मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको हो।
शिक्षा मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मिकी विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ विषय उल्लेख गरिएको पत्र प्राप्त भएपछि सम्बन्धित विद्यार्थीका लागि अध्ययन भिसा सिफारिस गरिएको थियो। तर त्यसपछि मन्त्रालयको टोलीले विद्यापीठमा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीसँग सम्बन्धित विवरणमा गम्भीर असंगति फेला पारेको जनाएको छ।
अनुगमनका क्रममा मन्त्रालयले भिसा सिफारिसका लागि पेश गरिएको पत्र र आम्दानी रसिद बाह्य रूपमा वास्तविक देखिए पनि ती कागजातमा उल्लेख गरिएका व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी अभिलेख पुष्टि हुन नसकेको जनाएको छ। सम्बन्धित व्यक्ति उक्त शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययनरत रहेको दाबीसमेत पुष्टि नभएको मन्त्रालयको निष्कर्ष छ।
मन्त्रालयका अनुसार छानबिनका क्रममा पेश गरिएका केही कागजात र रसिदहरू शंकास्पद तथा नक्कली प्रकृतिका देखिएका छन्। यसैगरी, सोही विद्यापीठको नामबाट यसअघि मन्त्रालयमा प्राप्त अर्को पत्रसमेत नक्कली रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ।
प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेपछि अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्र खारेज गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत अनुसन्धान गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ। साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय र निगरानी आवश्यक रहेको पनि औँल्याएको छ।
नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी गरिएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइने व्यवस्था छ। अध्यागमन विभागले पनि अध्ययन भिसा जारी गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...
जेष्ठ २९ गते, २०८३ - ०८:३२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि...
जेष्ठ २९ गते, २०८३ - ०८:३०
बैतडी । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ। किशोरावस्थामै पढाइ छाडेर ...



प्रतिकृया लेख्नुहोस्: