Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

कञ्चनपुरमा ३ वर्षमा बन्नुपर्ने दुई वटा पुल ९ वर्षमा पनि सम्पन्न भएनन्

खबरडबली संवाददाता

कञ्चनपुर । जिल्लाका दुई पक्की पुल सम्पन्न हुने चरणमा पुगेका छन् । लामो समयदेखि ढिलाइ हुँदै आएको कृष्णपुर नगरपालिका–१ बंक–बुडर–नायल सडकखण्डमा पर्ने ओदाल खोला पुल र बेदकोट नगरपालिका–६ र ७ लाई जोड्ने मुसेपानी खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको हो ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी हरिशप्रसाद जोशीका अनुसार पुल निर्माणका लागि विसं २०७४ जेठ १० गते रु १५ करोड ४३ लाखको लागतमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।

त्यसैगरी, ओदाल खोला पुल निर्माणका लागि विसं २०७३ भदौ १७ गते रु पाँच करोड ४७ लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । 

तर, समयमै काम सम्पन्न गर्न नसकेपछि दुवै पुलको म्याद पटक–पटक थपिँदै आएको छ । ओदाल खोलाको पुल तोकिएको समयमा सम्पन्न हुन नसकेकाले ठेकेदार कम्पनीमाथि १० प्रतिशत जरिवाना (हजर्ना) लगाइएको सूचना अधिकारी जोशीले जानकारी दिए । मुसेपानी खोलाको पुलको अन्तिम म्याद भने अहिले विसं २०८२ कात्तिक मसान्तसम्म तोकिएको छ ।

हालसम्म मुसेपानी खोलाको पुलको भौतिक प्रगति ९५ प्रतिशत र ओदाल खोलाको पुलको भौतिक प्रगति ९३ प्रतिशत रहेको छ । 

“दुवै पुलको सब–स्ट्रक्चर, सुपरस्ट्रक्चर र तटबन्ध निर्माण पूरा भइसकेको छ,” उनले भने, “हाल पहुँच मार्ग निर्माण पूरा हुन बाँकी रहेको छ ।” ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ एक सय ६० मिटर रहेको छ । दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन् ।

वित्तीय हिसाबले हेर्दा ओदाल खोलाको पुलको प्रगति रु चार करोड ५२ लाख रहेको छ भने त्यसमा १० प्रतिशत हजर्ना असुल उपर गरिएको छ । मुसेपानी खोलाको पुलको वित्तीय  प्रगति रु १३ करोड ३० लाख पुगेको छ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण दुवै पुल तोकिएको अवधिभित्र सम्पन्न हुन नसके पनि अहिले तीव्र गतिमा काम भइरहेको जनाइएको छ । 

पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय बासिन्दा लामो समयदेखि सास्ती खेपिरहेका थिए । विशेष गरी बर्खाको समयमा खोला तर्ने जोखिम बढ्ने र आवतजावतमा कठिनाइ हुने समस्याले जनजीवन प्रभावित हुँदै आएको थियो ।

कृष्णपुर नगरपालिका १ का स्थानीय बासिन्दा गयाप्रसाद चौधरीले भने,“बर्षौंदेखि खोला गर्नु पर्ने अवस्था थियो, वर्षातका बेला गाउँ सम्म एम्बुलेन्स आउन नपाउँदा बिरामीलाई जोखिम मोल्दै पिठयुमा बोकेर खोला तार्नु पर्ने अवस्था थियो, ढिलै भएपनि  स्थायी पुल बनेपछि सहज हुने भयो ।”

दुवै पुल सञ्चालनमा आएपछि स्थानीय यातायात, व्यापार र कृषि उत्पादनको ढुवानीमा सहजता आउने अपेक्षा गरिएको छ । 

यो सँगै बंक–बुडर–नायल सडकखण्ड तथा बेदकोटको मुसेपानी क्षेत्रका बासिन्दाले नदी तर्नु पर्ने लामो समय देखिको समस्या समाधान हुनेमा आशा व्यक्त गरेका छन् ।

सडक डिभिजन कार्यालयले बाँकी रहेका पहुँच मार्ग तथा फिनिसिङ कार्य छिटो सम्पन्न गरी दुवै पुललाई चालु आव भित्रै सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरूले प्रभावकारी काम गर्न सक्दैनन्’

काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...

रिपुम गुम्बामा आगालागी

काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...

नव गठित मधेश प्रदेश सरकारको पाँच निर्णय

जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...

एनपिएलकाे दाेस्राे संस्करणमा कर्णाली याक्सको सुखद अन्त्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ ।  आइतबार कीर्तिपुरस्थित त...

चीनमा सडक दुर्घटनाः ९ जनाको मृत्यु

उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...

चीनद्वारा इन्टरनेट उपग्रहहरूको नयाँ समूह प्रक्षेपण

वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...

गलत बाटाेमा कांग्रेस: संसद् पुनर्स्थापनाको रिट बोकेर सर्वोच्चमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ ।  पार्ट...

इरानमा आर्थिक अपराधमा मृत्युदण्ड, विश्वभर आलोचना

तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...

स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending