Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

नेपाली कम्युनिस्ट पार्टीमा अन्तिम समयमा यसरी जोडिए झलनाथ

खबरडबली संवाददाता

काठमाडौं । पार्टी पुनर्गठनको घोषणा गरेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि अन्तिम समयमा १० दल–समूहको एकता प्रक्रियामा जोडिएका छन् । एमाले अध्यक्ष केपी ओलीसँगको संवाद सकारात्मक नभएपछि र महासचिव घनश्याम भुसाल नयाँ पार्टीमा नेतृत्व दिन तयार नभएपछि खनाल अन्तिम समयमा प्रचण्ड–माधवसँगै एकता प्रक्रियामा जोडिएका हुन् । यद्यपि, यो प्रक्रियामा आफ्ना केही ‘रिजर्भेसन’ रहेको र प्रचण्डले ‘सम्बोधन गर्ने’ आश्वासन दिएको खनालको दाबी छ । 

खनाल–भुसालपक्षीय केन्द्रीय सदस्यहरूको भेलामा खनालले ‘माक्र्सवादमा पुस्ताको कुरा हुँदैन’ भन्दै नेतृत्व दाबी गरेका थिए । तर, भुसाल आफैँ नेतृत्व गर्न अघि सरेपछि खनाल सशंकित बनेको उनीनिकट एक नेताले बताए । ती नेताका अनुसार खनालले तत्काल आफूले संयोजन गर्ने र महाधिवेशनपछि नेतृत्व हस्तान्तरण गर्न चाहेका थिए । तर, भुसाल तयार भएनन् । भुसालले नेतृत्व दाबी नगर्न खनाललाई दबाब दिन अरू नेतालाई पनि बोल्न लगाए । खनालले त्यसलाई सकारात्मक रूपमा लिएनन् । 

अर्कोतर्फ एमाले अध्यक्ष ओलीले एमालेमा फर्किन सार्वजनिक आग्रह गर्दा खनालले चारबुँदे सर्त माने फर्किन सकिने बताएका थिए । माक्र्सवाद लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, समाजवादी क्रान्तिको कार्यदिशा स्पष्ट हुनुपर्ने, समाजवादी कार्यक्रममा एकमत हुनुपर्ने र जबज त्याग्नुपर्ने सर्त अघि सारेका थिए । तर, त्यसमा ओली सकारात्मक थिएनन् । मंगलबार साँझ गुन्डुमै पुगेर खनालले ओलीसँग छलफलसमेत गरेका थिए । खनाललाई लिन ओलीका सहयोगी खनालनिवासमै पुगेका थिए । एमाले नेताहरूले छलफल सकारात्मक भएको प्रचार गरेका थिए । तर, खनालले श्रीमती रविलक्ष्मी चित्रकारको स्वास्थ्य उपचारका क्रममा देखाएको सद्भावका लागि धन्यवाद दिन गएको दाबी गरेका छन् । 

बुधबार बिहान प्रचण्डले खनालसँग छलफल गरेका थिए । बुधबारको छलफलमा प्रचण्डले खनालका चारबुँदे सर्तसँग कुनै विमति नभएको भन्दै सँगै अगाडि बढ्न आग्रह गरेका थिए । प्रचण्डले आफूले नै जोडबल गरेर विगतमा प्रधानमन्त्री बनाएको प्रसंगसमेत निकालेका थिए । खनालले राखेको आफूनिकट नेता तथा कार्यकर्ताको व्यवस्थापनमा समेत प्रचण्डले सम्बोधन हुने प्रतिबद्धता जनाएको एक नेताले बताए । 

प्रचण्डको जोडबलमा खनाल एकता राष्ट्रिय सम्मेलनमा सहभागी भएका हुन् । सुरुमा प्रचण्ड र खनालबिच मात्रै छलफल भएको थियो भने त्यसपछि प्रचण्ड, माधवकुमार नेपाल, खनाल र घनश्याम भुसालबिच संयुक्त छलफलसमेत भएको थियो । तर, भुसालले नेतृत्व हस्तान्तरणमा सहमति हुनुपर्ने विषय उठाएपछि कुरा मिलेको थिएन ।

खनाल एकता राष्ट्रिय सम्मेलनमा केही ढिला उपस्थित भएका थिए । उनले ढिला हुनुको कारण रहेको सम्बोधनकै क्रममा बताए । ‘मैले कमरेड प्रचण्डलाई ‘रिजर्भेसन’ भनिसकेको छु । उहाँले हामी त्यो कुरा मिलाउँछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ खनालले भने, ‘त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको विकल्प छैन भनेर एकतामा बल पुर्‍याउन आएको हुँ ।’

खनाल–भुसाल समूहलाई एकता प्रक्रियामा सहभागी गराउन एकीकृत समाजवादीको संस्थापन पक्षको भन्दा माओवादीको बढी जोड थियो । प्रचण्डसहितका नेता खनालसँग निरन्तर संवादमा थिए । नीतिमा फरक नभएको भन्दै एकीकृत आन्दोलनमा आउन माओवादी नेताले जोड गरेका थिए । यद्यपि, खनालले माओवादीसँग मात्रै एकता गरेर बृहत् वाम एकता नहुने बताउँदै आएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending