सियोल । उत्तर कोरियाको तथाकथित ‘रबर स्ट्याम्प संसद्’ का पूर्व प्रमुख तथा नाममात्रको राष्ट्रप्रमुखका रूपमा दुई दशकभन्दा बढी समयसम्म सेवा गरेका किम योङ नामको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको निधन बहु–अङ्ग विफलताका कारण भएको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) ले जानकारी दिएको छ ।
किमले सन् १९९८ देखि २०१९ सम्म सर्वोच्च जनसभा (सुप्रिम पिपुल्स एसेम्बली) को प्रेसिडियमको अध्यक्षका रूपमा कार्य गरेका थिए । उक्त पदले उनलाई राष्ट्रको औपचारिक प्रमुखको रूपमा प्रतीकात्मक जिम्मेवारी प्रदान गरेको थियो । यद्यपि, वास्तविक सत्ता र निर्णय गर्ने अधिकार तत्कालीन नेता किम जोङ इल र पछि उनका छोरा, हालका सर्वोच्च नेता किम जोङ उनको हातमा केन्द्रित रहेको थियो ।
केसिएनएका अनुसार किम जोङ उनले ‘उनको निधनप्रति गहिरो शोक व्यक्त गर्न’ व्यक्तिगत रूपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले दरबार भ्रमण गरी शोकाकुल परिवारलाई सान्त्वना दिएको समाचारमा उल्लेख छ । एक सार्वजनिक फोटोग्राफमा किम जोङ उन वरिष्ठ अधिकारीहरूबीच उभिदैँ काँचको कफिनभित्र राखिएका किम योङ नामको पार्थिव शरीरअगाडि मौन श्रद्धा व्यक्त गरिरहेको देखिन्छ ।
किम योङ नामले आफ्नो कार्यकालमा उत्तर कोरियाको कूटनीतिक छवि बाह्य रूपमा विस्तार गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । विशेषगरी सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा सम्पन्न शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा उनले उत्तर कोरियाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उक्त अवसरमा दुई कोरियाबीच दशकौँपछि भएको दुर्लभ प्रत्यक्ष सम्पर्कका रूपमा हेरिएको थियो ।
त्यो ऐतिहासिक कार्यक्रममा दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले व्यापक रूपमा रिपोर्ट गर्दै किम योङ नामले दक्षिण कोरियाली उच्च अधिकारीहरूसँगको बैठकमा सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङलाई अगाडिको सम्माननीय सिट प्रदान गरेको उल्लेख गरेका थिए । यस कार्यले उनले सधैँ शीर्ष नेताको परिवारप्रति देखाएको निष्ठा र आदरको प्रतीकका रूपमा व्याख्या गरिएको थियो, जसका कारण उहाँ दशकौँसम्म उत्तर कोरियाको राजनीतिक संरचनामा स्थायित्वका साथ रहन सफल भए ।
सियोलस्थित एकीकरण मन्त्रालयले पनि सोमबार विज्ञप्ति जारी गर्दै किमको निधनमा गहिरो दुःख व्यक्त गरेको छ । मन्त्री चुङ डोङ–युङले स्मरण गर्दै भने, “सन् २००५ र २०१८ मा प्योङयाङमा किम योङ नामसँग भएका भेटघाटहरू कोरियाली प्रायद्वीपमा शान्ति र आपसी समझदारीको दिशामा अर्थपूर्ण संवादका उदाहरण थिए ।”
मन्त्री चुङका अनुसार सन् २०१८ को प्योङचाङ शीतकालीन ओलम्पिकको अवसरमा किमको दक्षिण भ्रमणले ‘अन्तर–कोरियाली संवाद र सम्बन्ध सुधारको ढोका खोल्न उल्लेखनीय योगदान पुर्याएको’ थियो ।
उत्तर कोरियाको दीर्घकालीन कूटनीतिक अनुहार मानिने किम योङ नामको निधनले देशको राजनीतिक इतिहासमा एक युगको अन्त्य भएको टिप्पणी पर्यवेक्षकहरूले गरेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: