काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राई ले नेपालको चिया उद्योगले वार्षिक ठूलो परिमाणमा तयारी चिया निर्यात गरी अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिँदा पनि सरकारले पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह लाई लक्षित गर्दै व्यङ्ग्यसमेत गरेका थिए। उनले सरकार सामाजिक सञ्जाल र औपचारिकतामा मात्र सीमित भएको तर चिया किसान र उद्योगीका समस्या समाधानमा गम्भीर नभएको टिप्पणी गरे।
सांसद राईका अनुसार छिमेकी भारतले चिया निर्यातमा नयाँ तथा झन्झटिलो “स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर ९क्इए०” लागू गरेपछि इलामका चिया उद्योग गम्भीर संकटमा परेका छन्। नयाँ नियमअनुसार चियाको परीक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी समय लाग्ने र रिपोर्ट नआएसम्म निर्यात गर्न नपाइने व्यवस्था रहेको उनले बताए।
उनका अनुसार परीक्षण प्रक्रियाका कारण इलामका सूर्योदय नगरपालिका सहित जिल्लाभरका करिब ८३ वटा चिया कारखाना तीन दिनदेखि ठप्प छन्। सामान्य त्रुटि देखिएमा पनि उत्पादन नष्ट गर्नुपर्ने प्रावधानले उद्योगी र किसान दुवै मारमा परेको उनको भनाइ छ।
उद्योग बन्द हुँदा किसानले टिपेको हरियो चिया बारीमै खेर गइरहेको, मजदुरको रोजगारी गुमेको र उद्योगीहरूले बैंकको ऋण तथा ब्याज तिर्नसमेत कठिनाइ भोगिरहेको अवस्था सिर्जना भएको उनले बताए।
समस्या समाधानका लागि उनले सरकारसँग तत्काल कूटनीतिक पहल गरेर चिया निर्यात खुलाउन, दीर्घकालीन समाधानका लागि नेपालमै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न र तेस्रो मुलुकमा बजार विस्तार गरी निर्यातको वैकल्पिक बाटो खोज्न माग गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ३० गते, २०८३ - १७:३५
काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...
आषाढ़ ३० गते, २०८३ - १७:२६
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...
आषाढ़ ३० गते, २०८३ - १७:१०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...
आषाढ़ ३० गते, २०८३ - १६:३८
वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री
आषाढ़ ३० गते, २०८३ - १६:२८
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...
आषाढ़ ३० गते, २०८३ - १६:१५
काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...
आषाढ़ ३० गते, २०८३ - १६:०६
काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...
आषाढ़ ३० गते, २०८३ - १५:४९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...
आषाढ़ ३० गते, २०८३ - १५:३८
काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...
आषाढ़ ३० गते, २०८३ - १५:२२
खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन



प्रतिकृया लेख्नुहोस्: