काठमाडौँ । काठमाडौँ महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।
महानगरले आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । तीमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिएका छन् ।
महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । महानगरले बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचारअन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत २६ हजार १९ जनाको परीक्षणसमेत गरिएको छ ।
महानगरका वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवासमेत महानगरले सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी स्थानीयलाई स्वास्थ्य सेवासुविधा उपलब्ध गराउदै आएको छ ।
महानगरका ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालन गरिएको उनले बताए । स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपञ्चर सेवाबाट पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: