मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीका जुलियन क्विनोनेस र राउल जिमेनेजले गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए। तर खेलको अर्को प्रमुख आकर्षण भने तीन रातो कार्ड बन्यो।
तीन फरक संस्करणको विश्वकप आयोजना गर्ने विश्वकै पहिलो रंगशाला बनेको एज्टेकामा खचाखच दर्शकमाझ मेक्सिकोले नवौं मिनेटमै अग्रता लिएको थियो। इरिक लिराको पासमा जुलियन क्विनोनेसले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दक्षिण अफ्रिकाका गोलकिपर रोनवेन विलियम्सले दिएको बल डिफेन्डरले नियन्त्रण गर्न नसक्दा मेक्सिकोले त्यसको फाइदा उठाएको थियो।
पहिलो हाफमा थप गोल हुन नसके पनि दोस्रो हाफ सुरु भएलगत्तै दक्षिण अफ्रिकाले ठूलो झट्का बेहोर्नुपर्यो। ४९औं मिनेटमा विपक्षी खेलाडीलाई लडाएपछि सेफेलो सिथोलले सिधै रातो कार्ड पाए र मैदान छाड्न बाध्य भए। त्यसपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित रह्यो।
संख्यात्मक लाभ उठाएको मेक्सिकोले ६७औं मिनेटमा अग्रता दोब्बर बनायो। अनुभवी स्ट्राइकर राउल जिमेनेजले गोल गर्दै टोलीलाई २–० को सहज अवस्थामा पुर्याए।
खेलको अन्त्यतिर दक्षिण अफ्रिकाको अवस्था झन् कमजोर बन्यो । ८४औं मिनेटमा थेम्बा ज्वानेले पनि रातो कार्ड पाएपछि दक्षिण अफ्रिका नौ खेलाडीमा झर्यो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएपछि उद्घाटन खेलमा कुल तीन खेलाडी मैदानबाट बाहिरिए।
उद्घाटन खेलमा जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोडेको छ। यस जितले नकआउट चरणतर्फ मेक्सिकोको यात्रा सहज बनाएको छ भने दक्षिण अफ्रिका सुरुआतमै दबाबमा परेको छ।
यसै खेलमार्फत मेक्सिकोका युवा स्टार गिल्बर्टो मोराले पनि नयाँ कीर्तिमान बनाएका छन्। उनी विश्वकपमा डेब्यु गर्ने मेक्सिको तथा उत्तर अमेरिकाकै सबैभन्दा कान्छा खेलाडी बनेका छन्। साथै उनी फिफा विश्वकप इतिहासमा खेल्ने छैटौं कान्छा खेलाडीका रूपमा दर्ज भएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...
जेष्ठ २९ गते, २०८३ - ०८:३२
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको आक्रमण रद्द गरेको जानकारी सार्वजनिक गरेका छन् । यो घोषणा गर्नुभन्दा केही घण्टाअघि...
जेष्ठ २९ गते, २०८३ - ०८:३०
बैतडी । कुनै समय देश र समाज परिवर्तन गर्ने सपना बोकेर बन्दुक समातेका ईश्वरीदत्त भट्ट (राजीव) को हातमा अहिले कोदालो देखिन्छ। किशोरावस्थामै पढाइ छाडेर ...



प्रतिकृया लेख्नुहोस्: