राँझा । नेपालगञ्जको कण्ठिपुरमा यतिबेला बेग्लै रौनक छ । रुकुमबाट बसाइँ सरेर आएकाहरुले प्रसिद्ध सिद्ध साइँकुमारी मेलामा जुटेपछि रौनक छाएको हो ।
रुकुमबाट बसाइँसराइ गरी नेपालगञ्ज क्षेत्रमा आएका रुकमेलीहरुले रुकुममा प्रसिद्ध सिद्ध साइँकुमारी मेलाको सम्झनामा यहाँ मेला आयोजना गरेको मन्दिर व्यवस्थापन तदर्थ समितिका अध्यक्ष कलबहादुर वलीले बताए ।
“सिद्ध साइँकुमारी मेला संस्कृतिको संरक्षण गर्दै आपसी एकता र सामाजिक सद्भावको लागि मेला आयोजना गरिएको छ”, उनले भने, “मन्दिरलाई थप व्यवस्थित गर्दै सिद्ध साइँकुमारी मेला परम्परालाई नेपालगञ्जमा स्थापित गर्न हामी लागि परेका छाँै ।”
नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठिपुरस्थित सिद्ध साइँकुमारी देवी भगवती मन्दिर परिसरमा सुरु भएको यो मेला एउटा धार्मिक पर्व मात्र नभएर रुकुमबाट बसाइ सरेर आएकाहरूको आपसी एकता र सामाजिक सद्भावको कडी भएको वलीको भनाइ छ ।
सोमबारदेखि सुरु भएको यो मेलामा दिनभर विशेष पूजाआजा हुने गरेको छ भने रातभर रुकुमको लोक संस्कृति झल्किने सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिन्छ ।
मेला हेर्नका लागि स्थानीयको बाक्लो उपस्थिति रहने गरेको मन्दिर व्यवस्थापन समितिका सचिव शम्भु नाथ बताउँछन् । यो मेला बुधवार रातिसम्म सञ्चालन हुने जानकारी उनले दिए ।
सिद्ध साइँकुमारी मेलाले आफ्नो मौलिक परम्परालाई जीवन्त राख्दै नयाँ पिँढीलाई आफ्नो परम्परा र संस्कृतिबारे जानकारी हुने गरेको उनको भनाइ छ । मेलामा बाँके जिल्लाका अन्य स्थानीय तहबाट सर्वसाधारणको सहभागिता हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २२ गते, २०८२ - ०८:४३
चितवन । चितवन–३ मा जारी मतगणनामा रास्वपाकी सोविता गौतमको अग्रता देखिएको छ । उनले २ हजार २५ मत ल्याएकी छन् । नेकपाकी रेनु दाहालको १ हजार १० मत छ । न...
फाल्गुन २२ गते, २०८२ - ०८:४१
काठमाडौं । भक्तपुर–२ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्रीको अग्रता देखिएको छ । बिहान ८ः२० बजेसम्ममा मध्यपुर–१ मा भएक...
फाल्गुन २२ गते, २०८२ - ०८:३७
काठमाडौं । कालीकोटमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीले सुरुवाती अग्रता लिएका छन्। प्रारम्भिक मतपरिणामअनुसार शाहीले १ हजार २६७ मत प्राप्त गरेक...
फाल्गुन २२ गते, २०८२ - ०८:३४
काठमाडौं । रुकुमपूर्वको प्रारम्भिक मतगणना अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन...
फाल्गुन २२ गते, २०८२ - ०८:२८
काठमाडौं । काठमाडौं क्षेत्र– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार १ हजारभन्दा बढी मतले अग्र स्थानमा छन्। शुक्रबार बिहान ९ः४५ बजे सम्ममा ११ ह...
फाल्गुन २२ गते, २०८२ - ०८:१२
कञ्चनपुर । कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्म...
फाल्गुन २२ गते, २०८२ - ०८:१०
दमौली । तनहुँ क्षेत्र–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले एक हजार ३५२ मतका साथ अग्रता लि...
फाल्गुन २२ गते, २०८२ - ०८:०७
रसुवा । रसुवामा मतगणना प्रारम्भ भएको छ । पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्यले अग्रता लिनुभएको छ । निर्वाचन अधिकृतको कार्य...
फाल्गुन २२ गते, २०८२ - ०८:०४
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ मा रास्वपाका मनिष झाले फराकिलो अग्रता कायम गरेका छन्। झाले ४ हजार ३२४ मत प्राप्त गर्दा विमल...
फाल्गुन २२ गते, २०८२ - ०७:४५
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत भक्तपुर क्षेत्र नम्बर १ को मतगणना जारी रहेको छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्...



प्रतिकृया लेख्नुहोस्: