Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

खबरडबली संवाददाता

दक्षिण कोरिया । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो ।

चीन र क्यानाडाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूमध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबीचको वातावरण केही सहज बन्दै गएको छ ।

सीले दक्षिण कोरियामा भइरहेको एपेक शिखर सम्मेलनमा कार्नीलाई सम्बोधन गर्दै भने, “दुवै पक्षको संयुक्त प्रयासले चीन–क्यानाडा सम्बन्धमा सकारात्मक सुधार आएको छ । चीन यो सम्बन्धलाई सही दिशामा लैजान क्यानाडासँग काम गर्न इच्छुक छ ।”

प्रधानमन्त्री कार्नीले सीको निमन्त्रणालाई खुशीपूर्वक स्वीकार गर्दै हालका विषयहरू समाधान गर्न ‘रचनात्मक र व्यावहारिक संवाद’ आवश्यक रहेको बताए । उनले यस्तो संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पु¥याउने’ विश्वास व्यक्त गरे ।

सन् २०१८ मा क्यानाडामा अमेरिकी अनुरोधमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई पक्राउ गरेको घटनाले सम्बन्धमा गहिरो चिसोपन ल्याएको थियो । त्यसयता व्यापारिक तनाव पनि बढ्दै गएको छ ।

हालै क्यानाडाले चीनमा बनेका स्टिलमा २५ प्रतिशत कर लगाएको थियो भने त्यसको जवाफी रूपमा चीनले क्यानाडाली क्यानोला आयातमा करिब ७६ प्रतिशत भन्सार शुल्क बढाएको थियो । क्यानाडा विश्वको अग्रणी क्यानोला उत्पादक राष्ट्रमध्ये एक हो । क्यानोलाको प्रयोग खाना पकाउने तेल, पशु आहार र बायोडिजेल उत्पादनमा गरिन्छ ।

दुवै देश अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापारिक नीतिबाट प्रभावित भएका छन् । बिहीबार ट्रम्पले चीनमाथिको फेन्टानिलसम्बन्धी कर घटाउने र अमेरिकी सोयाबिन आयात बढाउने सम्झौता गरे पनि उनले शनिबार क्यानाडाली वस्तुहरूमा थप १० प्रतिशत कर बढाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री कार्नीले एपेकमा सम्बोधन गर्दै ‘नियममा आधारित खुला व्यापारको पुरानो युग समाप्त भएको’ उल्लेख गर्दै अब राष्ट्रहरूले नयाँ आर्थिक सन्तुलन खोज्नुपर्ने बताए । उनले एसियामा ऊर्जा आपूर्तिकर्ता र एलएनजी निर्यातकको रूपमा क्यानाडाको भूमिकालाई पनि जोड दिए ।

यसपछि राष्ट्रपति सीले जापानकी नवनियुक्त प्रधानमन्त्री साने ताकाइचीसँग पनि पहिलोपटक भेट गरे । चिनियाँ सरकारी मिडियाका अनुसार सीले जापानसँग नयाँ युगका आवश्यकताअनुरूप स्थिर र रचनात्मक सम्बन्धका लागि सहकार्य गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ताकाइचीले भने आफ्नो प्रारम्भिक वक्तव्यमा ‘आपसी समझदारी र सहयोग’ बढाउने आवश्यकता औँल्याउँदै चिनियाँ गतिविधिबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरे । उनले चिनमा रहेका जापानी नागरिकहरूको सुरक्षाको विषय पनि उठाएको जापानी सञ्चारमाध्यमले जनाएको छ ।

टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार चीन र जापान दुवै स्थिरतालाई साझा प्राथमिकता ठान्छन्, यद्यपि नेताहरूबीच सावधानी र दूरी अझै कायम छ ।  रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आपपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, ब...

राष्ट्रिय सभा निर्वाचनकाे लागि ताेकियाे उम्मेदवारको खर्च हद

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद तीन लाख ५० हजार रुपियाँ तोकिएको छ ।  निर्वाचन आयोगका सहसचिव एवम...

हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरु

मकवानपुर । मकवानपुर होटल एसोसियसनको आयोजनामा हेटौँडामा १२ औँ सडक खाना महोत्सव सुरुभएको छ ।  हेटौँडा उपमहानगरपालिका ४ स्थित हुप्र चौरको पूर्वतर्फको ...

दाउरा बेचेर गुजारा गर्दै बाराका विपन्न समुदाय

बारा । जाडो मौसम बढेसँगै बाराको कोल्हवी नगरपालिका र करैयामाइ गाउँपालिकाका ग्रामीण भेगका गरिब तथा विपन्न समुदाय दैनिक जीविकोपार्जनका लागि दाउरा बिक्रीम...

झापामा खाल्डोमा डुबेर बालकको मृत्यु

झापा । आफ्नै घरअगाडिको खाल्डोमा डुबेर झापा गाउँपालिका –२ सडकबारीमा एक बालकको ज्यान गएको छ ।  स्थानीय  दिनेश कँडेलका छोरा ३ वर्षीय दिवांस कँडेलको आइ...

उपसभामुख इन्दिरा रानाद्वारा पदबाट राजीनामा

काठमाडौं । पदावधि बाँकी रहँदै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिएकी छिन् ।  सभामुख र उपभामुखको कार्यावधि आसन्न निर्वाचनमा प्र...

नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढ्यो

बाँके । चालु आर्थिक वर्षमा नेपालगञ्ज नाकाबाट जडीबुटी निर्यात बढेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार मङ्सिर मसा...

उदयपुरको कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?

उदयपुर । आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा उदयपुरको मतदाताको संख्या ...

समानुपातिककाे लागि नेमकिपाले आयोगमा बुझायो बन्दसूची (नामावलीसहित)

काठमाडाैं । आगामी २१ फागुनमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाल मजदुर किसान पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आ...

क्यासिनो वाल्डोका चिनियाँ सञ्चालक पक्राउ

काठमाडाैं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिबन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending