Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

अपहरण मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री ताकाइचीको आग्रह

खबरडबली संवाददाता

टोकियो । जापानकी प्रधानमन्त्री साने ताकाइचीले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने औपचारिक आग्रह गरेकी छिन् । उनले दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव राखेकी हुन्।

स्मरणीय छ, वर्षौँको अस्वीकारपछि सन् २००२ मा उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा आफ्ना जासुसहरूलाई जापानी भाषा र संस्कृतिमा तालिम दिन प्रयोग गरिएका १३ जना जापानी नागरिकलाई अपहरण गरेको स्वीकार गरेको थियो । टोकियोले कम्तीमा १७ जना नागरिकलाई अपहरण गरिएको विश्वास गर्दै आएको छ । यद्यपि कतिपयले सो सङ्ख्याभन्दा धेरै जापानी नागरिकलाई पनि प्योङयाङ लगिएको हुन सक्ने बताउने गर्छन् ।

प्रधानमन्त्री ताकाइचीले टोकियोमा आयोजित एक जागरूकता कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठकको औपचारिक अनुरोध गर्दै भनिन्, “जापान र उत्तर कोरियाबीच नयाँ र फलदायी सम्बन्ध निर्माण गर्नका लागि म अध्यक्ष किम जोङ–उनसँग प्रत्यक्ष भेट गर्ने दृढ सङ्कल्पमा छु ।”

प्योङयाङले प्रधानमन्त्री ताकाइचीको यस आग्रहमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि विगतमा पनि धेरै जापानी नेताहरूले किमसँग प्रत्यक्ष वार्ता गर्ने प्रयास गरेका थिए, तर ती सबै प्रयास असफल भएका थिए ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ र २००४ मा प्योङयाङ भ्रमण गरी तत्कालीन नेता किम जोङ–उनका पिता किम जोङ–इलसँग भेट गरेका थिए । त्यस अवसरमा पाँच जना अपहृत जापानी नागरिकको फिर्तीबारे सम्झौता भएको थियो । तर उत्तर कोरियाले बाँकी आठ जना अपहृत नागरिकको मृत्यु भइसकेको दाबी गरेको थियो ।

ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबाले पनि यस मुद्दा समाधानका लागि टोकियो र प्योङयाङमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रस्ताव गरेका थिए, तर उक्त पहल कहिल्यै कार्यान्वयन हुन सकेन ।

यसैबीच, जापानले यस विषयमा अन्तर्राष्ट्रिय ध्यान कायम राख्नका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सहयोग गरिरहेको छ । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मुद्दामा जापानप्रतिको समर्थन प्रकट गरेको छ । गत हप्ता टोकियो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अपहरण पीडितका परिवारजनसँग भेटघाट गरेका थिए ।

“म पीडितहरूको जीवन र हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई जोखिममा राखेर पनि यस मुद्दा समाधानका लागि आवश्यक सबै माध्यम प्रयोग गर्नेछु”, प्रधानमन्त्री ताकाइचीले विगतका प्रधानमन्त्रीहरूको वचनलाई प्रतिध्वनित गर्दै भनिन्, “अपहरण मुद्दा मेरो मन्त्रिमण्डलको शीर्ष प्राथमिकता हो ।”

प्रधानमन्त्री ताकाइचीको यो पहल जापान–उत्तर कोरिया सम्बन्धमा सम्भावित नयाँ पृष्ठको सुरुआतका रूपमा हेरिएको छ । यद्यपि राजनीतिक विश्लेषकहरूले यसको सफलताका लागि उत्तर कोरियाको प्रतिक्रिया नै निर्णायक हुने बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE