Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हालसम्म एक करोड ९ लाख मत खसेकोमा एक करोड पाँच लाखभन्दा बढी मतगणना भइसकेको छ ।

दलगत समानुपातिक सिटको सम्भावित अवस्था

हालसम्मको मतपरिणामका आधारमा समानुपातिक सिटको सम्भावित बाँडफाँट यसप्रकार देखिएको छः

राष्ट्रिय स्वतन्त्र पार्टी – ५८ सिट

नेपाली कांग्रेस – १९ सिट

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – १६ सिट (सम्भावित)

नेपाल कम्युनिस्ट पार्टी – ९ सिट

श्रम संस्कृति पार्टी – ४ सिट

राष्ट्रिय प्रजातन्त्र पार्टी – ४ सिट

३३ प्रतिशत महिला प्रतिनिधित्व कसरी पुग्छ ?

संघीय संसद्‌मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य छ । प्रत्यक्षतर्फ हाल १४ जना महिला निर्वाचित भएका छन् । अब समानुपातिकबाट दलहरूले आवश्यक संख्या पूरा गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा रहेका सदस्यसमेत जोडेर हिसाब गरिन्छ ।

रास्वपा

प्रत्यक्षतर्फ १२५ सिट जित्दा १३ महिला निर्वाचित भएका छन् । समानुपातिकमा ५८ सिट पाए कुल १८३ सिट पुग्छ । ३३ प्रतिशत महिला प्रतिनिधित्व पुर्‍याउन समानुपातिकबाट ४८ महिला चयन गर्नुपर्ने देखिन्छ ।

कांग्रेस

राष्ट्रियसभामा २४, प्रत्यक्षमा १८ सिट छ । समानुपातिकमा १९ सिट पाए कुल ६१ सिट हुन्छ । ३३ प्रतिशत पुर्‍याउन समानुपातिकबाट १५ महिला आवश्यक पर्ने देखिन्छ ।

एमाले

राष्ट्रियसभामा १० (७ महिला), प्रत्यक्षमा ९ सिट । समानुपातिकमा १६ सिट पाए कुल ३५ सिट हुन्छ । ३३ प्रतिशत पुर्‍याउन ५ महिला समानुपातिकबाट ल्याउनुपर्ने हुन्छ ।

नेकपा

राष्ट्रियसभामा १७ (८ महिला), प्रत्यक्षमा ८ सिट । समानुपातिकमा ९ सिट पाए कुल ३४ सिट हुन्छ । ३३ प्रतिशत पुर्‍याउन ४ महिला समानुपातिकबाट आवश्यक पर्नेछ ।

श्रम संस्कृति पार्टी

प्रत्यक्षमा ३ सिट । समानुपातिकमा ४ सिट पाए ७ सिट पुग्छ । ३३ प्रतिशतअनुसार कम्तीमा ३ महिला चयन गर्नुपर्ने हुन्छ ।

राप्रपा

प्रत्यक्षमा १ सिट । समानुपातिकमा ४ सिट पाए ५ सिट पुग्छ । ३३ प्रतिशत पुर्‍याउन २ महिला चयन गर्नुपर्ने हुन्छ ।

अबको प्रक्रिया

आयोगले दलहरूलाई समानुपातिक सिट संख्या औपचारिक रूपमा जानकारी गराएपछि बन्दसूचीभित्रबाट क्लस्टरअनुसार नाम सिफारिस गर्न पत्राचार गर्नेछ । दलहरूले पठाएको नाम समावेशी मापदण्डअनुसार मिलान गरी अन्तिम सूची प्रकाशन गरिनेछ ।

समानुपातिक सांसदको नाम एकिन भएपछि प्रमाणपत्र वितरण गरिनेछ र अन्तिम मतपरिणामको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइने तयारी छ । आयोगले चैतको पहिलो साताभित्र सम्पूर्ण प्रक्रिया टुंग्याउने लक्ष्य लिएको जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ

काठमाडौं । ‘जेनजी’ आन्दोलनका बेला भागेका दुई कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई हाल काठमाडौं–१५, स्वयम्भू बस्ने ३० वर्षीय नुमे...

महावीर पुनकाे चुनावी २८ लाख बढी

पोखरा । म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले चुनावी अभियानमा २८ लाखभन्दा बढी खर्च भएको देखा...

सर्वोच्चको आदेश: किशोरी साहको नाम कालोसूचीमा नराख्ने

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमललाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नराख्ने आदेश कार्यान्...

एनआरएनए स्टेयरिङ कमिटीको बैठक: मध्यपूर्व संकटप्रति गम्भीर चिन्ता

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेयरिङ कमिटीको १३औँ बैठक फाल्गुन २८ गते सम्पन्न भएको छ। बैठकमा मध्यपूर्व क्षेत्रमा उ...

पहिलेदेखि नै अस्तित्वमा रहेको साङलो

एजेन्सी। साङलो देख्ने वितिकै शरीरमा डर पैदा हुनेहरू धेरै भेट्न सकिन्छ । अलि टाढा भएपनि त्यो साङलो देखेरै चिच्याउनेहरू पनि छन् । साङलोसँग धेरै जसो गृहि...

मध्यपूर्वमा नेपालीको सुरक्षाबारे सरकारको ध्यानाकर्षण, र्‍यापिड एक्सन टिम गठन

काठमाडौँ । मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ल...

भेटी रकमबाट बालगृहमा अक्षयकोष स्थापना

पोखरा  । साहित्यकार सुरज उपाध्यायको परिवारले स्वर्गीय पिता शङ्कर उपाध्यायको स्मृतिमा बालगृहका लागि अक्षयकोष स्थापना गरेको छ। फेदीखोला गाउँपालिका–२,...

लागुऔषध झगडामा प्रहरीमाथि खुकुरी प्रहार, आत्मरक्षामा गोली चल्दा एक घाइते

हेटौंडा । मकवानपुरमा लागुऔषध सेवनसँग सम्बन्धित झगडा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि सांघातिक आक्रमण भएको छ। घटनामा एक प्रहरी घाइते भएका छन् भने आत्मर...

समानुपातिक सिट बाँडफाँट टुंगियो : कुन दलले कति पाए?

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरूले पाउने सिट संख्या टुंगो लगाएको छ। प्रचलित कानुनअनुसार कुल सदर मतको थ...

‘लाल किल्ला’बाट ‘माटो’सम्म : धरानमा कम्युनिस्टको पतन र हर्कवादको उदय

सुनसरी । कहिल्यै ‘अभेद्य लाल किल्ला’ मानिएको धरान (सुनसरी–१) मा यसपटकको निर्वाचनले ऐतिहासिक मोड ल्याएको छ । नेपालमा कम्युनिस्ट आन्दोलनलाई सांगठानिक रू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE