काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पछिल्ला दिनमा वाम एकताको विषयमा भइरहेको छलफल र मतभेदबारे खुला धारणा सार्वजनिक गरेका छन्।
पुनका अनुसार विप्लव, जनार्दन, घनश्याम लगायत वामपन्थी नेताहरूसँग विभिन्न चरणमा संवाद र छलफल भए पनि नेतृत्वको विषयमा सहमति बन्न नसकेको हो।
उनले भने, “विप्लवजी, घनश्यामजी, जनार्दनजीहरूले पनि छलफल गर्नुभएकै हो। हामीले पनि छलफल गरेकै हौं। नेतृत्व भन्ने कुरा हाम्रो मात्रै सन्दर्भ होइन, समकालीन विश्व र नेपाली राजनीतिमा नै यो एउटा बहसको विषय हो।”
पुनले अन्तर्राष्ट्रिय राजनीतिमा फेरि वृद्ध नेताहरूको उदय भएको उल्लेख गर्दै भने, “कुनैबेला ओबामा, क्यामरुन, राजीव गान्धीजस्ता युवा नेताहरू अघि आएका थिए। अहिले विश्व फेरि बाइडेन र ट्रम्पजस्ता वृद्ध नेतातिर फर्किएको छ। भारत र चीनमा पनि ७० नाघेकै नेताहरू छन्।”
वर्षमान पुनले २०७४ सालतिर विप्लव समूहसँगको द्वन्द्व स्मरण गर्दै भने, “त्यो बेला विप्लवजीले मलाई, जनार्दनजी र अध्यक्षलाई सिध्याउने प्रयास गर्नुभएको थियो। तर अहिले फेरि उहाँहरू पनि चुनावी र शान्तिपूर्ण बाटोमा आउनु भएको छ, त्यसैले सहकार्यको सम्भावना अझै बाँकी छ।”
उनले पुराना विवाद र कटुतालाई बिर्सेर वर्तमान आवश्यकतामा ध्यान दिनुपर्ने बताउँदै भने, “विगत समीक्षा गर्नुपर्छ, तर आजको कुरा मिल्यो भने सङ्गत मिलिहाल्छ। हिजो के भनियो भनेर आजको राजनीति चल्दैन।”
पुनले समाजवादी धारका नेताहरू जनार्दन शर्मा, घनश्याम भुसाल र विप्लवप्रति व्यक्तिगत सम्मान व्यक्त गर्दै पनि उनीहरूमा ठोस निर्णय क्षमताको अभाव रहेको टिप्पणी गरे।
उनले भने, “त्यो नेतामा हुने गुण — अप्रिय भए पनि सही कुरामा उभिने — हुनुपर्छ। तर उहाँहरू ठोस निर्णयमा अलि हिचकिचाउनुहुन्छ।”
पुनले घनश्याम भुसालप्रति प्रशंसा र आलोचना दुवै गर्दै भने, “उहाँ राम्रो वैचारिक नेता, विश्लेषक र मान्छे हुनुहुन्छ, तर राजनीतिक नेता र सङ्गठक होइन भन्ने मेरो निष्कर्ष हो।”
विप्लव र अन्य वाम नेताहरूसँग भएको संवादबारे उनले खुलासा गर्दै भने, “हामीले चुनावमा माओवादी वा समाजवादीको चिन्ह प्रयोग गर्न आग्रह गरेका थियौं, तर उहाँहरूले स्वतन्त्र उठ्ने निर्णय गर्नुभयो।”
जनार्दन शर्माको नयाँ संगठन ‘प्रगतिशील अभियान’ बारे टिप्पणी गर्दै उनले भने, “माओवादी आन्दोलन जीवनमरणको सङ्घर्षबाट आएको हो। तर फेरि साधारण ‘प्रगतिशील अभियान’ भनेर सुरु गर्नु भनाइ र गराइ नमिल्ने कुरा हो।”
अन्त्यमा उनले वाम नेताहरूबीचको एकता ढिलो–चाँडो पुनः हुने विश्वास व्यक्त गरे। “हिजो एमालेमा बसेर पछि छोड्नुभएजस्तै, अहिले पनि सानो संगठन बनाएर बस्नुभयो। ढिलो–चाँडो फेरि एउटै ठाउँमा आउनुहुन्छ भन्ने आशा छ,” उनले भने।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: