काठमाडौं । सरकार र दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’बीच बुधबार सिंहदरबारमा वार्ता भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा प्रसाईं समूहले आगामी ७ मंसिरबाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
उनका अनुसार प्रसाईं समूहले हिंसात्मक गतिविधि नगर्ने र आन्दोलनको उद्देश्य संवैधानिक परिधिभित्र माग अघि सार्ने बताएका छन् । छलफलमा समूहका तर्फबाट २७ बुँदे माग सहित ज्ञापनपत्र बुझाइएको छ, जसमा संविधान खारेज, राजसंस्था पुनःस्थापना, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, र विदेशी लगानी नियन्त्रण जस्ता मागहरू समावेश छन् ।
मन्त्रालयले संविधानभित्र रहेर पूरा गर्न सकिने मागमा सकारात्मक जवाफ दिएको बताइएको छ । ‘संवैधानिक परिधिभित्रका मागबारे मन्त्रालय सकारात्मक छ,’ प्रवक्ता काफ्लेले भने । छलफलमा सहभागी प्रसाईं समूहका प्रतिनिधि माधवप्रसाद खतिवडाले माग नपुरा भए आन्दोलन जारी रहने चेतावनी दिएका छन् । ‘वार्ता र आन्दोलन दुवै खुला छन्, माग सम्बोधन भए आन्दोलन रोकिन्छ,’ उनले भने ।
मन्त्रालय स्रोतका अनुसार प्रसाईं समूहले दल दर्ता गरेर आगामी चुनावमा जाने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । यता सुरक्षा निकायहरूले भने प्रसाईं समूहको आन्दोलन हिंसात्मक हुन सक्ने आकलन गरेका छन् र मन्त्रालयलाई त्यस्तो सम्भावनाबारे ब्रिफिङ गरेका छन् । गत साता दिल्लीबाट फर्केका प्रसाईंले काठमाडौंका सुकुम्वासी बस्तीमा भाषण गर्दै आन्दोलनको तयारीको संकेत दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - २०:०२
बेइजिङ । चीनको कुल विदेशी व्यापार पहिलो ११ महिनामा वर्षभरको तुलनामा ३.६ प्रतिशतले बढेको आधिकारिक तथ्याङ्कले सोमबार जनाएको छ । चिनियाँ भन्सार प्रशा...
मंसिर २३ गते, २०८२ - १९:५९
रुपन्देही । लुम्बिनी प्रदेशमा करिब १२ हजार सात सय ३२ छाडा चौपाया रहेको तथ्याङ्क सार्वजनिक भएको छ । प्रदेश सरकार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रा...
मंसिर २३ गते, २०८२ - १९:४८
कैलाली । कैलालीमा वन पैदावार बिक्री वितरणमा रोक लगाइएपछि एक लाख क्युफिट भन्दा बढी परिमाणमा काठ घाटगद्दीमै थन्किएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले...
मंसिर २३ गते, २०८२ - १९:४५
म्याग्दी । नेपाली कम्युनिष्ट पार्टीका नेता लीलामणि पोखरेलले राजनीतिक निकासका लागि आगामी फागुन २१ गते घोषणा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको विकल्प न...
मंसिर २३ गते, २०८२ - १९:४१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पुस ५ गतेसम्म केन्द्रदेखि प्रदेश र जिल्लासम्म सबै तहमा पार्टी एकता प्रक्रिया सम्पन्न गर्ने जनाएको छ । ...
मंसिर २३ गते, २०८२ - १८:५७
बेल्जियम । युरोपेली सङ्घ (ईयू) ले सोमबार आप्रवासन नीति कडा पार्ने महत्वपूर्ण कदम अनुमोदन गर्ने तयारी गरेको छ । यसअन्तर्गत ईयू बाहिर ‘फिर्ता केन्द्र’ ख...
मंसिर २३ गते, २०८२ - १८:५३
भियतनाम । भियतनामको नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका विमान सेवाबाट करिब ८४ लाख यात्रु आवागमन हुने अनुमान गरिएको छ । जुन अघिल्लो वर्...
मंसिर २३ गते, २०८२ - १८:४९
पर्सा । विभिन्न कालखण्डमा मधेस प्रदेशमा अतिक्रमणमा परेको वन क्षेत्र सङ्घीयतापछि पनि फिर्ता ल्याउन सकस भएको छ । विसं २०७२ मा नयाँ संविधानसँगै सङ्घीयता ...
मंसिर २३ गते, २०८२ - १८:४५
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीमा भाग लिन सोमबारसम्म ६७ दलले निवेदन दिएका छन् । आयोगकी सहायक प्रव...
मंसिर २३ गते, २०८२ - १८:०५
काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घले सन् २०२६ का लागि मानवतावादी सहयोग जुटाउन वैश्विक आह्वान गर्दै विश्व समुदाय पीडित मानिसप्रति पर्याप्त संवेदनशील नदेख...




प्रतिकृया लेख्नुहोस्: