Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

बेसीशहरमा बजार अनुगमन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

खबरडबली संवाददाता

लमजुङ । लमजुङ सदरमुकाम बेसीशहरमा व्यवसायिक सचेतनाका लागि बजार अनुगमन गरिएको छ । मूल्य पारदर्शिता सप्ताहअन्तर्गत व्यवसायीलाई सचेत गराउने तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो ।

बेसीशहर बजारका किराना, तरकारी तथा फलफूल पसलमा अनुगमन गरिएको हो । जिल्ला बजार अनुगमन समितिको नेतृत्वमा सरोकारवाला निकायका प्रतिनिधिले अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा व्यवसायी तथा पसल सञ्चालकलाई आफूहरूले उपलब्ध गराउने वस्तु तथा सेवाको मूल्यसूची अनिवार्य रूपमा राख्न निर्देशन दिइएको अनुगमन समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले बताए। उनले मूल्य पारदर्शिता सप्ताह मनाउनुको मुख्य उद्देश्य वस्तु तथा सेवाको मूल्य पारदर्शिताबारे प्रचारप्रसार गर्नु तथा जनचेतना अभिवृद्धि गर्नु रहेको बताए।

अनुगमनका क्रममा व्यवसायीलाई लेबलिङ नगरिएका वस्तुमा मूल्य उल्लेख गरी पसलमा सूची राख्नुपर्ने, अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने तथा उपभोक्ताले पनि बिल लिने बानीको विकास गर्नुपर्नेमा जोड दिइएको थियो ।

त्यस्तै, व्यावसायिक प्रयोजनका लागि राखिएका खाद्यवस्तुको म्याद सकिएको वा नसकिएको विषयमा समेत अनुगमन गरिएको थियो ।

अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी गौतम, एकीकृत सेवा कार्यालय लमजुङका प्रमुख मिता कुमारी थापा, बेसीशहर नगरपालिकाका प्रतिनिधि रेशम रिमाल, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि रमाराज खनिया, सुरक्षाकर्मी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमवासीमाथी डोजर चलाउने कामलाई सरकारले ‘सुशासन’को संज्ञा दियो: महन्थ ठाकुर

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले सरकारको सुशासनको परिभाषा र कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छन् । सङ्घीय संस...

त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति जिम्मेवारी सुशीलबहादुर बज्राचार्यलाई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा।डा। सुशीलबहादुर बज्राचार्यलाई दिइएको छ। अध्...

हिरासतमा मृत्यु भएका श्रीकृष्ण विक प्रकरण: प्रहरी इन्सपेक्टर र जवानलाई विभागीय कारबाही सिफारिस

काठमाडौं । सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा शंकास्पद अवस्थामा मृत्यु भएका श्रीकृष्ण विक घटनाको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्य...

बन्दीपुर अस्पताललाई करिब ४० लाख मूल्यको उपकरण सहयोग

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न सङ्घसंस्था तथा व्यवसायीले करिब रु ४० लाख बराबरका आधुनिक स्वास्थ्य उपकरण सहयोग ग...

विद्युत् नियमन आयोग पदाधिकारी खुलाबाट छनोट हुँदै

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ...

देशको आर्थिक समृद्धिका लागि कृषिलाई आधुनिक बनाउन सांसद अर्यालको सुझाव

गौरवका आयोजना सम्पन्न गर्न काठमाडौँ । नेकपा (एमाले)का संसदीय दलका उपनेता पद्मा अर्यालले आर्थिक रूपान्तरणका लागि राष्ट्रिय गौरवका आयोजनाहरू सम्पन्न हु...

विश्व बैँक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक

काठमाडौँ। विश्व बैँकले नेपालको शिक्षा क्षेत्रमा लगानी गर्न चासो देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग बिहीबार मन्त्रालयमा ने...

सुकुमवासीलाई लालपुर्जा नदिँदासम्म मासिक १५ हजार घरभाडा दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुमवासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण नभएसम्म अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपल...

एमाले सचिवालय बैठक शनिबार बस्ने, ठाउँ भने अनिश्चित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शनिबार सचिवालय बैठक बोलाएको छ। अध्यक्ष केपी शर्मा ओली को सचिवालयले बैठक बोलाइएको जानकारी दिएको हो। ...

खेल संघलाई असार १५ भित्र नवीकरण नगरे खारेजी गर्ने राखेपको चेतावनी

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेल संघहरूलाई असार १५ गतेभित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा नि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending