काठमाडौं । रुसी सेनामा भर्ती भएका १०१ नेपाली नागरिकको रुस–युक्रेन युद्धमा मृत्यु भएको पुष्टि भएको छ । रुसको रक्षा मन्त्रालयले नेपाली राजदूतावासमार्फत नेपाल सरकारलाई पठाएको पछिल्लो विवरणअनुसार १२५ नेपाली अझै बेपत्ता छन् । करिब चार वर्षदेखि रुस–युक्रेन युद्ध जारी छ ।
रुसले यसअघि ७१ नेपालीले ज्यान गुमाएको जानकारी दिए पनि पछिल्लो डिएनए परीक्षणका आधारमा थप ३० जनाको मृत्यु पुष्टि भएको हो । परराष्ट्रको कन्सुलर सेवा विभागमार्फत ४१ जनाका परिवारको डिएनए परीक्षण गरेर विवरण रुस पठाइएकोमध्ये अधिकांशको मृत्यु भएको पुष्टि भएको छ । रुसी सेनामा कार्यरत रहेका आफन्त खोजिदिन माग गर्दै हालसम्म ३५० भन्दा बढी निवेदन विभागमा परेका छन् ।
‘रुसमा रहनुभएकामध्ये १०१ जना नेपाली नागरिकको मृत्यु पुष्टि भएको जानकारी पाएका छौँ । १२५ जनाको अवस्था अज्ञात छ, उहाँहरू बेपत्ता अवस्थामा हुनुहुन्छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मंगलबार भने, ‘मृतकका परिवारको क्षतिपूर्तिका लागि प्रयासरत छौँ ।’
उनका अनुसार मृतकका परिवारमध्ये दुईजनाले क्षतिपूर्ति पाएको अपुष्ट जानकारी भए पनि सरकारलाई यसबारेमा जानकारी छैन । ‘क्षतिपूर्तिको विषयमा रुस सरकार र परिवारले प्रत्यक्ष रूपमा छलफल गर्ने भएका कारण परराष्ट्र मन्त्रालय, कन्सुलर विभाग वा नेपाली राजदूतावासलाई जानकारी छैन,’ प्रवक्ता क्षेत्रीले भने ।
परराष्ट्र अधिकारीहरूका अनुसार मृत्यु भएका नेपालीमध्ये पाँचजनाको अस्तु मात्रै परिवारले नेपालमा पाएको छ । फागुन ०८० मा परिवारको सहमतिमा तीनजना नेपालीको दाहसंस्कार रुसमै भएको थियो ।
परराष्ट्र प्रवक्ता क्षेत्रीका अनुसार मृतक नेपालीहरूको शव पठाउन, नेपालीहरूलाई सेनामा भर्ती नगर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन कूटनीतिक च्यानलमार्फत नेपाल सरकारका तर्फबाट रुस सरकारलाई पहिले नै आग्रह भइसकेको छ । ‘र, बेपत्ता भएकाहरूको अवस्था यकिन गर्न पनि रुस सरकारलाई भनेका छौँ । रुसी सेनामा भर्ती नहुन नेपाली नागरिकलाई आग्रह गर्दै आएका छौँ र अब पनि आग्रह गर्छौँ,’ उनले भने ।
नेपाल सरकारले विगतका सन्धिका आधारमा बेलायती र भारतीयबाहेक अन्य देशका सेनामा नेपाली नागरिक भर्तीका लागि अनुमति नदिइएको स्पष्ट पार्दै आएको छ । अहिले रुसी सेनामा नेपालीको नयाँ भर्ती रोकिएको परराष्ट्र प्रवक्ता क्षेत्रीले बताए । ‘नेपालीहरूको भर्ती अहिले भएको छैन भन्ने जानकारी आएको छ । भर्ती भएकाहरूको पनि करार रद्द गर्न हामीले भनेका थियौँ,’ उनले भने ।
तर, सेनामा भर्ती भएर रुसी नागरिकता लिएका पूर्वनेपाली नागरिकले भने सेवा नवीकरण गरेको सूचना सरकारले पाएको छ । ‘उनीहरू बिदामा नेपाल आएर फर्किने क्रम भइरहेको छ । कतिपयले त परिवार पनि रुस लगेको जानकारी पाएका छौँ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘हाम्रो सूचनाअनुसार अहिले नेपाली नागरिकको नयाँ भर्ती छैन र गरिँदैन भन्ने रुसी आश्वासन छ । रुसी नागरिकता नलिएकाहरूको सैनिक सेवा नवीकरण भएको छैन भन्ने जानकारी छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकले लेखेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - ०९:१८
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरान युद्ध अन्त्य गर्नेबारे "अहिले" कुराकानी चलिरहेको र अमेरिकाले कुराकानी गरिरहेका "मानिसहरू" "सम्झौता ...
चैत्र ११ गते, २०८२ - ०९:१५
काठमाडौँ । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस हो । न्यायको माग, सुरक्षा सुनिश्चितता तथा वि...
चैत्र ११ गते, २०८२ - ०९:०२
पर्सा । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आव...
चैत्र ११ गते, २०८२ - ०७:५१
काठमाडौं । उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफू सहभागी हुने हल्लाको खण्डन गरेका छन्। जनताको म्यान्डेटविपरीत व...
चैत्र ११ गते, २०८२ - ०७:५०
काठमाडौं । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यको शपथग्रहण नजिकिएसँगै संसद्मा प्रतिनिधित्व गर्ने ६ वटै राजनीतिक दल संसदीय दलको नेता चयन गृहकार्यमा जुट...
चैत्र ११ गते, २०८२ - ०७:४३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लगाइएको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग संशोधन गर्ने महान्या...
चैत्र ११ गते, २०८२ - ०७:३४
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारको नेतृत्व सम्हालेको पहिलो दिनदेखि नै प्रशासनिक संरचना परिवर्तनको प्रक्रिया अघि बढाउने तयारी ग...
चैत्र ११ गते, २०८२ - ०७:२६
काठमाडौँ । आज दासत्व पीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्...
चैत्र ११ गते, २०८२ - ०७:२३
काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसम आंशिकदेखि सामान्य बदली भएको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हि...
चैत्र ११ गते, २०८२ - ०७:२१
बागलुङ । गण्डकी प्रदेशको प्रसिद्ध शक्ति पीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको भीड बढेको छ । चैते दसैँको नवदुर्गा सुरु भएयता क्रमशः मन्दिरमा दर्शन गर्न आ...


प्रतिकृया लेख्नुहोस्: