Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता

खबरडबली संवाददाता

फिलिपिन्स । मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ । यसैबीच, यो आँधी हाल भियतनामतर्फ अगाडि बढिरहेको छ ।

विपद् डेटाबेस इएम–डाटका अनुसार कलमेगी सन् २०२५ को अहिलेसम्मको सबैभन्दा घातक टाइफुन बनेको छ । गत वर्ष फिलिपिन्समै आएको ट्रामी तेस्रो सबैभन्दा घातक टाइफुन थियो, जसले १९१ जनाको ज्यान लिएको थियो ।

यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ । बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ ।

राष्ट्रिय नागरिक सुरक्षा कार्यालयका अनुसार बिहीबारसम्म ११४ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर सेबु प्रान्तका अधिकारीहरूले थप २८ जनाको मृत्यु दर्ता गरेपछि कुल सङ्ख्या १४० पुगेको छ ।

सेबु सहर नजिकैको लिलोन सहरमा मात्र ३५ वटा शव प्राप्त भएको छ । एएफपीका प्रत्यक्षदर्शी पत्रकारहरूले बाढीले कारहरू एक–अर्काको माथि थुप्रिएको, घरका छत भत्किएका र बासिन्दाहरूले माटो र भग्नावशेषबाट आफ्ना प्रियजनलाई खोज्ने हतास प्रयास गरिरहेको दृश्य देखेका छन् ।

स्थानीय बासिन्दा क्रिस्टिन एटोनले आफ्नी अपाङ्ग बहिनी मिशेललाई बाढीको पानीले बगाउँदा बचाउन नसकेको दुःखद अनुभव सुनाए । “हामीले ढोका फुटाउन भान्साको चक्कु र क्रोबार प्रयोग गर्‍यौँ तर त्यसले काम गरेन । फ्रिज बग्न थाल्यो । म र मेरा बुबा तैरेर बाहिर निस्क्यौँ तर मेरी बहिनी फँसिन्”, आँखा रसाउँदै उहाँले भन्नुभयो, “बुबाले भने, ‘यदि हामी फर्क्यौं भने हामी सबै मर्छौं ।’”

अर्का बासिन्दा, दुई सन्तानका पिता चिरोस रोआले भने, “हाम्रो कुकुरको भोको आवाजले हामीलाई बचायो । पानी घरमा पस्दा हामी छतमा पुगेका थियौँ । तर उद्धारका लागि बोलाउँदा कोही पनि आएनन्—हामीले सुनेका थियौँ, केही उद्धारकर्ताहरू करेन्टमा परेका रहेछन् ।”

राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गर्दै राहतका लागि सरकारी कोष खोल्ने तथा आवश्यक सामग्रीहरूको मूल्यमा सीमा तोक्ने आदेश दिएको छ ।

राज्य मौसम विज्ञ बेनिसन एस्टारेजाले भने, “कलमेगीले सेबुमा सामान्यतया नोभेम्बर महिनामा पर्ने वर्षाको भन्दा १.५ गुणा बढी पानी पर्‍यो । यस्तो घटना करिब ‘हरेक २० वर्षमा एकपटक’ मात्र देखिन्छ ।” उनका अनुसार सेबुको अत्यधिक सहरीकरणले बाढीको क्षति अझै भयावह बनाएको हो ।

स्थानीय व्यापारी रेनाल्डो भर्गाराले भने, “बिहान ४–५ बजेतिर पानीको बहाव यति शक्तिशाली थियो कि बाहिर निस्कनै सकिँदैनथ्यो । मैले यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ ।” उनको पसल पूर्ण रूपमा नष्ट भएको छ ।

प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले एक रेडियो अन्तर्वार्तामा अवस्थालाई ‘अभूतपूर्व’ भन्दै जनतालाई उच्च सतर्क रहन आग्रह गरे ।

वैज्ञानिकहरूका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण हालका टाइफुनहरू अझ शक्तिशाली र विनाशकारी बन्दै गएका छन् । तातो महासागरहरूले आँधीलाई द्रुत रूपमा बलियो बनाउँछन् र तातो वायुमण्डलले बढी आद्र्रता राख्ने भएकाले वर्षा असामान्य रूपमा तीव्र हुन्छ ।

यता, कलमेगी बिहीबार साँझसम्म भियतनामतर्फ बढ्दै गएको छ । टाइफुनको हावाको गति बढ्दै गएको र यसले मध्य भियतनाममा आठ मिटर अग्लो छाल र शक्तिशाली वर्षा ल्याउने अनुमान गरिएको छ ।

भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई कलमेगीलाई ‘तत्काल र खतरनाक आपत’ का रूपमा लिँदै पूर्वतयारीका सम्पूर्ण कदम चाल्न निर्देशन दिए । तटीय क्षेत्रका हजारौँ बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ ।

सामान्यतया हरेक वर्ष १० वटा टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले भियतनाममा प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्छन्, तर कलमेगी सन् २०२५ को १३औँ टाइफुन हो । फिलिपिन्समा यस वर्ष मात्रै २० वटा आँधीबेहरी आइसकेका छन् । राज्य मौसम विज्ञ चार्मेन वारिलाका अनुसार डिसेम्बरको अन्त्यसम्म ‘कम्तीमा तीनदेखि पाँच थप आँधीबेहरी’ आउन सक्ने सम्भावना छ ।

त्यस्तै, देशको पूर्वी भागमा अझै ट्रपिकल स्टोर्म ‘फङ–वोङ’ सक्रिय छ । यसले मुख्य टापु लुजोनतर्फ अघि बढ्दै शक्तिशाली सुपर टाइफुनमा रूपान्तरण हुने चेतावनी दिइएको छ ।

फिलिपिन्स सरकारले राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई तीव्र पार्दै देशव्यापी सतर्कता आदेश जारी गरेको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE