आधुनिकको पहिरन लगाइयो। यिनै प्रचारबीच तोरि “मुटु बिगार्ने तेल” को रुपमा प्रस्तुत गरियो।
आश्चर्य के छ भने— तोरिको तेलमा कोलेस्ट्रोल शून्य हुन्छ।  तर बजारमा फैलिएको डरले आमाहरूले पुस्तौँदेखि प्रयोग गर्दै आएको तेल छोड्न थाले।

यो केवल बजारको खेल थियो, कि हामीले आफैँ गुमायौँ आफ्नै स्वस्थकत्ता ? 

हाम्रो घरको चिकित्सा–पुस्तक : तोरिको तेल

महिमाजस्तै धेरै नेपाली परिवारमा तोरिको तेल केवल भान्साको सामग्री थिएन—
यो घरायसी औषधि पनि थियो।  कान दुख्यो भने तोरीकाे तेल तताएर लगाउने, चिसो लाग्यो भने छोराछोरीको ढाड र छाती मालिस गर्ने, कपाल झर्दा रुखो अनुहारमा हल्का लगाउने—यी सबै पुरानो पुस्ताको अनुभव थियो।

यी सबै कुरा १००% वैज्ञानिक हुनुपर्ने होइन— अनुभवका धेरै कुरा उपयोगी हुन्छन्। तर गलत हल्लाले तिनलाई संकुचित र बदनाम बनायो।

वैज्ञानिक दृष्टिमा  तोरिको तेल के हो ?

स्वास्थ्य अनुसन्धानकर्ता भन्छन्—“तोरिको तेल हृदयका लागि हानिकारक भनेर प्रमाणित कुनै अध्ययन छैन। उल्टो, यसको फ्याटी एसिड(fatty acid )संरचना निकै राम्रो छ।”

तोरिको तेलमा—ओमेगा-३ (Omega–3), मोनोअनस्याचुरेटेड फ्याट (Monounsaturated fat), प्राकृतिक एन्टिअक्सिडेन्ट (Natural antioxidants) र एन्टिमाइक्रोबियल यौगिकहरू (Antimicrobial compounds) हुन्छन्,

जसले हृदय स्वास्थ्य, सूजन नियन्त्रण र प्रतिरोधक्षमतामा सकारात्मक असर देखाउँछन्। तोरिको तेलको smoking point 250°C हुन्छ, जो सूर्यफूल वा सोयाबिनभन्दा उच्च हो ।अर्थात् तरकारी पकाउँदा कम बिग्रन्छ, हानिकारक धुवाँ कम बनाउँछ। तर यो सबै वैज्ञानिक तथ्य बजारको चमकले ढाकिदियो।

हामीले परम्परा किन छोड्यौँ ?

किनकि बजारले प्रलोभन दियो—परिष्कृत = आधुनिक = सुरक्षित (refined = modern = safe )भन्ने सूत्र बनाएर।

रिफाइनिङको प्रक्रियामा— तेलबाट गन्ध, स्वाद र रंग हटाइन्छ। तर धेरै जसोमा—रासायनिक सॉल्भेन्ट, हेक्सेन, अत्यधिक ताप प्रयोग हुन्छ। यसले तेललाई देख्दा आकर्षक बनाउँछ तर पोषक तत्व घटाउँछ।

यता तोरिको कोल्ड–प्रेस्ड तेल— बिना रसायन, बिना उच्च ताप, प्रकृतिले दिएको स्वाद र पोषणसहित जसरी छ, त्यसरी रहन्छ।  तर ‘प्याकेट–सुन्दरता’ ले परम्परालाई हरायो।

शहरको नयाँ ट्रेन्ड : तोरिलाई पुनः खोज्दै युवा पुस्ता

अहिले काठमाडौं, पोखरा तथा बुटवलमा ‘cold pressed oil mills’ फेरि बढिरहेका छन्।
युवाहरू बजारको हल्लाभन्दा “बुवा–आमाले प्रयोग गरेको तेल” तर्फ फर्किन थालेका छन्।

Health-conscious युवाले तोरि प्रयोग गर्न थालेका ३ कारण—कम ठूलो तेल, अधिक पोषण, क्यान्सर लगाउने तत्व छैन, आमा–बुबाको परम्परा र स्वाद पुनः पाउन चाहिने चाहना र पुरानो पुस्ताले जोगाएको ज्ञान नयाँ पुस्ताले स्वीकार्दै छ।

तरिकैमा छ स्वस्थता

यद्यपि अर्को सत्य के हाे भने  तोरिको तेल धेरैले गलत तरिकाले प्रयोग गर्छन्। तेल पोल्न नदिई, धुवाँ नउम्थिने तापमा, शुद्ध, कोल्ड–प्रेस्ड तोरि मात्र,यही स्वास्थ्यकर प्रयोग हो। यदि बजारबाट सस्तो, मिसावट भएको, रिफाइन्ड तोरिकाे तेल किन्यौं भने फाइदा होइन, हानि हुन सक्छ।

हामीले गुमाएको र फेला पार्दै गरेको स्वाद

तोरिको तेल कहिल्यै हानिकारक थिएन र छैन । हाम्रो डर गलत अध्ययन, गलत प्रचार र विदेशी तेलको बजार–रणनीति थियो।

दशैँमा आमाको बोरा बोकेर मिलसम्म लाग्ने त्यो यात्रा आज फेरि फर्किँदै छ । यस पटक परम्पराको बोसो वैज्ञानिक तथ्यको साथ पुस्ता–पुस्ता जोगाएर राख्न। हामीले हराएको स्वाद र स्वास्थ्य फेरि फेला पार्नै सकिन्छ । यदि तेलको भाँडामा होइन, सोचमा परिवर्तन गर्न सक्यौँ भने।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनकोशीमा बेपत्ता दम्पतीको आज दाहसंस्कार, केदारनाथको कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ । सुनकोशी नदीमा बेपत्ता भएका काभ्रेका वृद्ध दम्पतीको आज अन्तिम संस्कार गरिँदैछ। श्रीमती तिलकुमारी पराजुलीको शव फेला परे पनि श्रीमान् केदारनाथ...

रोपाइँ सकिँदा पनि मलको संकट कायम रहँदा सरकारलाई गम्भीर बन्न प्रचण्डकाे आग्रह

किसानलाई मल छैन, बिचौलियाको बिगबिगी

ट्रमा सेन्टर ढल्केबरमै बनाउन माग गर्दै राजमार्ग ठप्प, सरकारविरुद्ध चर्कियो आन्दोलन

धनुषा । प्रस्तावित ट्रमा सेन्टर ढल्केबरमै निर्माण गर्नुपर्ने माग गर्दै धनुषामा स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। ट्रमा सेन्टर संर...

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending