Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

खबरडबली संवाददाता

बेइजिङ । चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ ।

राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार प्रारम्भिक रूपमा बुधबारका लागि तय गरिएको फिर्ती अब अनिश्चित मितिसम्मका लागि ढिलाइ गरिएको छ । यद्यपि, यसबारे थप प्राविधिक विवरण सार्वजनिक गरिएको छैन ।

शेनझोउ–२० नामक मिसनअन्तर्गत रहेका ती तीन जना अन्तरिक्ष यात्रीहरू— टोलीका नेता चेन डोङ, लडाकू पाइलट चेन झोङरुई र इन्जिनियर वाङ्ग जी — गत अप्रिलमा तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा प्रस्थान गर्नुभएको थियो । अहिले उहाँहरूले आफ्नो करिब छ महिनाको कक्षीय मिशन पूरा गर्न लाग्नुभएको छ ।

यसैबीच, नयाँ टोली लिएर गएको शेनझोउ–२१ मिसन शनिबार सफलतापूर्वक तियाङ्गोङ्ग अन्तरिक्ष स्टेशनमा डक भएको छ । नयाँ टोलीले शेनझोउ–२० का अन्तरिक्ष यात्रीहरूको स्थान ग्रहण गर्नेछ ।

चीनले सन् २००३ मा पहिलो पटक आफ्ना नागरिकलाई अन्तरिक्षमा पठाएपछि निरन्तर प्रगति गर्दै आएको छ । आज चीनले आफ्नै स्थायी अन्तरिक्ष स्टेशन निर्माण गरी नियमित रूपमा मानवयुक्त मिशन सञ्चालन गरिरहेको छ । यससँगै, चिनियाँ अन्तरिक्ष निकायले सन् २०३० भित्र व्यक्तिलाई चन्द्रमामा अवतरण गराउने महत्त्वाकांक्षी लक्ष्य पनि तय गरेको छ ।

यो पछिल्लो ढिलाइलाई चिनियाँ अधिकारीहरूले सावधानीका रूपमा लिएका छन् । सम्भावित भग्नावशेषको प्रभावको सम्पूर्ण मूल्याङ्कन गरेपछि मात्र अन्तरिक्ष यात्रीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काइने बताइएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE