काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानको मर्मविपरीत ढंगले प्रधानमन्त्री नियुक्ति र त्यसपछिका राजनीतिक कदमले देश अस्थिर दिशातर्फ लागेको आरोप लगाएका छन्।
बुधबार एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको सदस्य नै नभएको व्यक्तिलाई असंवैधानिक ढंगले प्रधानमन्त्री बनाइएको भन्दै त्यसले संविधान र लोकतन्त्रको आधार नै कमजोर बनाएको बताए।
उनले भने, “पहिलो नम्बरमा प्रतिनिधि सभाको सदस्य नै नभएको व्यक्ति असंवैधानिक ढंगले प्रधानमन्त्री भयो। त्यस्तो प्रधानमन्त्रीले संविधानको कुन धाराअन्तर्गत प्रतिनिधि सभा विघटन गरे? प्रधानमन्त्रीको सिफारिस भनेपछि यसै हुन्छ?”
ओलीले आफू प्रधानमन्त्री हुँदा संसद् विघटनको निर्णय जायज र आवश्यकताको सिद्धान्तअनुसार रहेको दाबी गरे। उनले भने, “म त बहुमत प्राप्त प्रधानमन्त्री थिएँ, झन्डै दुई तिहाइको सरकार थियो। संसद् चल्नै नसक्ने र देश भाडभैलोमा जाने अवस्थामा ताजा जनादेशमा जानु उचित ठानेर संसद् विघटनको सिफारिस गरेको थिएँ।”
उनका अनुसार त्यतिबेला अदालतले आवश्यकताको सिद्धान्तका आधारमा चुनावको मिति तोक्ने आदेश दिएर देशलाई सकारात्मक दिशातर्फ लैजान सक्थ्यो, तर त्यो नभएकाले अहिलेको अस्थिरता सिर्जना भएको हो।
ओलीले हाल देखिएको राजनीतिक अस्थिरताको जिम्मेवारी पनि स्थिरता विरोधी शक्तिहरूमा हाल्दै भने, “निर्वाचनपछि सरकारी दाउपेचबाहेक केही भएन। कांग्रेस–एमाले मिलेर स्थिरता ल्याएपछि पनि पाँच वर्ष कुनै सरकार टिक्न नदिने शक्तिहरू सक्रिय बने।”
उनले अन्त्यमा प्रश्न गरे, “अखिर स्थिर सरकार ढालेर के उपलब्धि भयो?”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: