Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

अहिले महाधिवेशन हुँदैन, भोट माग्न सक्ने जनतामा जान्छन् नसक्ने जाँदैनन् : कृष्ण सिटौला

पार्टी विभाजनको कुरा उठाएकै महामन्त्रीहरूले हो, अभियानमा जानुपर्छ भन्ने के छ ?

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनलाई पार्टीको मुख्य केन्द्रबिन्दु बनाउनुपर्ने बताएका छन्। उनका अनुसार अहिलेको राजनीतिक संकटको समाधान निर्वाचनबाट मात्रै सम्भव छ।

सिटौलाका भनाइमा, पार्टीभित्र पनि अब चुनावमै जाने तयारी गर्नुपर्ने धारणा बलियो बन्दै गएको छ। उनले भने, “राष्ट्रपति रामचन्द्र पौडेलले मलाई भेटेर एक्लै कुरा गर्नुभयो। उहाँको कुरा सुन्दा पनि यो स्पष्ट हुन्छ कि यदि हामी निर्वाचनमा गएनौं भने मुलुक अझ ठूलो दुर्घटनातर्फ जान सक्छ। त्यसैले निर्वाचनमा जानु उपयुक्त देखिन्छ।”

उनले अदालतमा जारी मुद्दा र न्यायिक परीक्षणका विषयलाई अदालतकै जिम्मामा छोड्नुपर्ने बताउँदै, पार्टीले अब सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्नुपर्नेमा जोड दिए। सिटौलाले भने, “निर्वाचनमा जानुपर्ने भयो भने हाम्रासामु चार महिनाभन्दा बढी समय छैन। संगठन परिचालन, उम्मेदवार सिफारिस र चयन, संसदीय बोर्ड गठन, घोषणापत्र निर्माण जस्ता तयारीका लागि लामो समय लाग्छ। त्यसैले अहिलेको प्राथमिकता निर्वाचनमै सीमित हुनुपर्छ।”

विशेष महाधिवेशनको मागबारे बोल्दै उनले कार्यकाल सकिएको अवस्थामा त्यसको औचित्यबारे स्पष्ट छलफल हुनुपर्ने बताए। उनका अनुसार विशेष महाधिवेशन गर्ने वा नगर्ने निर्णय केन्द्रीय कार्यसमितिले नै गर्नुपर्छ। “अहिले त्यसबारे कुनै औपचारिक एजेन्डा नै बनेको छैन,” उनले स्पष्ट पारे।

सिटौलाले पार्टीभित्रको विभाजन र विशेष महाधिवेशनको अभियान महामन्त्रीहरूकै पहलमा उठेको दाबी गर्दै भने, “महामन्त्रीहरूले नै यो अभियान चलाएका हुन्। यदि उहाँहरूले चलाउनुभएको भएन भने अहिलेको स्थिति आउने थिएन।”

उनका अनुसार हालका महाधिवेशन प्रतिनिधिहरूले नै कार्यसमिति गठन गरेका भएकाले त्यही प्रतिनिधिहरूबाट विशेष महाधिवेशन हुँदा नयाँपन आउने सम्भावना पनि छैन। “ताजा जनादेश त यिनै प्रतिनिधिहरूले दिएका हुन्,” सिटौलाले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

हर्क साम्पाङको आरोप : विदेशी हस्तक्षेपलाई संस्थागत गर्न रवि-बालेन मिलाएर अघि बढाइयो

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताप्रति कडा आलोचना गरेका छन्। उनले उक्त सम्झौता...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ। केही दिनदेखि जारी बैठक आज पनि जारी रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले ब...

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक उम्मेदवारको अन्तिम सूची तयार गर्ने

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ। ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टी सचिवालय बैठक बस्न लागेको हो।  बैठकमा समानुपातिक उम्मेद्वारको अ...

रवि–बालेन मिलनको साक्षी कोको हुन् ?

काठमाडौं । लामो समयको प्रयासपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सात बुँदे सम्झौता भएको छ।  सम्झौता...

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि अध्ययन थालिएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिमका बासिन्दा उत्साहित भएका छन...

मनाङमा हिउँ चितुवा सर्वेक्षण : ङिस्याङ, नारफू र तिलिचो आसपासका क्षेत्र बासस्थान

मनाङ । हिमाली पारिस्थितिकीय प्रणालीको सूचक मानिएको लोपोन्मुख हिउँ चितुवाको तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले यहाँ हिउँ चितुवा सर्वेक्षण जारी छ । राष्ट्...

तराईमा हुस्सु, हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका अधिकांश स्थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending