Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

अपहरण मुद्दा समाधानका लागि उत्तर कोरियाली नेतासँग भेट गर्न जापानी प्रधानमन्त्री ताकाइचीको आग्रह

खबरडबली संवाददाता

टोकियो । जापानकी प्रधानमन्त्री साने ताकाइचीले उत्तर कोरियाका नेता किम जोङ–उनसँग भेटवार्ता गर्ने औपचारिक आग्रह गरेकी छिन् । उनले दशकौँदेखि नसुल्झिएको जापानी नागरिक अपहरणको समस्या समाधान गर्न प्रत्यक्ष वार्ताको प्रस्ताव राखेकी हुन्।

स्मरणीय छ, वर्षौँको अस्वीकारपछि सन् २००२ मा उत्तर कोरियाले सन् १९७० र ८० को दशकमा आफ्ना जासुसहरूलाई जापानी भाषा र संस्कृतिमा तालिम दिन प्रयोग गरिएका १३ जना जापानी नागरिकलाई अपहरण गरेको स्वीकार गरेको थियो । टोकियोले कम्तीमा १७ जना नागरिकलाई अपहरण गरिएको विश्वास गर्दै आएको छ । यद्यपि कतिपयले सो सङ्ख्याभन्दा धेरै जापानी नागरिकलाई पनि प्योङयाङ लगिएको हुन सक्ने बताउने गर्छन् ।

प्रधानमन्त्री ताकाइचीले टोकियोमा आयोजित एक जागरूकता कार्यक्रममा उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठकको औपचारिक अनुरोध गर्दै भनिन्, “जापान र उत्तर कोरियाबीच नयाँ र फलदायी सम्बन्ध निर्माण गर्नका लागि म अध्यक्ष किम जोङ–उनसँग प्रत्यक्ष भेट गर्ने दृढ सङ्कल्पमा छु ।”

प्योङयाङले प्रधानमन्त्री ताकाइचीको यस आग्रहमा हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यद्यपि विगतमा पनि धेरै जापानी नेताहरूले किमसँग प्रत्यक्ष वार्ता गर्ने प्रयास गरेका थिए, तर ती सबै प्रयास असफल भएका थिए ।

पूर्व प्रधानमन्त्री जुनिचिरो कोइजुमीले सन् २००२ र २००४ मा प्योङयाङ भ्रमण गरी तत्कालीन नेता किम जोङ–उनका पिता किम जोङ–इलसँग भेट गरेका थिए । त्यस अवसरमा पाँच जना अपहृत जापानी नागरिकको फिर्तीबारे सम्झौता भएको थियो । तर उत्तर कोरियाले बाँकी आठ जना अपहृत नागरिकको मृत्यु भइसकेको दाबी गरेको थियो ।

ताकाइचीका पूर्ववर्ती सिगेरु इसिबाले पनि यस मुद्दा समाधानका लागि टोकियो र प्योङयाङमा सम्पर्क कार्यालय स्थापना गर्ने प्रस्ताव गरेका थिए, तर उक्त पहल कहिल्यै कार्यान्वयन हुन सकेन ।

यसैबीच, जापानले यस विषयमा अन्तर्राष्ट्रिय ध्यान कायम राख्नका लागि संयुक्त राज्य अमेरिकासँग घनिष्ठ सहयोग गरिरहेको छ । विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस मुद्दामा जापानप्रतिको समर्थन प्रकट गरेको छ । गत हप्ता टोकियो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले अपहरण पीडितका परिवारजनसँग भेटघाट गरेका थिए ।

“म पीडितहरूको जीवन र हाम्रो राष्ट्रिय सार्वभौमिकतालाई जोखिममा राखेर पनि यस मुद्दा समाधानका लागि आवश्यक सबै माध्यम प्रयोग गर्नेछु”, प्रधानमन्त्री ताकाइचीले विगतका प्रधानमन्त्रीहरूको वचनलाई प्रतिध्वनित गर्दै भनिन्, “अपहरण मुद्दा मेरो मन्त्रिमण्डलको शीर्ष प्राथमिकता हो ।”

प्रधानमन्त्री ताकाइचीको यो पहल जापान–उत्तर कोरिया सम्बन्धमा सम्भावित नयाँ पृष्ठको सुरुआतका रूपमा हेरिएको छ । यद्यपि राजनीतिक विश्लेषकहरूले यसको सफलताका लागि उत्तर कोरियाको प्रतिक्रिया नै निर्णायक हुने बताएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending