Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई पन्छाए पार्टी विभाजनतिर जान्छ : शेखर कोइराला

‘कतिले भन्छन् म देउवा समूहसँग मिलें, तर मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु हो’

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको समय र स्वरूपलाई लिएर तीव्र मतभेद बढिरहेका बेला मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पार्टीलाई एकढिक्का राख्ने आग्रह गरेका छन्। कान्तिपुरसँगको अन्तर्वार्तामा उनले नियमित महाधिवेशन मंसिरभित्रै गरिनुपर्ने स्पष्ट धारणा राख्दै “कार्यतालिका ल्याएर मात्र पार्टी विभाजन रोक्न सकिन्छ” भनेका छन्।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले तत्काल नियमित वा विशेष महाधिवेशन नबोलाइए छुट्टै भेला गर्ने चेतावनी दिइरहेका बेला शेखरले भने समन्वयको बाटो रोज्ने संकेत गरेका छन्। उनका अनुसार, विशेष महाधिवेशन बोलाउने जिम्मा केन्द्रीय कार्यसमितिको हो, र विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर माग गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन गर्नैपर्छ।

“अहिले ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन्। मंसिरभित्र नियमित महाधिवेशन भयो भने समस्या छैन। तर नियमित महाधिवेशनको तालिका नआए र विशेष महाधिवेशन पनि बोलाइएन भने भेला अपरिहार्य हुन्छ, जसले पार्टी विभाजनको जोखिम बढाउँछ,” शेखरले चेतावनी दिएका छन्।

उनका अनुसार, अहिले पार्टीभित्र सबैभन्दा जटिल विषय क्रियाशील सदस्यता हो। “सदस्यता नवीकरण, नयाँ वितरण र विवाद समाधान मंसिरसम्म सक्ने गरी कार्यतालिका ल्याउनुपर्छ,” उनले भने। “अहिले नै ‘सकिँदैन’ भनेर कार्यतालिका नल्याउनु ठिक होइन। काम नगरी समय सार्ने प्रवृत्ति स्वीकार्य हुँदैन।”

शेखर कोइरालाले संस्थापन पक्षका नेताहरूलाई महाधिवेशन मंसिरभित्रै गर्न आग्रह गर्दै भने, “विधानमा एक वर्ष कार्यकाल बढाउन सकिने प्रावधान छ भन्दै नियमित महाधिवेशनलाई ढिलो गराउने प्रयास गलत हो। भोलि टिकट बाँड्ने विषयमा कसको वर्चस्व रहने भन्ने चिन्ता नगरी अहिले पार्टी एकढिक्का राख्ने जिम्मा लिनुपर्छ।”

उनले आफू मध्यमार्गी धारमा उभिएर पार्टी एकता कायम गर्न खोजिरहेको बताउँदै थपे, “कतिले भन्छन् म देउवा समूहसँग मिलें, तर मेरो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउनु हो।”

शेखरले विशेष महाधिवेशनको माग वैधानिक र राजनीतिक रूपमा वैध रहेको जनाउँदै भने, “महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरिसकेपछि उनीहरूको मागलाई केन्द्रीय कार्यसमितिले अस्वीकार गर्न मिल्दैन। विशेष महाधिवेशनमा नगएर मंसिरभित्र नियमित महाधिवेशन गरिए पनि मागको आत्मा पूरा हुन्छ।”

उनले पार्टी विभाजन रोक्न ‘भेला’ रोक्नुपर्ने बताउँदै भने, “त्यो रोक्ने एक मात्र बाटो हो—कार्यतालिका ल्याउने। रोकिएको केन्द्रीय कार्यसमितिको बैठक १३ कात्तिकमा सुरु हुँदैछ, पहिलो दिनकै बैठकमा निर्णय होस् भन्ने मेरो आग्रह छ।”

शेखरले पार्टीलाई आन्तरिक विवादबाट माथि उठ्न र लोकतान्त्रिक भूमिकातिर फर्किन पनि आग्रह गरे। “कांग्रेस हरेक आन्दोलनको मियो हो। अहिले देश र पार्टी दुवै संकटमा छन्। यस्तो बेला आफ्नो वर्चस्वको चिन्ता गरेर यथास्थिति कायम राख्नु पार्टीप्रति अन्याय हो,” उनले भने।

उनका अनुसार, विशेष महाधिवेशनले केन्द्रीय कार्यसमितिको नेतृत्व मात्र परिवर्तन गर्न सक्छ, तर पार्टीको संरचनागत रूपान्तरणका लागि वडा तहदेखि केन्द्रसम्म अधिवेशन आवश्यक छ। “केन्द्रको नेतृत्व बदलिँदैमा पार्टीको आमूल परिवर्तन हुँदैन। रूपान्तरण क्रियाशील तहदेखि सुरु गर्नुपर्छ,” शेखरले भने।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending