Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

खबरडबली संवाददाता

बेइजिङ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम रहने भएको छ ।

बेइजिङको स्टेट काउन्सिललाई उद्धृत गर्दै चीनको वित्त मन्त्रालयले बुधबार आफ्नो वेबसाइटमार्फत प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सामानहरूमा लगाइने २४ प्रतिशत कर एक वर्षका लागि स्थगित गरिनेछ र १० प्रतिशत कर भने यथावत् रहनेछ ।” उक्त निर्णय नोभेम्बर १० देखि लागू हुनेछ । मन्त्रालयका अनुसार यो कदम ‘चीन–अमेरिका आर्थिक र व्यापार परामर्शमा पुगेको सहमति’ अनुसार आएको हो ।

दुई राष्ट्रका शीर्ष नेताहरूले अक्टोबरको अन्त्यतिर दक्षिण कोरियामा भएको भेटवार्तामा आपसी सहमतिबाट व्यापारिक तनाव घटाउने प्रारम्भिक कदम चालेका थिए । त्यसले पछिल्ला महिनाहरूमा अनेकौँ चरणमा चलेको वार्तालाई स्थायित्व दिँदै प्रभावकारी रूपमा एक वर्षको युद्धविराम विस्तार गरेको बताइएको छ ।

मङ्गलबार राष्ट्रपति ट्रम्पले पनि वासिङ्टनले चिनियाँ आयातमा लगाइएको अतिरिक्त शुल्क २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा ल्याउने निर्णयको घोषणा गरेका थिए । यो त्यस्तै गरी नोभेम्बर १० बाट लागू हुनेछ ।

गत वर्षदेखि एकअर्काका वस्तुहरूमा लगातार उच्च कर लगाइँदै आएपछि बेइजिङ र वासिङ्टनबीचको तनावले विश्व बजारमा अनिश्चितता निम्त्याएको थियो । कुनै चरणमा दुवै देशका कर दरहरू तीन अङ्कको स्तरमा पुगेका थिए, जसले द्विपक्षीय व्यापारलाई ठप्प पार्ने अवस्था ल्याएको थियो ।

हालैका महिनाहरूमा निर्यात नियन्त्रण, प्रविधि हस्तान्तरण र औद्योगिक नीतिजस्ता विषयमा उत्पन्न तनावका बीच दुवै देशका शीर्ष आर्थिक अधिकारीहरूले वार्ताको माध्यमबाट असहज शान्ति कायम राखेका छन् ।

छुट्टै वक्तव्यमा, चीनले अमेरिकी कृषि उत्पादनहरूमा लगाइएको ‘अतिरिक्त कर उपायहरू कार्यान्वयन गर्न अस्थायी रूपमा रोक लगाउने’ घोषणा गरेको छ । यो निर्णय ट्रम्प प्रशासनले चीनमाथि फेन्टानिल नियन्त्रणसम्बन्धी कठोर नीति अपनाउँदै अतिरिक्त कर दोब्बर बनाउने कदमको प्रतिक्रियास्वरूप आएको हो । अब ती करहरू पुनः १० प्रतिशतमा झर्नेछन् ।

बेइजिङले विगतमा अमेरिकाबाट आयात हुने कुखुरा, गहुँ, मकै र कपासमा १५ प्रतिशत र सोयाबिन, सुँगुरको मासु, गाईको मासु, दुग्ध तथा अन्य कृषि उत्पादनहरूमा थप १० प्रतिशत शुल्क लगाएको थियो । ती कदमले विशेषतः अमेरिकी किसानहरू—ट्रम्पको मुख्य राजनीतिक समर्थन आधार—लाई गम्भीर असर पारेको थियो ।

गत वर्ष मात्र अमेरिकी सोयाबिन निर्यातको आधाभन्दा बढी चीनमा गएका थिए, तर व्यापार विवाद तीव्र बन्दै गएपछि चीनले ती सबै अर्डरहरू रद्द गरेको थियो ।

वार्तापछि चीनले दुर्लभ पृथ्वी तत्वहरूको निर्यातमा लगाइएका प्रतिबन्धहरू पनि एक वर्षका लागि निलम्बन गर्न सहमति जनाएको छ । यी तत्वहरू रक्षा उद्योग, विद्युतीय सवारी साधन र उपभोक्ता इलेक्ट्रोनिक्स निर्माणमा अत्यावश्यक मानिन्छन् र यस क्षेत्रमा चीनको वैश्विक प्रभुत्व रहेको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका अनुसार वासिङ्टनले पनि कालोसूचीमा परेका विदेशी कम्पनीहरूका ५० प्रतिशत साझेदारी भएका सहायक कम्पनीहरूमा लगाइने ‘एन्टिटी लिस्ट’ निर्यात प्रतिबन्ध एक वर्षका लागि स्थगित गर्ने सहमति जनाएको छ ।

त्यसैगरी, अमेरिकी सरकारले चीनको जहाज निर्माण उद्योगमाथि लक्षित प्रतिबन्धात्मक उपायहरू पनि एक वर्षका लागि रोक्ने निर्णय गरेको छ । यससँगै दुवै पक्षले एकअर्काका जहाजहरूमा लगाइँदै आएका पोर्ट शुल्कहरू पनि निलम्बन गर्ने भएका छन् ।

अमेरिकाको पछिल्लो कदमपछि चीनले आफ्नो ‘प्रतिआक्रमणात्मक शुल्क नीति’ पनि एक वर्षका लागि स्थगित गर्ने घोषणा गर्दै द्विपक्षीय आर्थिक सम्बन्ध सुधारतर्फ सकारात्मक सन्देश दिएको छ । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

भाेलि एमालेले समानुपातिककाे लागि बन्द सूची बुझाउने

काठमाडाैं । एमाले केन्द्रीय सचिवालय बैठकले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवारको बन्दसूची भोलि साेमबार बुझाउने निर्णय ग...

अस्थायी मतदाता नामावली संकलन पुस १९ देखि

काठमाडाैं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता संकलन स...

थाइल्यान्ड र कम्बोडियाकाे विवादित सीमा क्षेत्रकाे लडाइँ अन्त्य

बैङ्कक । थाइल्यान्ड र कम्बोडियाले विवादित सीमा क्षेत्रमा हप्तौँदेखि जारी लडाइँ अन्त्य गर्न शनिबार नयाँ युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन् । दिउँ...

यमनको पूर्वी क्षेत्रमा अस्थिरता बढ्दै, संयुक्त राष्ट्रसंघद्वारा

यमन । यमनका लागि संयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्डबर्गले शनिबार यमनका पूर्वी प्रान्तहरू हद्रामौत र अल–मह्राहमा बढ्दो तनावप्रति गम्भीर चासो...

रुसमा अन्न उत्पादन उल्लेखनीय रूपमा बढ्ने प्रक्षेपण

मस्को । रुसको सङ्घीय तथ्याङ्क सेवाले सन् २०२५ मा देशको गहुँ उत्पादन नौ करोड १४ लाख टन पुग्ने अनुमान गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १० दशमलव ६ प्र...

टर्कीएको इस्तानबुलमा सवारी दुर्घटनाः ५ जनाको मृत्यु, ६ घाइते

इस्तानबुल । टर्कीएको प्रमुख शहर इस्तानबुलमा भएको एक गम्भीर सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अन...

किर्गिजस्तानमा चिनियाँ लगानीमा नवीकरणीय उर्जा आयोजना सञ्चालनमा

बिशकेक । किर्गिजस्तानको राजधानी बिशकेकमा शनिबार चिनियाँ लगानीमा तयार गरिएको नयाँ उर्जा आयोजना सञ्चालनमा आएको छ। यस आयोजनाले ठोस फोहोरबाट उर्जा उत्पादन...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending