काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र महाधिवेशन रोक्ने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । उनले पार्टीको विधान, परम्परा र कार्यकर्ताको म्यान्डेटअनुसार अब कांग्रेसले नियमित वा विशेष महाधिवेशन दुबै तयारी गर्नुपर्ने बताए ।
थापाका अनुसार महाधिवेशन प्रतिनिधिहरूले नै केन्द्रीय समितिलाई चयन गर्ने भएकाले उनीहरूको अधिकार र म्याद समाप्त भएको भन्ने तर्क पूर्णतः असंवैधानिक र अपमानजनक हो ।
उनले भने, “महाधिवेशन प्रतिनिधिले विधानले दिएको अधिकार प्रयोग गरेर हस्ताक्षर गरेका हुन् । तिनीहरूलाई अवैधानिक भन्नु तानाशाही, आत्मकेन्द्रित र ठालुवाद हो ।”
महामन्त्री थापाले स्पष्ट पारे कि, यदि केन्द्रीय समितिले २०८२ मंसिरभित्र नियमित महाधिवेशन गर्ने निर्णय गरेन भने विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्नैपर्ने हुन्छ । उनका शब्दमा, “५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन् भने त्यो रोक्ने अधिकार कसैसँग छैन ।”
उनले सभापति शेरबहादुर देउवाले पनि २०८३ सालसम्म महाधिवेशन सर्ने संकेत दिएको बताउँदै सो निर्णय गलत दिशातर्फ लैजान सक्ने चेतावनी दिए । “२०८३ मा चुनाव नजिकिँदै छ, त्यसअघि नै कांग्रेसले महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनुपर्छ,” उनले भने ।
थापाले जोड दिए, पार्टीलाई बलियो बनाउने, नयाँ पुस्ताको अपेक्षा पूरा गर्ने र जनतासँग गुमाएको विश्वास फिर्ता ल्याउने एक मात्र माध्यम महाधिवेशन नै हो । “महाधिवेशन भनेको पार्टीको आत्मसमीक्षा र पुनर्जागरणको अनुष्ठान हो,” उनले भने, “चुनावअघि कांग्रेसले आफैंलाई धोई पखाल्नुपर्ने बेला यही हो ।”
थापाले आफू र अर्का महामन्त्रीको व्यक्तिगत महत्वाकांक्षाका कारण विवाद आएको भन्ने आरोप अस्वीकार गर्दै भने, “हामी विशेष महाधिवेशनबाट नेतृत्वमा नआउने लिखित दिन तयार छौं । तर पार्टीलाई अधिवेशनविहीन बनाउन सकिँदैन ।”
उनले अन्त्यमा भने, “महाधिवेशन गराउने जिम्मा महामन्त्रीको पनि हो । त्यसबाट भाग्ने होइन, नेतृत्व र कार्यकर्तालाई एउटै मञ्चमा ल्याएर निर्णय गराउने बेला आएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - ०७:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उज्यालो नेपाल पार्टीका सं...
पौष १४ गते, २०८२ - ०७:४४
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालको जीवनका पाँच दशक भेडाको बथानसँगै लेकबेँसी गर्दै बितेका छन्। सात वर्ष...
पौष १४ गते, २०८२ - ०७:२३
काठमाडौँ । नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गर...
पौष १४ गते, २०८२ - ०७:२०
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु त...
पौष १४ गते, २०८२ - ०७:१९
चन्द्रपु । आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भए...
पौष १४ गते, २०८२ - ०७:०८
सर्लाही । नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा मलङ्गवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो ईशा मिक्रानी पक्राउ परेका छन् । वडाध्यक्ष मिक्र...
पौष १४ गते, २०८२ - ०७:०२
महोत्तरी । लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ...
पौष १३ गते, २०८२ - ०९:२९
कञ्चनपुर । भारतसँग जोडिएको खुला सीमा, प्रविधिको बढ्दो दुरुपयोग र आफन्तकै संलग्नताले यहाँ मानव बेचबिखन तथा ओसारपसारको जोखिमयुक्त क्षेत्र बन्दै गएको छ ।...
पौष १३ गते, २०८२ - ०९:२०
अन्य पार्टीमा विलय नहुने निष्कर्ष, अब संगठन विस्तार र चुनाव केन्द्रित हुने रणनीति
पौष १३ गते, २०८२ - ०९:१०
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूर...




प्रतिकृया लेख्नुहोस्: