Khabar Dabali २१ फाल्गुन २०८२ बिहीबार | 5th March, 2026 Thu
Investment bank

बाजुरा पाँडीका किसानलाई सिमी भित्र्याउने चटारो

खबरडबली संवाददाता

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको पाँडीका किसान सिमी भित्र्याउने चटारोमा परेका छन्। वैशाख–जेठ महिनामा पाखो जमिनमा लगाइएको सिमी पाकेपछि वर्षाको पानीले भिजाउँछ कि भन्ने डरले उनीहरूलाई समयमै भित्र्याउने हतारो लागेको हो ।

पछिल्लो समय पाँडीका किसानहरू प्रायः सिमी खेतीमै आकर्षित भएका छन् । दालका रूपमा प्रयोग हुने यो सिमी स्वास्थ्यका लागि निकै उपयोगी भएकाले यसको माग पनि बढ्दै गएको छ । स्थानीय जुना रोकायाका अनुसार माग बढेपछि किसानले सिमी खेतीको क्षेत्र विस्तार गर्न थालेका छन् ।

“कोदोसँगै सिमी पनि पाकेको छ,” उनले भनिन्, “कात्तिकमा पानी पर्ने सम्भावना भएकाले अहिले सबै किसान सिमी भित्र्याउन व्यस्त छन् ।”

उनका अनुसार पाँडीमा उत्पादन हुने सिमी अर्गानिक हुन्छ । भेडा–बाख्राको पिसाब र गोठको मल प्रयोग गरेर सिमी उत्पादन गरिने भएकाले यसको स्वाद र गुणस्तर दुवै राम्रो हुने स्थानीयको विश्वास छ । यसै कारण पछिल्ला वर्षहरूमा गाउँमै व्यापारीहरू सिमी किन्न आउने गरेका छन् ।

पाखो जमिनमा राम्रो फल्ने भएकाले किसानले प्रायः कोदोसँगै सिमी खेती गर्छन् । पहिला यो सिमी फाट्टफुट्ट रूपमा मात्रै जिल्लाको मार्तडी बजारसम्म पुग्थ्यो र मुख्यतः कर्मचारीहरूले किन्थे । तर अहिले सडक विस्तारसँगै सिमी जिल्लाबाहिरका बजारसम्म पुग्न थालेको छ ।

पहिला आत्म–उपभोगका लागि मात्रै सिमी लगाउने किसान अहिले बजारमुखी उत्पादनतर्फ उन्मुख भएका छन् । अहिले एक परिवारले औसतमा दुई क्विन्टलभन्दा बढी सिमी उत्पादन गर्न थालेका छन् ।

बाजुरामा सिमीलाई मुख्य दालका रूपमा प्रयोग गरिन्छ र यसको उत्पादन पनि उल्लेखनीय छ । हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लका अनुसार सिमी खेतीले स्थानीयको आयआर्जनमा टेवा पुग्ने सम्भावना बढेको छ, त्यसैले गाउँपालिकाले किसानलाई यस खेतीमा उत्प्रेरित गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार हिमाली, जगन्नाथ, स्वामीकार्तिक खापर र बुढीनन्दा लगायतका स्थानमा सिमी राम्रो उत्पादन हुन्छ, तर हालसम्म कति क्षेत्रफलमा सिमी खेती भइरहेको छ भन्ने यकिन तथ्यांक उपलब्ध छैन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE