Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

ओलीलाई योगेशले भने- हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने तपाईंको महापराजय हुनेछ

खबरडबली संवाददाता

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी ११औं महाधिवेशनमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी नदिन आग्रह गरेका छन्।

एक अन्तर्वार्तामा बोल्दै भट्टराईले ओली अहिले स्वेच्छिक अवकाश लिने उमेर र चरणमा पुगेको बताउँदै अब पार्टीमा नयाँ पुस्तालाई नेतृत्वको अवसर दिनुपर्ने बताएका छन्। उनले भने, “हाम्रो पार्टी अध्यक्ष पनि स्वेच्छिक अवकाश लिने ठाउँमा पुग्नुभयो। अब एघारौँ महाधिवेशनमा उम्मेदवारी दिनुभयो भने चौथोपटक उहाँको उम्मेदवारी हुन्छ। दिनुभएन भने तेस्रोपटक हुन्छ।”

भट्टराईले ओलीले आफैंले स्थापित गरेको ७० वर्षे उमेर र दुई कार्यकालको मान्यता पालना गर्नुपर्नेमा जोड दिए। उनले थपे, “उहाँले भनेका थिए— एउटै क्लासमा पटकपटक परीक्षा दिन्नँ। ती वास्तवमा आदर्श व्यक्तित्वकै भनाइ हुन्। त्यसैले उहाँ आफ्ना मान्यतामा अडिनुहोस्।”

उनका अनुसार ओलीले यदि प्रतिस्पर्धामा नउत्री आफ्ना मूल्य र आदर्शमा दृढ रहँदै पद छाडे भने जनसमर्थन अझ बढ्नेछ। “त्यसो गर्नुभयो भने लाखौँ, करोडौँ फलोअर्स बढ्नेछन्। उहाँको पूजा नै हुने अवस्था आउँछ,” उनले भने।

तर, उनले चेतावनीका स्वरमा भने, “हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने त्यो उहाँको महापराजय हुनेछ। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु। उहाँ जितेरै जानूस्।”

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इजरायल र इरानले एकअर्कामाथि नयाँ हमला गरिरहँदा ट्रम्पले भने- तेहरान युद्ध अन्त्य गर्न आतुर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...

कुलमानले भने- वैकल्पिक बाटोबाट मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन

काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...

सुहाङ र निश्कललाई ‘नेता’ बनाउन दबाब

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...

न्यायिक विलम्बको चक्रव्यूहमा रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...

रास्वपा सरकारको पहिलो दिनमै मन्त्रालय कटौती र संरचना पुनर्गठनको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...

आज दासत्व पीडितहरूको स्मृति दिवस मनाइँदै

काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...

पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: