Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

अफगानिस्तानमा महिला कर्मचारीहरूलाई कार्य अनुमति नदिएको भन्दै संयुक्त राष्ट्रसङ्घीय मिसनद्वारा सीमा सेवाहरू स्थगित

खबरडबली संवाददाता

अफगानिस्तान । अफगानिस्तानमा महिला कर्मचारीलाई कार्य अनुमती नदिएको कारण संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले हेरात प्रान्तको इस्लाम काला सीमामा आप्रवासीहरूका लागि निर्धारित सबै सेवाहरू स्थगित गरेको घोषणा गरेको छ ।

सेवा स्थिगितको घोषण गर्दै युएनएएमएले इरानबाट फर्केका शरणार्थीहरुमा अधिकांश महिला तथा बालबालिका रहेकाले महिला कर्मचारीबिना आवश्यक सेवाहरू प्रदान गर्न सम्भव नभएको बताएको छ ।

संयुक्त राष्ट्र सङ्घले जारी गरेको विज्ञप्तिमा, “इस्लाम कालाबाट फर्केका ६०% भन्दा बढी महिला र बालबालिका रहेको तथा हरेक दस परिवार मध्ये तीनको नेतृत्व महिलाहरूद्वारा गरिएकाले महिला कर्मचारी बिना, महिला र बालबालिकाको सेवा गर्न नसक्ने उल्लेख गरिएको छ ।

यसैबीच, इरानबाट निर्वासितहरुले आफुहरुको गम्भीर आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै मानवीय सहायतालाई राजनीतिक औजारको रूपमा प्रयोग नगर्न आह्वान गरेका छन् ।

धेरै नागरिक र नागरिक समाजका कार्यकर्ताहरूले मानवीय सहायतालाई राजनीतिकरण गर्न नहुने कुरामा जोड दिएका छन् । निर्वासितहरुलाई उदृत गर्दै इरानबाट निर्वासित अफगानहरूलाई तत्काल सहयोगको आवश्यकता रहेकोले संयुक्त राष्ट्र सङ्घ र अन्य मानवीय संस्थाहरूबाट तुरुन्तै इस्लाम काला सीमामा पुनः सहयोग सुरु गर्नुपर्ने अवस्था रहेको टोलो न्यूजले जनाएको छ ।

नागरिक समाजका कार्यकर्ता सैयद अशरफ सादतले “इस्लाम काला सीमामा फिर्ती प्रक्रियालाई सहज बनाउन राहत एजेन्सीहरूले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको बताउदै तिनीहरूको सहायता स्थगित गर्दा फर्कनेहरू जोखिमा पर्ने बताएका छन् ।

पछिल्लो समयमा, इस्लाम काला सीमा हुदै लगभग १.२ मिलियन अफगान आप्रवासीहरू इरानबाट फर्केको जनाइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending