Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

तीन महिनामा सशस्त्र र प्रहरीका एक हजारले दिए राजीनामा

फाइल फोटो
खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा तीन महिनाभित्र करिब एक हजार सुरक्षाकर्मीले राजीनामा दिएका छन् । नेपाल प्रहरीका करिब साढे ४ सय र एपीएफका करिब साढे ५ सय अधिकृत र जवानले राजीनामा दिएका हुन् । राजीनामा दिनेमध्ये कोही २० वर्ष सेवा पूरा गरेका छन् भने कोही ५ वर्ष मात्रै सेवा गरेका पनि छन् ।

राजीनामा दिने अधिकांशले ‘घरायसी’ कारण देखाएको दुवै सुरक्षा निकायले जनाएका छन् । केही दिनअघि मात्रै नेपाल प्रहरीका एसएसपी प्रकाश रानाभाटले प्रहरी सेवाबाट राजीनामा दिएका छन् । उनले पनि कारणमा ‘व्यक्तिगत’ उल्लेख गरेका छन् । उनको राजीनामा स्वीकृत हुन बाँकी छ । राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक तहसम्मका सबैभन्दा बढी छन् ।

जेन–जी आन्दोलनपछि राजीनामा दिने क्रम बढ्न थालेको सुरक्षा निकायका अधिकारीहरू बताउँछन् । जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा प्रहरीले गोली चलाउँदा २२ जना युवा/विद्यार्थीको ज्यान गएपछि भोलिपल्ट देशभर फैलिएको हिंसात्मक प्रदर्शनमा सुरक्षा निकायका कार्यालय तथा ब्यारेक निसानामा परेका थिए । त्यो दिन नेपाल प्रहरीका मात्रै १२ सयभन्दा बढी हतियार लुटिएका थिए भने करिब १ लाख राउन्ड गोली अभिलेखमा भेटिएको छैन । २४ भदौमा प्रदर्शनकारीको कुटपिटबाट ३ प्रहरीको ज्यान गएको थियो । काठमाडौंको बानेश्वर वृत्तमा कार्यरत प्रहरीलाई प्रदर्शनकारीले पोसाक नै फुकाल्न लगाएर लखेटेका थिए ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार ‘घरायसी’ र ‘व्यक्तिगत’ कारण देखाएर प्रहरी कर्मचारीबाट दिनहुँजसो राजीनामा आइरहेको छ । ‘यसरी राजीनामा दिनेमा तल्लो तहका कर्मचारी धेरै छन्,’ घिमिरेले भने । प्रहरीको अभिलेखअनुसार साउनयता उपदान सुविधा लिएर ९० प्रहरीले राजीनामा दिएका छन् । अरू साढे ३ सय प्रहरीले २० वर्ष सेवा पुगेपछि पेन्सन सुविधामा जागिर छाडेका हुन् । सशस्त्र प्रहरीमा पनि पेन्सन र उपदानमा राजीनामा दिनेको संख्या धेरै छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार असोजमा सशस्त्रका २ सय ८५ जनाले पेन्सन सुविधामा राजीनामा दिएका छन् । उपदानमा राजीनामा दिनेको संख्या १८ छ । कात्तिक १ देखि लागू हुने गरी राजीनामा दिनेको संख्या १ सय १८ छ ।

नेपाल प्रहरीमा आर्थिक वर्ष २०८०/८१ मा पेन्सन पाउने गरी ४ सय ५८ र उपदान पाउने गरी ३ सय ३३ जनाले राजीनामा दिएका थिए । त्यस्तै २०८१/८२ मा पेन्सन पाउने गरी २ हजार १५ र उपदान पाउने ग री ३ सय ५८ जनाले राजीनामा दिएका थिए । सशस्त्रमा २०८०/८१ मा पेन्सन सुविधा पाउने २ सय ५६ जनाले राजीनामा दिएका थिए । त्यो २ सय २० जनाले भने उपदान पाउने गरी राजीनामा बुझाए । यस्तै आर्थिक वर्ष २०८१/८२ मा पेन्सन सुविधामा एक हजार ३ सय ९१ र उपदान सुविधामा १ सय ६० जनाले राजीनामा दिएका थिए ।

२० वर्ष सेवा पुगेकाहरूले राजीनामा दिएपछि पेन्सन सुविधा पाउँछन् । अन्य भने योगदान गरेको वर्षका आधारमा उपदान पाउँछन् । सेवा प्रवेश गरेको ५ वर्षसम्म राजीनामा दिन नपाइने नियम छ । दुवै सुरक्षा निकायमा जवानदेखि सइसम्मको हकमा २०६० चैतअघि र त्यसपछि सेवा प्रवेश गर्नेको हकमा पेन्सन पाक्ने प्रावधान छुट्टाछुट्टै छ । 

२०६० चैतअघि सेवा प्रवेश गरेका कार्यालय सहयोगीदेखि हवल्दारसम्म १६ वर्ष, असइ/सइ १८ वर्ष तथा निरीक्षक र त्यसमाथिका हकमा २० वर्ष सेवा पुगेपछि पेन्सन पाउने व्यवस्था छ । त्यसयता सेवा प्रवेश गर्ने सबै दर्जाका लागि पेन्सन पाक्ने अवधि २० वर्ष बनाइएको छ । यसप्रति दुवै सुरक्षा निकायमा तल्ला दर्जाका कर्मचारीले असन्तुष्टि जनाउँदै आएका छन् । तल्लो दर्जाको कर्मचारीको पेन्सन पाक्ने अवधि पुरानै कायम गर्ने गरी अघि बढेको कानुन संशोधन प्रक्रिया जेन–जी आन्दोलनपछि प्रतिनिधिसभा नै विघटन गरिएकाले अवरुद्ध बनेको छ ।

प्रहरी प्रवक्ता घिमिरे राजीनामा व्यक्तिको स्वेच्छाको विषय भएको उल्लेख गर्दै ‘व्यक्तिको इच्छालाई रोक्ने’ गरी संगठनले कुनै निर्णय गर्न नसक्ने बताउँछन् । ‘स्वैच्छिक राजीनामा सम्बन्धित व्यक्तिको रोजाइ हो,’ उनले कान्तिपुरसँग भने, ‘अझ अकस्मात् हुने घटना/परिघटना र त्यसले सुरक्षाकर्मीलाई पार्ने मनोवैज्ञानिक त्रास/असर पनि राजीनाको अर्को कारण हुन पुगेको छ ।’

जेन–जी आन्दोलनपछिको परिस्थितिले पनि सुरक्षाकर्मीको मनोबल खस्केको र यस्ता घटना पनि राजीनामाको एउटा कारक बन्ने गरेको घिमिरेले बताए । वैकल्पिक रोजगारीको खोजी, पारिवारिक अवस्था र वैदेशिक रोजगारीलगायत कारण पनि राजीनामाको क्रम निरन्तर चलिरहेको उनले उल्लेख गरे ।

सशस्त्र प्रहरी सहप्रवक्ता शैलेन्द्र थापा पनि राजीनामा व्यक्तिको इच्छा भएकाले यसलाई निरन्तर चलिरहने प्रक्रियाका रूपमा उल्लेख गर्छन् । ‘सकभर कानुनले तोकेको अन्तिम दिनसम्म कार्यरत रहे राम्रो हुन्छ । त्यस्ता अनुभवी जनशक्तिबाट हुने कार्यसम्पादन स्वाभाविक रूपमा बढी प्रभावकारी हुन्छ तर अर्कातर्फ कानुनले नै राजीनामाको सुविधा दिएको छ,’ उनले भने ।

एक सुरक्षाकर्मीलाई तालिम दिएर फिल्डमा पठाउँदासम्म सरकारी ढुकुटीबाट ५ देखि ७ लाख रुपैयाँसम्म खर्च हुन्छ । त्यसपछिको सेवा सुविधा मात्रै होइन, अवकाशपछि पेन्सन, पारिवारिक निवृत्तिभरणलगायत सुविधामा पनि राज्यको ठूलो धनराशि खर्च हुन्छ । यसरी भर्ना गरिएको जनशक्तिलाई तोकिएको सेवा अवधिसम्म बहालमै राख्न सरकारले प्रभावकारी रणनीति अपनाउन नसक्दा बीचैमा जनशक्ति पलायन भएर राज्यलाई नोक्सान भइरहेको सुरक्षा अधिकारीहरू बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि-बालेनसँग कुलमानको वार्ता निष्कर्षविहिन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी- राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...

प्रतिनिधिसभा निर्वाचन- एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन्  । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...

भारतीयलाई नागरिकता दिएको अभियोगमा वडाध्यक्ष पक्राउ

सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...

नयाँ शैलीमा मानव बेचबिखन- नक्कली विवाहदेखि ‘साइबर ट्राफिकिङ’सम्म

कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...

रवि-बालेन मिल्दा किन छुटे कुलमान ?

अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति

प्रतिनिधिसभा निर्वाचन- आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यतालिका

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending