Khabar Dabali २९ जेष्ठ २०८३ शुक्रबार | 12th June, 2026 Fri
Investment bank

शरणार्थी ठगी प्रकरणमा नयाँ मोड, ओली–बादललाई अदालतमा झिकाउन निवेदन

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई समेत बयानका लागि झिकाउन माग गर्दै अदालतमा निवेदन दर्ता भएको छ।

जाहेरीकर्ता रामकुमार रेग्मी, प्रेमराज पन्थी र सुमन दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), परराष्ट्रमन्त्री डा. आरजु राणा, तत्कालीन गृहसचिव प्रेमकुमार राईसहित अन्य केही व्यक्तिलाई अदालतमा उपस्थित गराई बयान लिनुपर्ने माग गरेका हुन्।

निवेदनमा पूर्वमन्त्री बालकृष्ण खाँणकी पत्नी एवं पूर्वसांसद मञ्जु खाँण, नैनकला थापा, पूर्वप्रधानमन्त्री ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वसांसद अजय क्रान्ति शाक्य तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर विद्यासुन्दर शाक्यलाई पनि बकपत्रका लागि बोलाउन आग्रह गरिएको छ।

निवेदकहरूले प्रतिवादीहरूबाट रकम बुझिएको प्रमाणित हुने विभिन्न डिजिटल सामग्री यसअघि नै अदालतमा पेश गरिसकेको उल्लेख गर्दै ती व्यक्तिहरूलाई अदालतमा उपस्थित गराई बयान र बकपत्रका आधारमा प्रमाणको मूल्यांकन गर्न माग गरेका छन्।

उनीहरूको दाबी अनुसार जाहेरी तथा केही बकपत्रमा समेत ती व्यक्तिहरूको नाम उल्लेख भएकाले घटनाबारे थप तथ्य उजागर गर्न उनीहरूलाई अदालतमा बोलाएर बयान लिन आवश्यक छ। साथै, आरोपितसँग सम्बन्धित केही व्यक्तिको सम्पत्ति रोक्का नगरिएको भन्दै त्यसतर्फ पनि अदालतको ध्यानाकर्षण गराइएको छ।

उक्त निवेदन बिहीबार जिल्ला अदालत काठमाडौंमा दर्ता भएको हो। निवेदनमाथि अदालतले आवश्यक ठानेमा सम्बन्धित व्यक्तिहरूलाई बकपत्रका लागि झिकाउन सक्ने कानुनी व्यवस्था रहे पनि त्यसकै आधारमा नयाँ फौजदारी अनुसन्धान स्वतः सुरु हुने अवस्था भने नरहेको कानुनविद्हरू बताउँछन्।

तीन वर्षअघि सार्वजनिक भएको नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको नाम चर्चामा आए पनि प्रहरी अनुसन्धानले उनीहरूलाई प्रतिवादी बनाएको थिएन।

बिहीबारको सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीहरूले ओलीलगायतका व्यक्तिलाई बयानका लागि झिकाउन माग गरेका थिए। त्यसको प्रतिवाद गर्दै प्रतिवादी पक्षका वकिलहरूले मुद्दासँग प्रत्यक्ष सम्बन्ध नभएका व्यक्तिलाई जोड्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका थिए।

किर्ते, राज्यविरुद्धको कसुर, ठगी तथा संगठित अपराधसम्बन्धी अभियोगमा दर्ता भएको नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि अन्तिम सुनुवाइ जारी छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...

फिफा विश्वकप २०२६ : उद्घाटन खेलमै रातो कार्डको वर्षा

काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी  ।  रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् ।  मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...

बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...

शरणार्थी ठगी प्रकरणमा नयाँ मोड, ओली–बादललाई अदालतमा झिकाउन निवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...

अध्ययन भिसा सिफारिसमा अनियमितताको आशंका, छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्र

काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...

संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...

ट्रम्पले किन फिर्ता लिए इरानविरुद्ध गर्ने भनेको आक्रमण ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि...

बन्दुकबाट कोदालोतर्फ : कृषिबाट मासिक ५० हजार आम्दानी

बैतडी  । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ। किशोरावस्थामै पढाइ छाडेर ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending