Khabar Dabali २ फाल्गुन २०८२ शनिबार | 14th February, 2026 Sat
Investment bank

मुम्बई विमानस्थलमा जाँच गरिएको झोलाभित्र दुई लुप्तप्राय लङ्गुर बरामद, एक पक्राउ

खबरडबली संवाददाता

भारत । भारतका भन्सार अधिकारीहरूले मुम्बईको विमानस्थलमा तस्करी हुँदै ल्याइएका दुर्लभ जनावरहरू जफत गरेका छन् । जाँच गरिएको झोलाभित्र दुईवटा लुप्तप्राय ‘सिल्भरी लङ्गुर’ फेला परेपछि एक जना विमान यात्रुलाई पक्राउ गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

भन्सार विभागका अनुसार ती जनावरहरू मलेसियाबाट थाइल्यान्ड हुँदै भारत ल्याइएका थिए । यात्रुलाई वन्यजन्तु तस्करीमा संलग्न ‘अन्तर्राष्ट्रिय सिन्डिकेट’ को सदस्य रहेको शङ्का गरिएको छ । विशेष खुफिया सूचनाका आधारमा बिहीबार मुम्बई विमानस्थलमा उनको झोलाको तलासी लिँदा दुई लङ्गुर भेटिएका थिए ।

तीमध्ये एक लङ्गुर मृत फेला परेको थियो भने अर्को जीवित भेटिएको थियो । भन्सार विभागले सेयर गरेको भिडियोमा बाँचेको लङ्गुरलाई अफिसरको हातमा झुकेको अवस्थामा देख्न सकिन्छ, जसले आफ्नो अनुहार हातले ढाक्दै बिस्तारै हल्लिरहेको दृश्य मन छुने रहेको छ ।

भन्सार अधिकारीहरूले जनावरहरूलाई टोकरीमा लुकाएर राखिएको र ती भारतमा बिक्रीका लागि ल्याइएको बताए । अहिले जीवित लङ्गुरलाई पशु चिकित्सकको निगरानीमा राखिएको छ ।

वन्यजन्तु संरक्षण निकाय ‘ट्राफिक’ ले यसअघि विदेशी घरपालुवा जनावरको व्यापारद्वारा प्रेरित तस्करीको ‘अत्यन्त चिन्ताजनक वृद्धि’ भएको चेतावनी दिएको थियो । पछिल्ला साढे तीन वर्षमा मात्रै थाइल्यान्ड–भारत हवाई मार्ग हुँदै सात हजारभन्दा बढी जीवित र मृत जनावर जफत गरिएको ट्राफिकको तथ्याङ्कले देखाउँछ ।

सिल्भरी लङ्गुर इन्डोनेसियाको जाभा टापुका वर्षावनमा बसोबास गर्ने सानो प्राइमेट हो । इन्टरनेसनल युनियन फर कन्जरभेसन अफ नेचरका अनुसार जङ्गलको क्षति, सिकार र घरपालुवा जनावरको अवैध व्यापारका कारण उनीहरू विलुप्तिको जोखिममा परेका छन् । हाल विश्वभर बाँचेका सिल्भरी लङ्गुरको सङ्ख्या अनुमानित रूपमा केवल दुई हजार ५०० देखि चार हजार बीच रहेको बताइन्छ ।

मुम्बई विमानस्थलमा पछिल्ला महिनाहरूमा वन्यजन्तु तस्करीका घटनाहरू लगातार बढ्दै गएका छन् । यही महिनाको सुरुमा भन्सार अधिकारीहरूले सर्प, कछुवा र ¥याकुन बोकेका एक तस्करलाई नियन्त्रणमा लिएका थिए ।

यसअघि जुन महिनामा थाइल्यान्डबाट आएका दुई यात्रुबाट भन्सारले १०० भन्दा बढी जीवित जनावरहरू — जसमा विषालु भाइपर, छेपारो, सनबर्ड र रूख चढ्ने पोसमहरू समेत समावेश थिए — जफत गरेको थियो । फेब्रुअरीमा पनि इन्डोनेसिया, मलेसिया र थाइल्यान्डका जङ्गलहरूमा पाइने पाँच सियामाङ लङ्गुरसहितका बाँदर बोकेर ल्याइरहेका एक तस्करलाई यही विमानस्थलमा समातिएको थियो ।

भन्सार विभागका अधिकारीहरूले वन्यजन्तु तस्करीविरुद्ध निगरानी झन कडा बनाइएको बताउँदै यस्तो अपराधमा संलग्न समूहलाई कानूनी रूपमा कडा कारबाही गरिने चेतावनी दिएका छन् । रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE