Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

सीद्वारा आठ वर्षपछि क्यानाडाली प्रधानमन्त्रीलाई चीन भ्रमणको आमन्त्रण

खबरडबली संवाददाता

दक्षिण कोरिया । चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीलाई चीन भ्रमणका लागि निमन्त्रणा दिएका छन् । सन् २०१७ पछि दुवै देशका नेताबीचको यो पहिलो औपचारिक वार्ता हो । यो भेट जापानका नयाँ प्रधानमन्त्रीसँगको पहिलो छलफल अघि भएको हो ।

चीन र क्यानाडाबीचको सम्बन्ध पछिल्ला वर्षहरूमा पश्चिमी मुलुकहरूमध्ये सबैभन्दा तनावपूर्ण मानिँदै आएको छ । तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र सी जिनपिङबीच बिहीबार भएको व्यापार तनाव घटाउने सहमति पश्चात् दुवै देशबीचको वातावरण केही सहज बन्दै गएको छ ।

सीले दक्षिण कोरियामा भइरहेको एपेक शिखर सम्मेलनमा कार्नीलाई सम्बोधन गर्दै भने, “दुवै पक्षको संयुक्त प्रयासले चीन–क्यानाडा सम्बन्धमा सकारात्मक सुधार आएको छ । चीन यो सम्बन्धलाई सही दिशामा लैजान क्यानाडासँग काम गर्न इच्छुक छ ।”

प्रधानमन्त्री कार्नीले सीको निमन्त्रणालाई खुशीपूर्वक स्वीकार गर्दै हालका विषयहरू समाधान गर्न ‘रचनात्मक र व्यावहारिक संवाद’ आवश्यक रहेको बताए । उनले यस्तो संवादले ‘दिगो र समावेशी अन्तर्राष्ट्रिय प्रणाली निर्माणमा योगदान पु¥याउने’ विश्वास व्यक्त गरे ।

सन् २०१८ मा क्यानाडामा अमेरिकी अनुरोधमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारीपछि चीनले दुई क्यानाडाली नागरिकलाई पक्राउ गरेको घटनाले सम्बन्धमा गहिरो चिसोपन ल्याएको थियो । त्यसयता व्यापारिक तनाव पनि बढ्दै गएको छ ।

हालै क्यानाडाले चीनमा बनेका स्टिलमा २५ प्रतिशत कर लगाएको थियो भने त्यसको जवाफी रूपमा चीनले क्यानाडाली क्यानोला आयातमा करिब ७६ प्रतिशत भन्सार शुल्क बढाएको थियो । क्यानाडा विश्वको अग्रणी क्यानोला उत्पादक राष्ट्रमध्ये एक हो । क्यानोलाको प्रयोग खाना पकाउने तेल, पशु आहार र बायोडिजेल उत्पादनमा गरिन्छ ।

दुवै देश अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापारिक नीतिबाट प्रभावित भएका छन् । बिहीबार ट्रम्पले चीनमाथिको फेन्टानिलसम्बन्धी कर घटाउने र अमेरिकी सोयाबिन आयात बढाउने सम्झौता गरे पनि उनले शनिबार क्यानाडाली वस्तुहरूमा थप १० प्रतिशत कर बढाउने घोषणा गरेको छ ।

प्रधानमन्त्री कार्नीले एपेकमा सम्बोधन गर्दै ‘नियममा आधारित खुला व्यापारको पुरानो युग समाप्त भएको’ उल्लेख गर्दै अब राष्ट्रहरूले नयाँ आर्थिक सन्तुलन खोज्नुपर्ने बताए । उनले एसियामा ऊर्जा आपूर्तिकर्ता र एलएनजी निर्यातकको रूपमा क्यानाडाको भूमिकालाई पनि जोड दिए ।

यसपछि राष्ट्रपति सीले जापानकी नवनियुक्त प्रधानमन्त्री साने ताकाइचीसँग पनि पहिलोपटक भेट गरे । चिनियाँ सरकारी मिडियाका अनुसार सीले जापानसँग नयाँ युगका आवश्यकताअनुरूप स्थिर र रचनात्मक सम्बन्धका लागि सहकार्य गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ताकाइचीले भने आफ्नो प्रारम्भिक वक्तव्यमा ‘आपसी समझदारी र सहयोग’ बढाउने आवश्यकता औँल्याउँदै चिनियाँ गतिविधिबारे ‘गम्भीर चिन्ता’ व्यक्त गरे । उनले चिनमा रहेका जापानी नागरिकहरूको सुरक्षाको विषय पनि उठाएको जापानी सञ्चारमाध्यमले जनाएको छ ।

टोकियो विश्वविद्यालयका प्राध्यापक यी कुआङ हेङका अनुसार चीन र जापान दुवै स्थिरतालाई साझा प्राथमिकता ठान्छन्, यद्यपि नेताहरूबीच सावधानी र दूरी अझै कायम छ ।  रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE