Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

गाजामा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतीक्षामा टर्कीका उद्धारकर्ता : स्रोत

खबरडबली संवाददाता

टर्की । खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवीत व्यक्ती पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरसहित विशेष खोजी र उद्धार उपकरण लिएर एक हप्ता अघि गाजाका लागि प्रस्थान गरेको थियो । तर उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै पनि सीमामा पर्खिरहेको र इजरायलले अझै पनि टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर मा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ । अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रुपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।

“टर्की युद्धविरामको साझदार मध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ । 

यस हप्ताको सुरुमा, इजरायली विदेश मन्त्री गिडियोन सारले इजरायलका विरुद्ध “शत्रुतापूर्ण बयान” र “कूटनीतिक र आर्थिक उपाय”मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष” भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताए । उनले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफु सहमत नभएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई थान पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँको बाफलबाट सिएफ–९८ दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१...

प्रत्यक्षतर्फका लागि पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेद्वारको न...

कुलमान घिसिङ रास्वपाको उपसभापति, समानुपातिकमा १८ जना समावेश गराइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र कुलमान घिसिङबीच घिसिङलाई पार्टीको उपसभापति बनाउने सहमति भएको छ । दुवै पक्षबीच...

एमालेकाे समानुपातिकतर्फ उम्मेदवारको बन्दसूचीमा बादल

काठमाडौं । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । ...

नेपाली कम्युनिस्ट पार्टीमा नाउपा समाहित हुने

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा...

सन् २०२५ मा स्पेन पुग्ने प्रयासमा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु

मेड्रिड । सन् २०२५मा स्पेन पुग्ने प्रयास गर्दा तीन हजारभन्दा बढी आप्रवासीको मृत्यु भएको स्पेनी आप्रवासन अधिकार समूहले सोमबार जारी गरेको प्रतिवेदनमा उल...

५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूची (नामसहित)

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ सहभागी हुन हालसम्म ५२ वटा राजनीतिक दलले धरौटी रकम बुझाएका छन् ।  ...

सद्भाव र समुन्नत समाज निर्माण जुट्नु पर्छ: उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक सद्भाव र समुन्नत समाज निर्माण सबैको साझा ध्येय हुनुपर्ने बताएका छन् । साेमबार राष्ट्रिय दलित आ...

बगरमा लगाइएको सखरखण्डबाट मनग्य आम्दानी

बाँके । रामपति थारु बिहान ४ बजे उठेर घरको काम सबै सक्काएर बगरमा सखरखण्ड खन्न पुग्छन् । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ डाँडाटपरीका थारुको हिजोआज दै...

धनकुटामा सडेको अवस्थामा शव फेला

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका –१, स्थित कर्कलेमा एकजना पुरुषको शव फेला परेको छ । सोमबार जंगलभित्र बेबारीसे अवस्थामा सडेको शव फेला परेको हो । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending