काठमाडौँ । काठमाडौँ महानगरपालिका हालसम्ममा ५६ हजार ६७३ जना स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।
महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीमध्ये १३ हजार ५७५ जना ज्येष्ठ नागरिक, एक हजार ८५ जना अपाङ्गता भएका व्यक्ति, एचआइभी सङ्क्रमित दुई जना रहेका छन् । महानगरले २०८० माघदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको हो ।
महानगरले आर्थिक वर्ष २०८१÷०८२ मा एक लाख ९४ हजार १९३ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । तीमध्ये ८४ हजार ७०४ जनाले बहिरङ्ग सेवा लिएका छन् । स्वास्थ्य बिमा कार्यक्रममा यस वर्ष ३० वटा स्वास्थ्य संस्था दर्ता र नवीकरण गरिएका छन् ।
महानगरले १२० वटा स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । महानगरले बेवारिसे, विपन्न र बेसहाराको निःशुल्क उपचारअन्तर्गत २१० जनालाई निःशुल्क उपचार सेवा प्रदान गरेको प्रवक्ता मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार नसर्ने रोग स्क्रिनिङ महाअभियानअन्तर्गत २६ हजार १९ जनाको परीक्षणसमेत गरिएको छ ।
महानगरका वडा नं १, ८, १०, १२, २६ र ३० बाट भिडियो एक्स–रे सेवासमेत महानगरले सुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरी स्थानीयलाई स्वास्थ्य सेवासुविधा उपलब्ध गराउदै आएको छ ।
महानगरका ३१ वटा वडामा प्रयोगशाला र फिजियोथेरापी सेवासमेत सञ्चालन गरिएको उनले बताए । स्वास्थ्य प्रवद्र्धन केन्द्रसहित महानगरपालिकाभित्र एउटा प्राथमिक स्वास्थ्य केन्द्र, छ वटा सुरक्षित गर्भपतन सेवा केन्द्र, एक वटा वैकल्पिक चिकित्सा तथा आयुर्वेदिक संस्था र एउटा अक्युपञ्चर सेवाबाट पनि स्वास्थ्य सेवा प्रदान गरिँदै आइरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: