Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

इरान–रुस साझेदारीमा आठ नयाँ आणविक संयन्त्र निर्माण गरिने

खबरडबली संवाददाता

तेहरान । इरानले रुसको सहयोगमा आठवटा नयाँ आणविक ऊर्जा संयन्त्र निर्माण गर्ने घोषणा गरेको छ । इरानको आणविक ऊर्जा सङ्गठन (एइओआई) का प्रमुख मोहम्मद एस्लामीका अनुसार यो परियोजना इरानको स्वच्छ र दिगो ऊर्जा उत्पादन क्षमतालाई विस्तार गर्ने राष्ट्रिय प्रयासको एक महत्त्वपूर्ण हिस्सा हुनेछ ।

इरान र रुसबीच बुसेहरमा चारवटा तथा देशको उत्तरी र दक्षिणी तटरेखामा अन्य चारवटा आणविक ऊर्जा संयन्त्र निर्माणका लागि नयाँ सम्झौता सम्पन्न भएको तस्निम समाचार संस्थाले जनाएको छ । यी संयन्त्रहरूले ‘स्थिर र स्वच्छ आणविक ऊर्जा’ को आपूर्ति सुनिश्चित गर्ने र इरानलाई करिब २० हजार मेगावाट आणविक विद्युत् उत्पादन गर्न सक्षम बनाउने लक्ष्य राखिएको एइओआई प्रमुखले स्पष्ट गरे ।

रुसी सञ्चार संस्था ‘तास’ले एईओआईको प्रेस सर्भिसलाई उद्धृत गर्दै इरानको उत्तरी गोलेस्तान प्रान्तमा एउटा नयाँ आणविक संयन्त्रको निर्माण सुरु भइसकेको जानकारी दिएको छ । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिपूर्व आरम्भ गरिएको खुजेस्तान प्रान्तको आणविक परियोजना पनि अब पूरा गर्ने योजना रहेको उल्लेख गरिएको छ ।

यसैबीच, इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देशको ‘शान्तिपूर्ण आणविक कार्यक्रम’ प्रति पुनः प्रतिबद्धता जनाउँदै ‘इरानले कुनै पनि परिस्थितिमा हतियार निर्माण गर्ने छैन’ भन्ने अठोट दोहोर्‍याएका छन् ।

“बम निर्माण गर्नु यो क्षेत्रको एउटा सानो, असमान र अमानवीय अंश हो, जबकि बाँकी वैज्ञानिक प्रयास मानव जीवनका आवश्यकताहरू पूरा गर्न केन्द्रित छन्”, राष्ट्रपति पेजेस्कियानले इरानको आणविक ऊर्जा सङ्गठनको भ्रमणका क्रममा भने । उनले पश्चिमी शक्तिहरूमाथि स्वतन्त्र राष्ट्रहरूलाई उन्नत प्रविधिबाट वञ्चित गरी निर्भर बनाउने प्रयास गरेको आरोप समेत लगाए ।

राष्ट्रपतिले भने, “इरानी वैज्ञानिकहरूविरुद्ध भइरहेका हत्याका प्रयासहरू र शत्रुताहरू इरानको वैज्ञानिक तथा प्राविधिक स्वतन्त्रताप्रति केही शक्तिहरूको भयको परिणाम हुन् ।”

स्मरणीय छ, सन् २०२५ को जुन महिनामा इजरायलले नतान्ज र फोर्डो लगायत इरानका प्रमुख आणविक प्रतिष्ठानहरूलाई लक्षित गर्दै हवाई आक्रमणहरू सञ्चालन गरेको थियो । १२ दिनसम्म चलेको उक्त द्वन्द्वमा अमेरिकी सेनाले पनि इरानी संवर्धन केन्द्रहरूमा आक्रमणमा साथ दिएको थियो ।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चेतावनी दिंदै भनेका छन्, “यदि इरानले आफ्ना आणविक सुविधाहरू पुनः सञ्चालन गर्‍यो भने, अमेरिका नयाँ सैन्य कारबाहीका लागि तयार हुनेछ ।”

सिबिएस न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले अमेरिकाले पुनः आणविक परीक्षण सुरु गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “रुसले परीक्षण गर्ने घोषणा गरिसकेको छ, उत्तर कोरिया निरन्तर परीक्षण गर्दैछ, अन्य देशहरूले पनि गर्दैछन् । परीक्षण नगर्ने देश अहिले केवल अमेरिका मात्रै हो र म यस्तो स्थिति रहन चाहन्न ।”

रुसले हालै पोसाइडन अन्डरवाटर ड्रोनसहित उन्नत आणविक क्षमतायुक्त प्रणालीको परीक्षण गरेपछि ट्रम्पसँग सोधिएको प्रश्नमा उनले यो टिप्पणी गरेका थिए । ट्रम्पले दाबी गर्दै भने, “अमेरिकासँग विश्वका सबै देशभन्दा बढी आणविक हतियार छन् । हामीसँग विश्वलाई १५० पटकसम्म नष्ट गर्न सक्ने क्षमता छ । रुससँग पनि पर्याप्त हतियार छन् र चीनसँग चाँडै धेरै हुनेछ, “रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग मैले आणविक निःशस्त्रीकरणका विषयमा छलफल गरेको छु ।”

इरान र रुसबीचको यो नयाँ आणविक सहकार्यले मध्यपूर्वमा ऊर्जा स्वतन्त्रताको नयाँ अध्याय सुरु गर्ने अपेक्षा गरिएको छ, तर यसले पश्चिमी शक्तिहरूबीच नयाँ राजनीतिक तरङ्ग उत्पन्न गर्ने सम्भावना पनि विश्लेषकहरूले देखेका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending