Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

देशभरका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा

खबरडबली संवाददाता

कास्की । कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुटेका  कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो । 

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिए । 

यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उनको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुुगी तत्तत् ठाउँका कलालाई उतार्नुुभएका सिंहको यो अभियान २०६७ साल कात्तिक ६ गते बुुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो । 

‘अभियान घोषणासँगै २०७१ जेठ ३० गते ताप्लेजुुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु गर्यौं’, उनले भने । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रुपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ ।

कलायात्रा पुस्तकमा पाँचथरको स्वीजरल्याण्ड गाउँ, बाग्लुुङको गाईघाट झरना, भक्तपुरको नगरकोट, चितवनको बीस हजारी ताल, धनुुषाको जनकपुरधाम विवाह मण्डप, धनकुटाको भेडेटार र कृृषि अनुसन्धान केन्द्र पाख्रीबासलाई कलाका रुपमा समेटिएका छन् । अधिकांश कला पानी रंगका साथै एक्लेरिक रङमा कोरिएका छन् ।

पुस्तकमा गुल्मीको मुसीकोट दरबार र रेसुङ्गा, दोलखाको कुरी गाउँ, झापाको कन्काइ आर्यघाट, धनुषकोठी धाम र जामुनखाडी सिमसार, कपिलवस्तुको तिलौराकोट ‘पूर्वी ढोका’ कास्कीको ल्वाङ भिलेज होमस्टे, फेवा ताल, बेगनास ताल, सहिदचोक, चिसापानी रोयल ट्रयाक र तनहुँको ढोरबाराहीलाई समेटिएको छ ।

त्यस्तै काठमाडौँको धरहरा, कीर्तिपुको बाघभैरव मन्दिर, काभ्रेपलाञ्चोकको दोलालघाट, गोरखाको गोरखा दरबार, डडेलधुराको अमरगढी किल्ला, अछामको बैधनाथ धाम, कालिकोटको पिली युद्ध संग्रहालय, मुगुको राराताल, अर्घाखाँचीको सुपा देउराली, सुर्खेतको बुलबुल ताल, सल्यानको कुपिन्डे ताल, बर्दीयाको बर्दिया राष्ट्रिय निकुञ्ज, रामेछापको जटापोखरी, पर्वतको जलजला, म्याग्दीको राखु भगवती मन्दिर आदि गन्तव्यहरू कलामा समेटिएका छन् । 

यस अभियानमा पुस्तक प्रकाशका रुपमा नगेन न्यूज पब्लिकेशन प्रालिका साथै एक हजार ५६१ जना प्रत्यक्ष जोडिएका प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE