Khabar Dabali ३० असार २०८३ मंगलवार | 14th July, 2026 Tue
Investment bank

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

खबरडबली संवाददाता

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिरामीको चाप अस्वाभाविक रूपमा बढेपछि अस्पताल प्रशासनलाई सेवा व्यवस्थापन गर्न कठिनाइ हुन थालेको छ ।

चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज)मा स्वास्थ्य बिमा सेवा बन्द भएपछि बिमित बिरामीहरू उपचारका लागि भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केन्द्रित हुन थालेका हुन् । भरतपुर अस्पतालमा पछिल्लो समय दैनिक करिब तीन हजार बिरामीले बहिरङ्ग सेवा लिइरहेका छन् । अस्पतालका स्वास्थ्य बिमा कार्यव्रmम प्रमुख लीलाधर पौडेलका अनुसार गत सोमबार अस्पतालको बहिरङ्ग सेवामा तीन हजार १८७ जना बिरामी आएका थिए । तीमध्ये दुई हजार ३२३ जना स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतका र ८६४ जना अन्य बिरामी थिए ।

पौडेलका अनुसार निजी अस्पतालमा बिमा सेवा बन्द भएपछि सरकारी अस्पतालमा बिरामीको चाप उल्लेख्य रूपमा बढेको छ । भरतपुर अस्पतालमा स्वास्थ्य बिमाका बिरामीले सिधै सेवा लिन सक्ने भएकाले समेत बिरामीको सङ्ख्या बढेको हो । भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। विश्वबन्धु बगालेले दैनिक पाँच सयदेखि आठ सयसम्म बिरामी थपिएको बताए। उनका अनुसार बिदापछिका दिनमा हुने नियमित चापसँगै अहिले बिमित बिरामी थपिँदा व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । 

“पहिलेदेखि नै बिदापछिका दिनमा बिरामीको चाप धेरै हुन्थ्यो । अहिले निजी अस्पतालबाट आएका बिमित बिरामीसमेत थपिएकाले सेवा प्रवाहमा कठिनाइ बढेको छ,” उनले भने, “दीर्घकालीन समाधानका लागि आवश्यक व्यवस्थापनको तयारी गरिरहेका छौँ ।” बढ्दो चाप व्यवस्थापन गर्न अस्पतालले सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने विषयमा अध्ययन गरिरहेको जनाएको छ । भरतपुर महानगरपालिकासँग सहकार्य गरी नगर अस्पताल सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको डा। बगालेले जानकारी दिए । सामान्य प्रकृतिका बिरामीलाई स्थानीय तहमा उपचारको व्यवस्था गर्न सके केन्द्रीय अस्पतालमाथिको दबाब कम हुने उनको भनाइ छ । छ सय शøयाको भरतपुर अस्पतालमा हाल बिरामी भर्ना गर्नसमेत कठिन रहेको उनले बताए ।

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि बिरामीको अत्यधिक चापका कारण व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कार्यकारी निर्देशक डा। उमेश नेपालका अनुसार पहिले दैनिक करिब ८५० बिरामीले बहिरङ्ग सेवा लिने गरेकामा अहिले यो सङ्ख्या बढेर एक हजार तीन सयसम्म पुगेको छ । बिरामीको चाप बढेसँगै टिकट काउन्टरदेखि उपचारका विभिन्न विभागसम्म सेवा प्रभावित हुन थालेको छ । हाल सञ्चालनमा रहेका आठ वटा टिकट काउन्टरमा थप दुई वटा काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्रिपरिषद्का पाँच निर्णय सार्वजनिक, मिटरब्याज आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

काठमाडौं । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले...

सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ...

मिडिया गेटमा पार्किङबारे रवि लामिछाने: पार्टीले विज्ञप्तिमार्फत यो गलत हो भनेर स्पष्ट भनिसकेको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको कार्यालय प्रवेशद्वारमा अवरोध पुग्ने गरी सवारी पार्किङ गरिएको घट...

प्रतिनिधिसभामा ‘अर्थसम्बन्धी केही नेपाल कानुन संशोधन र खारेज गर्ने विधेयक’ प्रस्तुत

वर्तमान शासन संरचनामा असान्दर्भिक कानुन खारेज गर्न आवश्यक: अर्थमन्त्री

नगर प्रहरीलाई मन्त्री लम्सालको आग्रह: मनोबल नघटाउनुहोस्, तपाईंहरूकै कारण धेरै एम्बुलेन्स समयमै अस्पताल पुगेका छन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले काठमाडौं महानगरपालिकाका नगर प्रहरीलाई मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्। मंगलबार प्रत...

यातायात कार्यालयको अनलाइन प्रणाली सञ्चालनमा, देशभर सेवा पुन: सुरु

काठमाडौं । देशभरका यातायात व्यवस्था कार्यालयहरूमा केही दिनयता देखिएको प्राविधिक समस्या समाधान भएसँगै अनलाइन सेवा पुन: सञ्चालनमा आएको छ। केन्द्रीय स...

मलाई ‘गोली हानेर मारिदिन्छु’ भन्दै धम्की आएको छ : ऐन महर

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गुण र दोषका आधारमा समर्थन तथा विरोध गर्दा आफूलाई ज्यान मार्ने धम्की आउने गरेको बत...

प्रतिनिधिसभा बैठक बुधबार बिहान ११ बजेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। मंगलबार बसेको बैठकको अन्त्य गर्दै सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक...

करार कर्मचारी हटाउने तयारीको विरोधमा अर्थ मन्त्रालयको गेटमा धर्ना

काठमाडौं । करार सेवामा कार्यरत कर्मचारी हटाउने सरकारको तयारीको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले धर्ना दिएका छन्। सरकारले करार सेवामा र...

महरलाई खगेन्द्रको प्रश्न– बालेन मुर्दावाद भन्ने क्रान्तिकारीमा बा मुर्दावाद भन्न सक्ने दम राख्नुहुन्छ ?

खगेन्द्र सुनार यो नेल लगाएर आएको हो, बाको, दाइ–भाउजूको हातखुट्टामा तेल लगाएर आएको होइन

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending